नवजात शिशु हत्या गर्ने आमा पक्राउ

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

लमजुङ, २२ साउन । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको ...
काेरिया जाने कामदारले अाफन्त लान पाउने

काेरिया जाने कामदारले अाफन्त लान पाउने

काठमाडौँ, २२ साउन । नेपाली कामदारलार्इ करार अवधिमा कम्तीमा एकपटक अाफ्नाे परिवारलार्इ काेरिया लैजान दिने व्यवस्था गर्न  काेरिया सहमत भएकाे छ । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले यसअघिकाे भेटमा काेरियन राजदूत पार्क याेंगिसलार्इ कामदारकाे सम्झाैता अवधिभित्र काेरियामै अाफ्ना परिवारका सदस्यलार्इ भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए । काेरियाले याे याेजनाकाे अाैपचारिक घाेषणा...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

उर्लाबारी, मोरङ, २२ साउन । सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे३प ६६९४ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे३प ९३१० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नंको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो । उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेली...
इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, हजारौँ संरचना ध्वस्त

इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय पुग्यो, हजारौँ संरचना ध्वस्त

मताराम, इन्डोनेसिया, २२ साउन  । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या १४० नाघेकाे विभिन्न सञ्चारमाधयमले जनाएका छन् । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घर र अन्य भाैतिक संरचनाहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइ...
अमेरिका पठाइदिने भन्दै लाखाै‌ँ ठगी गर्ने पूर्वसांसद मिठाराम हिरासतमा

अमेरिका पठाइदिने भन्दै लाखाै‌ँ ठगी गर्ने पूर्वसांसद मिठाराम हिरासतमा

काठमाडौँ, २२ साउन । अमेरिका पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट लाखौं रुपैया ठगी गरेको आरोपमा पूर्वसांसद मिठाराम विश्वकर्मा वैदेशिक रोजगार विभागको हिरासतमा परेका छन्। नेपाली कांग्रेसबाट सांसद, पुनःस्थापनापछि अन्तरिम व्यवस्थापिका  संसदको सदस्य बनेका विश्वकर्मा ४ हप्तादेखि वैदेशिक रोजगार विभागको हिरासतमा परेका हुन्। विश्वकर्मा पर्वतका हुन्। उनीमाथि कुश्माका २ युवालाई अमेरिका पठाइदिन्छु भन्दै २५ ...
प्रहरीसँग प्रतिकार गर्न नसक्ने पेन्टरसँग पेस्तोल !

प्रहरीसँग प्रतिकार गर्न नसक्ने पेन्टरसँग पेस्तोल !

काठमाडौँ, २२ साउन । बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरीले मृत अवस्थामा फेला पार्‍यो । घटना विवरणअनुसार अपहरणकारी भनिएका दुवैजना आरोपी पेसेवर अपराधी होइनन् । किनकि, अपह...
‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ’

काठमाडौँ, २२ साउन । कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन, पुर्वकानुन् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहदुर तामाङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो — जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति सार्वजनिक गर्दैनन् तबसम्म सुशासन र भ्रष्टाचार निवारण नारामै मात्र सीमित हुन्छ । तामाङले १५ दिनअघि कानुन्मन्त्रीबा रा...
‘ओइ बुढा, एक्लै नमर्नु है, सँगै मरौंला’

‘ओइ बुढा, एक्लै नमर्नु है, सँगै मरौंला’

काठमाडौँ, २२ साउन । ‘ओइ बुढा एक्लै नमर्नु है, सँगै मरौंला। छोरीहरु कता छन्, म त मर्न लागें, तपाईंलाइ कस्तो छ’, आइतबार बिहान भेरी नगरपालिका–३ ठाँटीबजारस्थित पानीनाउला जाने बाटोको छेउमा पहिरो खसेर पुरिएकी सितला लुहारको अन्तिम क्षणको बोली हो यो। पहिरोले उनीसहित उनका श्रीमान् लालबहादुर लुहार र तीन छोरीलाई पनि पुरेको थियो। पुरिएकै अवस्थामा उनले श्रीमान् लालबहादुरसँग भनेकी थिइन्, ‘यहाँबाट मलाइ निकाल्न...
अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो

