नागरिक

काठमाडौ, ११ माघ। नेकपा एमालेले बिहीवार पत्रकार सम्मेलन गरि सरकारका पछिल्ला निर्णय र अन्य विषयमा धारणा सार्वजनिक गर्ने भएको छ ।

Advertisement

सरकारले बुधवार ६५ वर्षमै ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको थियो भने भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी मुकाम तोक्ने, भुकम्पपिडितलाई थप १ लाख दिने, कर्मचारीको सरुवा, नियुक्ति एवं बढुवा, विभिन्न बहानामा सहयोग रकम वितरण जस्ता निर्णयहरु सरकारबाट भएका छन् ।

एमालेको शब्दमा निर्वाचन गरेपछि स्वतःकाम चलाउ बनेको सरकारले धमाधम दीर्घकालिन निर्णय गरेकोले ती निर्णयमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी ओली उपस्थित हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!