अन्‍नपूर्ण

जनकपुर, ११ माघ। धनुषाधाम संरक्षित वनबाट १७ फिट लामो घाइते अजिङ्गरको उद्धार गरिएको छ। बुधबार मरणासन्न अवस्थामा फेला परेको अजिङ्गरलाई जिल्ला वन कार्यालय धनुषा र मिथिला वाइल्डलाइफ ट्रस्टका पदाधिकारीहरूको संयुक्त टोलीले उद्धार गरेका हुन्।

Advertisement

कुटपिट गरी बेहोस बनाएर छोडिएको अजिङ्गरलाई देखेपछि मंगलबार ढल्केवरका एक जना गोठालाले जिल्ला वन कार्यालय धनुषालाई खबर गरेका थिए। त्यसपछि बुधबार वन कार्यालय धनुषाका सहायक वन अधिकृत सुरेश शर्मा र वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलसहितको टोली पुगेर अजिङ्गरको उद्धार गरेको हो। १७ फिट लामो र ४० किलो तौल भएको घाइते अजिङ्गरलाई धनुषाधामको संरक्षित वनमा ल्याएर उपचार थालिएको छ।

‘शरीरका विभिन्न भागमा गहिरो चोट लागेर बेहोस भएको सर्पलाई हेर्दा पहिला मरेको जस्तो लागेको थियो। तर, पछि पुच्छर चलाउँदा केही हलचल देखाएपछि जिउँदो भएको थाहा पाएर उद्धार गरिएको हो’, वन अधिकृत शर्माले भने। दुर्लभ अजिङ्गरलाई गोठालाहरूले नै मरणासन्न हुनेगरी कुटपिट गरेर मर्‍यो भनेर फालेको हुनसक्ने अनुमान शर्माको छ। उपचारपछि यहाँ राख्ने वा वनमा लगेर छोड्ने निर्णय गरिने उनले बताए।

यसअघि धनुषाधाम वाइल्डलाइफ ट्रस्ट र वनका कर्मचारीले संरक्षित वनमा दुर्लभ प्रजातिका दुईवटा राजगोमन सर्प ल्याएर अवलोकनका लागि सिसाको घरमा राखेका छन्। पर्यटकीय गन्तव्य बनाउन थालिएकोले उक्त अजिङ्गरलाई पनि अवलोकनका लाग राख्न सकिने वन कार्यायले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!