इराकमा आत्मघाती आक्रमणमा १२ को मृत्यु
बग्दाद, ११ माघ। इराकको राजधानी बग्दादमा बिहीबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ११ जना सर्वसाधारण नागरिकको मृत्यु भएको समाचार छ ।
इराकको एक सरकारी अस्पतालका स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार इराकमा बिहीबार भएको यो अर्को भीषण आक्रमण हो ।
यसअघि पनि इराकमा गत हप्तामात्र भएका दुईवटा आक्रमणमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको थियो । सो आक्रमणमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका थिए...






























