बार्सिलोनाको जितमा मेसी नायक

बार्सिलोनाको जितमा मेसी नायक

मड्रिड ,१६ माघ । लियोनेल मेसीले फ्रि–किकमा उत्कृष्ट गोल गरेपछि फिलिप कौटिन्होले बार्सिलोनाको पहिलो रोजाईमा खेलेको दिन आल्भेसमाथि २–१ को जित हासिल गर्दै टोलीले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता कायम राखेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा जोन ग्विडेटीले गोल गरेपछि भ्रमणकारी आल्भेसले २३औं मिनेटमा अग्रता लिएको थियो । तर आन्द्रियास इनियस्टाको क्रसलाई सुन्दर भली...
देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

पथरी, मोरङ, १६ माघ।  मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । उहाँको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध ग...
शहीद दिवशमा अध्यक्ष ओलीको सन्देश

शहीद दिवशमा अध्यक्ष ओलीको सन्देश

काठमाडौँ, १६ माघ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ । शहीद दिवशका अवसरमा आज एक वक्तव्य जारी गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्...
हात्ती आतंक नियन्त्रण गर्न वनपथ

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

बनियानी, झापा, १६ माघ।  हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ । नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभयो । उहाँका अनुसार वनपथ निर्माणका लागि चालू आव २०७४/०७५ का लागि रु ५५ लाख विनियोजन समेत गरिएको छ । “प्रारम्भिक चरणमा रु ५५ ला...
सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ

काठमाडौं, १६ माघ। प्रहरीले उपत्यकाका पाँच अस्पतालमा छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबार छापा मारी अस्पताल सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ गरेको छ । प्रहरीले ठमेलस्थित एपोलो क्लिनिक, बौद्धको चाइना ग्रेटवाल अस्पताल, चाइना पिपुल अस्पताल, चाइना डेन्टल अस्पताल र सिविकमा छापा मारेको हो । चाइना ग्रेटवाल,...
प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

बैतडी, १६ माघ।  प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३/७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार/चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन/तीन जनाले उपचार गराइरहे...
सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण

सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण

तेह्रथुम, १६ माघ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ । यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्यअन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो । गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा अगाडिको याकुम्बामा धारा निर्माण गरिदिएको...
मेलमिलाप र एकताको बाटोबाट अगाडि बढ्दा आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छः प्रम

मेलमिलाप र एकताको बाटोबाट अगाडि बढ्दा आर्थिक समृद्धिको लक्ष्यमा पुग्न सकिन्छः प्रम

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् शहीद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन...
‘उपलब्धि संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान’

‘उपलब्धि संस्थागत गर्दै समुन्नत राष्ट्र निर्माण गर्न सकेमा शहीदप्रति सच्चा सम्मान’

काठमाडौँ, १६ माघ।  राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ । ‘शहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै भन्नुभएको छ, “सबैलाई राष्ट्र निर्माणको...
प्रदेश नं १ मा छ जना निर्विरोध

प्रदेश नं १ मा छ जना निर्विरोध

विराटनगर, १५ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगर...
आधुनिक प्रविधीको कारणले उजुरीपेटिका विस्थापित हुँदै

आधुनिक प्रविधीको कारणले उजुरीपेटिका विस्थापित हुँदै

संखुवासभा, १५ माघ । संखुवासभाका सरकारी कार्यालयका परम्परागत उजुरीपेटिका प्रयोगबिहीन बन्दै गएका छन् । सरकारी कार्यालयहरूमा काम कारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन् । सुशासन, पारदर्शी र जवाफदेहिताको लागि मुख्य भूमिका खेल्ने उजुरी, गुनासो तथा सुझावपेटिका अहिले प्रयोगविहीन बनेका छन् ।...
चूडामणी शर्माविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

चूडामणी शर्माविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर

काठमाडौँ, १५ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले शर्माविरुद्ध ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको निश्कर्ष निकाल्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार उनी माथि छानबिन गर्दा ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ बराबर...
छ दशकदेखि शहीद दिवस मनाइँदै, शहीदको यकिन तथ्यांक छैन

छ दशकदेखि शहीद दिवस मनाइँदै, शहीदको यकिन तथ्यांक छैन

काठमाडौँ, १५ माघ । मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ तर हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन । सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा सो कार्यक्रम गरिँदै आएको हो । ...
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

खोटाङ, १५ माघ । खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनालगत्तै...
रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने

रसुवागढी गल्छी प्रसारण लाइनलाई अन्तरदेशीय बनाइने

काठमाडौ, १५ माघ।  सरकारले रसुवागढी–चिलिमे–गल्छी ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ । त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न तथा नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागिसमेत महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । रस...
तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो

तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो

धनकुटा, १५ माघ।  जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएसँगै यातायात सञ्चालनमा आउन थालेकाले स्थानीयवासी खुशी भएका छन् । तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र होइन स्थानीयस्तरमा उत्पादित कृषि उपजसमेत बजारसम्म पु¥याउन सहज भएकाले यहाँका बासिन्...
राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको कडा पालना गरिने

राष्ट्रियसभा निर्वाचनमा आचारसंहिताको कडा पालना गरिने

विराटनगर, १५ माघ।  माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा १ नं प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा आज बसेको बैठकले आचारसंहिता पालना नगर्नेमाथि कडा कारबाही गरिनेलगायत निर्णय गरेको छ । सो बैठकमा आचारसंहिता विपरीत झण्डा, बोर्ड, तुल र तोरण राख्न नपाइनुका साथै गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कायम रहेको राजनीतिक दलका ‘फोकल पर्सन’ लाई राष्ट्रियसभाको निर्वाचनमा कायम राख्ने निर...
कारागारको फोहरले आसपासका बासिन्दालाई समस्या

