रासस

काठमाडौँ, ११ माघ। पुरातत्व विभागले काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घर निर्माणका लागि तत्काल रु २० लाख दिने भएको छ ।

Advertisement

गत पुस २८ गते राति भएको आगलागीका कारण क्षति भएको उक्त घरको स्वरूप नमासिने गरी निर्माण गर्न सो रकम उपलब्ध गराउने र नपुग रकम अर्को वर्ष थप गर्ने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

दोस्रो चौमासिक पनि सम्पन्न हुन लागेकाले विभागले अहिले नै उक्त शीर्षकमा धेरै रकम खर्च गर्न नसकेको हो । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भइ हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भई करिब रु ३० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले शाक्यमुनि गौतमबुद्धले दिएका उपदेशलाई साँगितीक रूपमा प्रस्तुत गरीे संस्कृतिको शुरुवात गरिएको ऐतिहासिक भजन घर चाँडो निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बुद्धले आफ्नो जीवनकालमा दिएका शिक्षा तथा सन्देशलाई संग्रह गरी तीन भागमा विभाजन गरी त्रिपिटकको विकास गरिएको थियो । पछिल्लो समयमा यिनै ज्ञानलाई गीतका भावमा भजन बनाएर स्रोतालाई सुनाउन विकास गरिएको पद्धतिलाई ज्ञानमाला भनिन्छ । थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न बौद्धस्तोत्रलाई संगीतमय वातावरणमा गाइरहेको भजनले बौद्ध शिक्षाको प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।

विसं १९९४ मा स्वयम्भू महाचैत्यबाट भिक्षु तथा उपासकले बुद्ध वचनका विभिन्न आयामलाई समेटेर शिक्षा दिने उद्देश्य राखेर ज्ञानमाला भजनको विकास भएको इतिहास छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!