विद्यालय पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त

विद्यालय पुनःनिर्माण नभएकामा चिन्ता व्यक्त

  काठमाडौँ, १५ माघ।  गोरखा भूकम्पबाट क्षतिग्रस्त बनेका काभ्रेपलाञ्चोकका अधिकांश विद्यालयको अझै पनि पुनःनिर्माण नभएकामा साउथ चाइना विद्यालयका शिक्षक तथा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । जिल्लाका विभिन्न विद्यालयको स्थलगत अवलोकन सम्पन्न गरी राजधानीमा नेपाल सहभागीमूलक कार्य समूह (नेपान)ले आयोजना गरेको अन्तरक्रियामा उनीहरुले अझै पनि विद्यार्थीहरु जोखिममा बसेर अध्ययन गर्नु परेकामा ...
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग

प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग

काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र त्यस्तो प्रतिवेदन सार्वजनिक गर्नसमेत आयोगले राजनीतिक दलहरुलाई सूचनामार्फत निर्देशन दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण गराई एक महिनाभित्र आयोगसमक्ष पेश गर्न...
काठमाडौँको मच्छेबहालमा सुरक्षागार्डको हत्या, ठक्करबाट एकको मृत्यु

काठमाडौँको मच्छेबहालमा सुरक्षागार्डको हत्या, ठक्करबाट एकको मृत्यु

काठमाडौँ, १५ माघ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको छ । इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ । असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले ट्रमा सेन्टर पु¥याएलगत्तै मृत्यु भएको थियो । त...
सुनसरीमा बन्दै छ ७ सय करोडको ‘सिजी इन्डस्ट्रियल पार्क’

सुनसरीमा बन्दै छ ७ सय करोडको ‘सिजी इन्डस्ट्रियल पार्क’

काठमाडौं, १५ माघ। उद्योगपति विनोद चौधरीले सुनसरीको गढी गाउँपालिका–२ औराबनीमा ‘सिजी इन्डस्ट्रियल पार्क’ निर्माण गर्ने भएको छ । चौधरी ग्रुपका सञ्चालक रहेका चौधरीले ७ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागेको पार्कको शिलान्यास आइतबार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, नेकपा एमालेका सचिव तथा पूर्वपर्यटनमन्त्री भीम आचार्य र उद्योगपति चौधरीले संयुक्त रूपमा गरे...
राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र सार्वजनिक

राष्ट्रियसभा निर्वाचनको नमूना मतपत्र सार्वजनिक

काठमाडौं, १५ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चार प्रकारका अाठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षले अलग-अलग मतपत्रबाट...
किराँत महोत्सव शुरु

किराँत महोत्सव शुरु

भद्रपुर, १५ माघ।  किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११ औँ किराँत महोत्सव भद्रपुरमा शुरु भएको छ । निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्क...
इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

बैतडी, १५ माघ। बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टर...
नख्खु कारागारमा मनोसामाजिक अस्पताल

नख्खु कारागारमा मनोसामाजिक अस्पताल

ललितपुर, १५ माघ। नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । यस कारागारमा रहेका झण्डै ८०० जना कैदी/बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यह...
प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी

प्रदेश सरकार मातहत नबस्ने सीडीओको चेतावनी

काठमाडौं, १५ माघ। प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार राख्न माग गरेका छन् । सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानून संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । ७७ जिल्लाका सीडीओले आफूहरुको सुझावविपरीत जिल्ला प्रशासन कार्यालयलाई प्रदेश सरकार मातहत राखिए प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनी दिएको समाचारलाई आज राजधानी दैनिकले छाप...
राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह

राष्ट्रियसभाका उम्मेदवारलाई आज चुनाव चिन्ह

काठमाडौं, १५ माघ। निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदारलाई आज (सोमबार) निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत सोमबार अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह दिने भएको हो। आयोगले आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्त...
प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

प्रदेश चलाउन सरकारले तत्काल १५ सय कर्मचारी खटाउँदै

काठमाडौं, १५ माघ। सरकारले सातवटा प्रदेशमा  प्रदेश सरकार चलाउन तत्काल करिब १ हजार ५ सय कर्मचारी खटाएको छ । प्रदेशमा खटिने कर्मचारीहरू प्रदेश प्रमुखको कार्यालय, प्रदेश मन्त्रिपरिषद तथा मुख्य मन्त्रीको कार्यालय, प्रदेश मन्त्रालय तथा प्रदेशसभा सचिवालयमा  जाने भएका छन् । सरकारले प्रदेश प्रमुखको कार्यालय तथा प्रदेश मुख्य मन्त्रीको कार्यालयको संगठनात्मक संरचना पनि तयार गरेको छ। समान्य प्रशासन मन्त्रा...
ओली–प्रचण्ड छलफल: पार्टी एकता र सरकार गठन सँगसँगै