कारागारको फोहरले आसपासका बासिन्दालाई समस्या

भद्रपुर, १५ माघ ।  भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ । लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापनका लागि भौत्तिक संरचना निर्माण गर्न कारागार विभागसँग रु २२ लाख रकम मागिएकामा अहिलेसम्म नआए...
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या

बनियानी, झापा, १५ माघ । झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो । अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरि...
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु

माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु

चरिकोट, १५ माघ। दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ । बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा आज बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रह...
भलिबलमा नेपालद्वारा हङकङ पराजित

भलिबलमा नेपालद्वारा हङकङ पराजित

काठमाडौं, १५ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आइतबार मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ। हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो। नेपाली भलिबल टोली मैत्रीपूर्ण खेल खेल्न बुधबार हङकङ गएको हो । इमबहादुर रानामगरको कप्तानीमा रहेको नेपाली टोलीले सोमबार अर्को मैत्रीपूर्ण खेल खेल्नेछ। नेपाली टोलीले मकाउको राष्ट...
जनताका सामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ-अध्यक्ष दाहाल

जनताका सामु गरिएको प्रतिबद्धता लागू गरेरै छाड्छौँ-अध्यक्ष दाहाल

काठमाडौँ, १५ माघ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको अवरोध...
नयाँ मान्यताका आधारमा छिमेकीसँग सुमधुर सम्बन्ध: अध्यक्ष ओली

नयाँ मान्यताका आधारमा छिमेकीसँग सुमधुर सम्बन्ध: अध्यक्ष ओली

काठमाडौँ, १५ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आज पार्टी कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वा...
काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु

काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, पाँचको मृत्यु

काबुल, १५ माघ। अफगानिस्तानको राजधानी काबुलमा अवस्थित एक सैनिक विश्वविद्यालयमा आतङ्ककारी आक्रमण भएको छ । पाँच जनाको सङ्ख्यामा आएका आतङ्ककारीले स्थानीय समायाअनुसार सोमबार विहान ५ बजे ‘मार्सल फहिम नेसनल डिफेन्स युनिभर्सिटी’ मा विस्फोटक पदार्थ हान्नुको साथै गोलाबारी सुरु गरेका थिए । त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा तीन आतङ्ककारीसहित पाँचको मृत्यु भएको छ । यस आक्रमणमा परी १० सुरक्षा अधिकारी ...
भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच

भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच

गाईघाट, उदयपुर, १५ माघ ।  भोटे घोडा लोप हुन थालेपछि जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा यसको किनबेच नभएकाले यस पटक भने भोटे कुकुरको कारोबार बढेको छ । माघ १ गतेदेखि आजसम्म सञ्चालन भएको त्रिवेणी मेलामा अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर तामाङले बताउनुभयो । विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट झारिने भोटे घोडाको...
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा चिकित्सक अभाव

डडेल्धुरा, १५ माघ।  उपक्षेत्रीय अस्पताल डडेल्धुराको स्थापना भएको तीन वर्ष बितिसक्दा पनि दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक नहुँदा बिरामी मर्कामा परेका छन् । उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भएको भए पनि हालसम्म जम्मा तीनजना मात्रै विशेषज्ञ डाक्टर रहेका छन् । अस्पतालमा भएका डाक्टर पनि बढी समय बिदामा रहने गर्दा उपचारमा झनै समस्या हुने गरेको छ । विशेषज्ञ डाक्टर न...
मन्दिरका मूल्यवान् गहना चोरी

मन्दिरका मूल्यवान् गहना चोरी

बनेपा, १५ माघ । काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएको छ । गएराति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको...
राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन फागुन ५ मा हुने

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन फागुन ५ मा हुने

काठमाडौँ, १५ माघ।  नेपाल राष्ट्रिय व्यवसायी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन फागुन ५ गते यहाँ हुने भएको छ । साना उद्योगी व्यवसायीको व्यावसायिक हक र अधिकारका लागि लामो समयसम्म लड्दै आएको महासंघले पहिलोपटक महाधिवेशन गर्न लागेको हो । महासंघका अध्यक्ष नरेश कटुवालले महाधिवेशनमा १९ संस्थाका ६०० प्रतिनिधिको सहभागिता रहने जानकारी दिनुभयो । उक्त महासंघमा झण्डै १० हजार साना व्यवसायी आबद्ध छन् । महासंघ...
इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

मंगलबारे, इलाम, १५ माघ । इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ । सो पुलका लागि रु तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका अनुसार इलामका ...
एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा राई

एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा राई

धनकुटा, १५ माघ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन धनकुटाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट भीमबहादुर राई अध्यक्षमा निर्वाचित भएका छन् । दुई बर्षे कार्यकालका लागि राईको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद इवाहाङ, महिला उपाध्यक्षमा तारा रोइला, उपाध्यक्षमा रोम वाजिम्पाक र चन्द्र एवाई राई, सचिवमा टेकमणि पौ...
बैंकिङ कसुरका दोषी खड्का पक्राउ

बैंकिङ कसुरका दोषी खड्का पक्राउ

रत्ननगर, चितवन, १५ माघ ।  बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले आज जानकारी दिनुभयो । चितवन प...
error: Content is protected !!