नागरिक

काठमाडौं, १५ माघ। निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा भाग लिने उम्मेदारलाई आज (सोमबार) निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ । आयोगले सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत सोमबार अन्तिम नामावली प्रकाशन गरेपछि आयोगले उम्मेदारलाई निर्वाचन चिन्ह दिने भएको हो।

Advertisement

आयोगले आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन चिन्ह दिने भएको हो । आइतबार आयोगले उम्मेदवारविरुद्ध परेको उजुरीको छानबिनपछि आइतबार मनोनयन भएका उम्मेदारको नामावली प्रकाशन गरेको थियो।

आयोगले उम्मेदवारी दिएका ८३ जनामध्ये १ जनाको मात्रै उम्मेदवारी खारेज गरेको छ । आयोगले प्रदेश नम्वर ४ अन्र्तगत अपांगता कोटामा उम्मदवारी दिएका एमालेका उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी खारेज गरेको हो । अपांगता कोटातर्फका उम्मेदवार बनेका थापाले  निर्देशिकाअनुसार अपांगता परिचयपत्र नलिएपछि उम्मेदवारी खारेज भएको हो । उनीविरुद्ध प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी दिएका थिए । दर्तालगत्तै उम्मेदवारविरुद्ध उजुरी एवं दावी विरोध गर्न समय दिएकोमा उजुरीमाथि छानकिन गरी आयोगले आइतबार मनोनयन भएका उम्मेदारको नामावली प्रकाशित गरेको थियो।

आयोगका प्रवक्ता नवराज ढकालले सोमबार दिउँसोसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएकाले उम्मेदवारी फिर्ता लिने समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने बताए । त्यसपछि उम्मेदवार आआफ्नो प्रचारमा लाग्ने उनको भनाइ छ । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता जारी गरिसकेको छ।

राष्ट्रियसभाका कुल ५९ सदस्य संख्यामध्ये एकल संक्रमणीय मत प्रणालीअनुसार ५६ पदका लागि २४ गते निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका ५९ सिटमध्ये ५६ वटा एकल संक्रमणीय प्रणालीअनुसार निर्वाचित हुने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने व्यवस्था छ । ५६ सिटमध्ये प्रत्येक प्रदेशमा तीन जना महिला, एकजना दलित, एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट र अन्य तीन जना गरी ८ जनाका दरले ७ वटै प्रदेशमा निर्वाचित हुनेछन्।

त्यसपछि माघ २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गाउँपालिका अध्यक्ष उपाध्यक्ष, नगरपालिकाका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यले तोकिएको मतदान केन्द्रमा गई मतदान गर्नेछन् । मतदानका लागि आयोगले लागि सात स्थानमा १४ वटा मतदान केन्द्र तोकेको छ । मतदान सम्पन्न भएर मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि सोही दिन अपरान्ह ४ बजेपछि मतगणना कार्य सुरु गरिने कार्यतालिकामा उल्लेख छ ।

राष्ट्रियसभाको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुख गरि १५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० सदस्य गरि २ हजार ५६ जना मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!