अपहरणकारी मात्र होइन, प्रमाण पनि मारियो

काठमाडौँ, २२ साउन । काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्का सधैँझै आइतबार पनि चार बजेपछि विद्यालयबाट फर्किए । आमा चमेलीले गार्डेन चोकमा सञ्चालन गरेको चिया पसलमा खाजा खाए । ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि यही क्षेत्रमा पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् । विद्यालयबाट निशान आउँदा नियमित ग्राहक गोपाल तामाङ पसलमै थिए । चमेली...
जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

काठमाडौँ, २२ साउन । जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो। जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन्। जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेपनि नेपाली म्यानपावर कम्पनीले ८ ...
एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना

एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना

काठमाडौँ, २२ साउन । २२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ । चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ । नेपालले एक दिवसीय क्रिकेटमा पहिलाेपटक जितको इतिहास रचेर टाेली स्वदेश फर्केकाे हाे । यस सफलतालगत्तै अब टाेलीले भारत र प...
विवाह गर्ने उमेर अब २० बर्षपछि

विवाह गर्ने उमेर अब २० बर्षपछि

काठमाडौँ, २२ साउन । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन श्री ३ प्रधानमन्त्री जंगबहादुर राणाले बनाएको मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुन लागेका ६ कानुनी संहिता र त्यससम्बन्धी कार्यविधिमा बालविवाह र बहुविवाहसम्बन्धी नयाँ व्यवस्था गरिएको हो । सर्वाेच्च अदालत...
राजधानीमै अपहरणपछि बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

राजधानीमै अपहरणपछि बालकको हत्याः किन बचाउन सकेन प्रहरीले ?

काठमाडौँ, २२ साउन । प्रहरीले समयमै सुचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आईतबार अपहरित एक बालकको ज्यान गुमेको छ । बलियो सुरक्षा व्यवस्था भएको भनिएको काठमाडौंमा ११ वर्षीय बालकको अपहरणपछि हत्या भएको घटनाले राजधानीको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । आइतबार साँझ पेप्सीकोला टाउन प्लानिङको डेराबाट अपहरणमा परेका निशान खडकालाई सोमबार मध्यान्ह १२ बजेतिर मात्रै प्रहरी...
फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो

फोहोर व्यवस्थापनमा चुनौती, महामारीको खतरा बढ्यो

काठमाडौँ, २२ साउन । काठमाडौको फोहोर व्यवस्थापन कठिन बन्दै जाँदा महामारीको खतरा बढ्ने देखिएको छ । फोहोरको कारण पानीजन्य रोग देखा पर्न थालेको छ । सबैभन्दा धेरै फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले पानीजन्य रोग फैलन नदिन सजकता अपनाउन आग्रह गरेको छ । कामपाका वरिष्ठ जनस्वाथ्य अधिकृत राजेन्द्र घिमिरेले पानीको कारण झाडापखाला, हैजा, रगतमासी, जन्डिसलगायतका रोग बढ्न जाने सम्भावना बढेको बत...
अख्तियारका ४ आयुक्तले पाए सफाइ

अख्तियारका ४ आयुक्तले पाए सफाइ

काठमाडौँ, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन् । सर्वाेच्चले २ वर्षपछि खारेज गर्ने फैसला सुनाएको हो । २०७३ मंसिर १ गते अधिवक्ता दक्षबहादुर क्षत्रीले उनीहरुको योग्यता नपुगेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा ...
गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु, २१ साउन । गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । शव माथि नदेखिएको, ताल चिसो र गहिरो भएकाले उद्धारक...
मोरङका प्रजिअ केसीले भने ‘वाढीपीडितकोे फ्रिज भएको रकम पुनः फर्काउन पहल गर्छु’

मोरङका प्रजिअ केसीले भने ‘वाढीपीडितकोे फ्रिज भएको रकम पुनः फर्काउन पहल गर्छु’

विराटनगर, २१ साउन । मोरङमा केहि दिनअघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका वाढीपीडितकोे नाममा आएर फ्रिज भएको रकम पुनः फिर्ता ल्याउन पहल गर्ने बताएका छन् । मोरङका बाढीपीडितका लागि तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय मार्फत पठाएको ३ करोड ८० लाख रकम वितरण हुन नसकि फ्रिज भएको थियो । जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ केसीले सो...
जापानको एक विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

जापानको एक विद्यालय परिसरमा दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार फेला

टोकियो, जापान, २१ साउन । जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग (युद्धमा प्रयोग गरिने धारिला हतियार), आठ थान हाते बम र ३०२ ...
इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

