काठमाडौं, १५ माघ। प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार राख्न माग गरेका छन् । सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानून संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

७७ जिल्लाका सीडीओले आफूहरुको सुझावविपरीत जिल्ला प्रशासन कार्यालयलाई प्रदेश सरकार मातहत राखिए प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनी दिएको समाचारलाई आज राजधानी दैनिकले छापेको छ ।

Advertisement

सीडीओहरुको यो चेतावनीसँगै प्रदेश सरकार र जिल्ला सुरक्षा प्रमुखहरुबीच अधिकार क्षेत्रबारे द्वन्द्व हुने देखिएको छ । केन्द्रको प्रतिनिधि प्रमुख जिल्ला अधिकारीले गर्ने भएकाले उनीहरु प्रदेश सरकार मातहत नरहने बताउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!