नयाँपत्रिका

काठमाडौं, १५ माघ। एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै टुंगो लगाउने गरी छलफल केन्द्रित गरेका छन् ।

Advertisement

चार दिनयता लगातार ‘वान टु वान’ छलफल गरिरहेका ओली र प्रचण्डले दुवै विषयलाई सँगसँगै टुंगो लगाउने सहमति गरेका हुन् । आइतबार दुई नेताबीच ललितपुरस्थित मानभवनमा करिब साढे तीन घन्टा छलफल भएको थियो ।

‘एकताका विभिन्न मोडालिटीमा चलिरहेको छलफल सकारात्मक दिशाउन्मुख भइरहेको छ,’ एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘बाहिर पार्टी एकता सरकारअघि कि पछि गलत ढंगले प्रचार गर्न खोजिए पनि दुवै विषय सँगसँगै टुंगिने गरी छलफल अघि बढिरहेको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!