काठमाडौं, १४ माघ।  २ नम्बर प्रदेशमा राष्ट्रिय सभाका लागि सबै सांसद निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यका लागि संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै सबै निर्विरोध निर्वाचित भएका हुन् ।

हुसेनले खुल्ला सदस्यबाट उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै २ नम्बर प्रदेशका ८ जना सांसद निर्विरोध निर्वाचित भएका हुन् । प्रत्येक प्रदेशबाट ३-३ जना महिला र खुल्ला, १-१ जना दलित र अल्पसंख्यक अथवा अपांगता भएका गरी ८ जनाका दरले राष्ट्रियसभा सांसद बन्ने संबैधानिक प्रावधान रहेको छ ।

Advertisement

निर्विरोध हुनेहरु :

खुल्ला सदस्य
कांग्रेसका जितेन्द्र देव, राजपाका रमेशप्रसाद यादव र एमालेका सुमनराज प्याकुरेल

महिला सदस्य

माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला कुमारी

अल्पसंख्यक सदस्य

राजपाका वृषेशचन्द्र लाल

दलित सदस्य

फोरमका रामप्रित पासवान

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!