ओली–प्रचण्ड छलफल: पार्टी एकता र सरकार गठन सँगसँगै

काठमाडौं, १५ माघ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै टुंगो लगाउने गरी छलफल केन्द्रित गरेका छन् । चार दिनयता लगातार ‘वान टु वान’ छलफल गरिरहेका ओली र प्रचण्डले दुवै विषयलाई सँगसँगै टुंगो लगाउने सहमति गरेका हुन् । आइतबार दुई नेताबीच ललितपुरस्थित मानभवनमा करिब साढे तीन घन्टा छलफल भएको थियो । ‘एकताका विभिन्न मोडालिटीमा चलिरहेको छलफल सकारात्मक दिश...
महालक्ष्मीमा नयाँ नियमः शिक्षा क्षेत्रका सवै काम अव नगरपालिकाले गर्ने

महालक्ष्मीमा नयाँ नियमः शिक्षा क्षेत्रका सवै काम अव नगरपालिकाले गर्ने

धनकुटा, १४ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रमा अव शिक्षा सम्बन्धि सवै काम नगरपालिकाले गर्ने भएको छ । महालक्ष्मी नगर कार्य समितिको बैठकले नगर क्षेत्रमा शिक्षा सम्बन्धि सवै काम गर्ने गरी शिक्षा कार्यबिधि पारित गरेको हो । संबैधानिक ब्यवस्था अनरुप नगरपालिकाले शिक्षा कार्यबिधि पारित गरेको मेयर पर्शुराम नेपालले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार नगर क्षेत्रका बिद्यालयमा अस्थायी तथा करार ...
‘सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने’

‘सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने’

काठमाडौँ, १४ माघ।  आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तक्र्रियामा उहाँले कडा कानूनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानूनको मस्यौदा तयार गरिरहेको बताउनुभयो । ...
माथिल्लो त्रिशूली १ सँग विद्युत् खरिद सम्झौता

माथिल्लो त्रिशूली १ सँग विद्युत् खरिद सम्झौता

काठमाडौँ, १४ माघ। नेपाल विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । प्राधिकरणमा आज आयोजित एक समारोहमा ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा पिपिएमा हस्ताक्षर भएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्...
पचपन्न वर्षमै एकल महिला (विधवा)लाई भत्ता दिने निर्णयप्रति आपत्ति

पचपन्न वर्षमै एकल महिला (विधवा)लाई भत्ता दिने निर्णयप्रति आपत्ति

काठमाडौँ, १४ माघ।  मानव अधिकारको लागि महिला, एकल महिला समूहले एकल महिला ९विधवा० लाई ५५ वर्षमै भत्ता दिने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समूहले आज प्रेस विज्ञप्ति जारी गरी केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको निर्णय र अहिले भइरहेको व्यवस्थालाई ध्यान नदिई एकल महिलालाई ५५ वर्षमै भत्ता दिने भनी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सर्वोच्...
हनुमानढोका, स्वयम्भू सम्पदामार्गको अध्ययन शुरु

हनुमानढोका, स्वयम्भू सम्पदामार्गको अध्ययन शुरु

काठमाडौँ, १४ माघ। विश्व सम्पदामा सूचीकृत हनुमानढोका र स्वयम्भूलाई सम्पदा मार्गका रुपमा विकास गर्नका लागि त्यस क्षेत्रका जनप्रतिनिधि र युनेस्कोका प्रतिनिधिले आज स्थलगत अध्ययन गरेका छन् । प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा प्रदेशसभा सदस्य राजेश शाक्य, स्थानीय तहका प्रतिनिधिका साथै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्टाइन म्यानहार्टको नेतृत्वमा एक समूहले संयुक्तरुपमा त्यस क्षेत्रको अध्य...
प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति

प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति

काठमाडौँ, १४ माघ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ । एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो । कार्यदलका सदस्य तथा एमाले नेता सु...
दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग

दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग

काठमाडौँ, १४ माघ।  नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले सरकारले हाल पत्रकारका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेको शाखाको विस्तारित बैठकले दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको प्रत्याभूति नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम बिँडारीले बताउनुभयो । बाह्रबँुदे ककनी घोषणापत्र सार्वजनिक गर्दै शाखाले ...
वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

वर्षेनी तीन हजार नयाँ बिरामी, लुकेर रहेका कुष्ठ प्रभावितको खोजी गरिँदै

काठमाडौँ, १४ माघ।  कुष्ठरोगको लागेको लुकाउने र औषधि पूर्णरुपमा सेवन नगर्ने कारण नेपालमा कुष्ठरोग प्रभावितको संख्या बढिरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग कुष्ठरोग नियन्त्रण महाशाखाले ‘६५औँ विश्व कुष्ठरोग दिवस’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा नेपालमा पर्याप्त बजेटको अभावमा लुकेका कुष्ठरोग प्रभावितको खोजी गरी उपचारमा ल्याउन नसकिएको बताइएको थियोे । स्वास्थ्य से...
करिब ५० हजार मेट्रिक टन चिनी अपुग हुने

करिब ५० हजार मेट्रिक टन चिनी अपुग हुने

काठमाडौँ, १४ माघ।  नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर रु एक अर्ब १० करो...
राष्ट्रिय सभाका लागि ८ जना सांसद निर्विरोध

राष्ट्रिय सभाका लागि ८ जना सांसद निर्विरोध

काठमाडौं, १४ माघ।  २ नम्बर प्रदेशमा राष्ट्रिय सभाका लागि सबै सांसद निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यका लागि संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै सबै निर्विरोध निर्वाचित भएका हुन् । हुसेनले खुल्ला सदस्यबाट उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै २ नम्बर प्रदेशका ८ जना सांसद निर्विरोध निर्वाचित भएका हुन् । प्रत्येक प्रदे...
अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

सल्यान, १४ माघ। कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो । परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्...
८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

खोटाङ, १४ माघ। खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको छ। स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। गत माघ १० गते मध्यान्ह हर...
मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या

मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या

मेक्सिको, १४ माघ।  मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो । टोपी लगाएका कम्ती...
विद्युत् पहुँच नहुँदा गाउँपालिका समस्यामा

विद्युत् पहुँच नहुँदा गाउँपालिका समस्यामा

म्याग्दी, १४ माघ।  धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर रहेको छ । गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानीयवासीको उज्यालोको स्रोत बने पनि यस्ता स्रोत दिगो नहँुदा स्थानीयवासी अँध्यारामै बस्नुपर्ने बाध्यता रहेको मुदीस्थित बु...
मानवअधिकार विशेष समाधीक्षक सोमबार नेपाल आउँदै

मानवअधिकार विशेष समाधीक्षक सोमबार नेपाल आउँदै

काठमाडौँ, १४ माघ।  नेपाल सरकारको निमन्त्रणामा प्रवासी कामदारको मानवाधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जालेस मोरालेस नेपालको आठ दिवसीय भ्रमणमा सोमबार यहाँ आउँदै हुनुहुन्छ । आप्रवासी कामदारको अधिकार र सुविधाप्रति नेपाल सरकार प्रतिबद्ध रहेको तथा उनीहरुको मानवाधिकार संरक्षणमा संवेदनशील रहेको सन्देश उहाँको भ्रमणबाट प्रवाह हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालल...
एघार विमानस्थलको कमाइ मात्रै करोडमाथि

एघार विमानस्थलको कमाइ मात्रै करोडमाथि

काठमाडौँ, १४ माघ। देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु एक करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो । सञ्चालनमा ...
आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

  काठमाडौँ, १४ माघ। राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा परेका छन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० दिएको छ । सत्र वर्षीय लामिछानेले अब आइपिएलमा नयाँ दिल्लीका लागि खेल्नेछन् । त्यस्तै राष्ट्रिय फुटबल ट...
आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम, १४ माघ।  जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैचीको खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाटै उहाँको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उहाँलाई असजिलो भएको हो । गाउँमा किसानले ढुंगा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउछन् । खापु...
बम आक्रमणको निन्दा

बम आक्रमणको निन्दा

काठमाडौँ, १४ माघ। नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै सरकारले उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त ...
error: Content is protected !!