इन्डोनेसिया भूकम्पमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो

मताराम, इन्डोनेसिया, २१ साउन । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ । सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् । भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बो...
विराटनगरको प्राईम सहकारीका फरार सञ्चालक सुवेदी पक्राउ

विराटनगरको प्राईम सहकारीका फरार सञ्चालक सुवेदी पक्राउ

विराटनगर, २१ साउन । विराटनगर–९ बाटारोड स्थित प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बिष्णु सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । ठगि गरेको आरोपमा प्राइम सहकारीका उपाध्यक्षसमेत रहेका सञ्चालक सुवेदीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । पक्राउ परेका सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत कर्मचारीसमेत हुन् । यसअघि प्रहरीले आइतबार पोखराबाटै सहकारीका मुख्य सञ्चालक ईश्वर श्रेष...
भोजपुरमा बालक मृत फेला

भोजपुरमा बालक मृत फेला

भोजपुर, २१ साउन । भोजपुरको सुन्तलेमा सोमबार एक वालक मृत अवस्थामा भेटिएका छन् । स्थानीय वालकुमार तामाङ्गका १३ वर्षीय छोरा सुवास तामाङ्ग भोजपुर नगरपालिकाको सुन्तले–हेलौछा सडक खण्डमा वनाईएको पोखरीमा मृत अवस्थामा फेला परेका हुन् । वालकलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चरित्रविक्रम कार्की नेतृत्वको टोली घटनास...
आमा उपचार गर्न गएको मौका पारी सौतेलो बाबुद्वारा छोरीलाई बलात्कार

आमा उपचार गर्न गएको मौका पारी सौतेलो बाबुद्वारा छोरीलाई बलात्कार

वीरेन्द्रनगर, २१ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गो...
हत्यामा संलग्न तीन जना १५ वर्षपछि पक्राउ

हत्यामा संलग्न तीन जना १५ वर्षपछि पक्राउ

उर्लाबारी, मोरङ, २१ साउन । हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ । साविकको डंग्राहा गाविस–६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ५१ वर्षीय भवरलाल मण्डल, ४० वर्षीय ईश्वरचन्द गच्छदार र ३८ वर्षीय श्रवण गच्छदारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् ...
दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

दक्षिण कोरियामा रहेका नेपाली कामदारले आफन्त भेट गर्न पाउने

काठमाडौँ, २१ साउन । रोजगार अनुमति प्रणाली(इपिएस) मार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङसिकबीच आज मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत पार्कले कोरियामा काम गर्ने नेपाली कामदारका आफन्तलाई भेटघाट गर्न जाने अवसर मिला...
भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर र बालकोट डुबानमा, बाढीले बगाएर ल्यायो किशोरको शव

भक्तपुर, २१ साउन । विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करीब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भे...
धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने 

धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने 

धनकुटा, २१ साउन । धनकुटामा तीन दिनसम्म बिभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइने  भएको  छ । युवाको  क्षेत्रमा काम गर्ने जिल्लाका विभिन्न निकायको  संयुुक्त पहलमा युवा दिवस बिशेष कार्यक्रम गर्न लागिएको हो । अगष्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस नेपाली पात्रो  अनुसार यस वर्ष साउन २७ गते  परेको छ । दिवसको अवसरमा साउन २५ गते  रक्तदान कार्यक्रम र विपद व्यवस्थापनमा युवाको भूमिका वि...
छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

छत्तिसगढमा १४ माओवादी विद्रोही मारिए

छत्तीसगढ, २१ साउन । भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ । यही महिनाको सुरुमा...
देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ साउन । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ । मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति काठमाडौँसहित मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । बुध...
कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

काठमाडौँ, २१ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २...
लोकसेवा आयोग बल्ल संघीय ढाँचामा, धनकुटामा प्रदेशस्तरीय कार्यालय रहने

लोकसेवा आयोग बल्ल संघीय ढाँचामा, धनकुटामा प्रदेशस्तरीय कार्यालय रहने

काठमाडौँ, २१ साउन । सरकारले लोकसेवा आयोगको संरचना संघीय ढा“चाअनुसार रूपान्तरण गर्दै सातै प्रदेशमा आयोगका प्रदेशस्तरीय कार्यालय खोल्ने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले संघीय लोकसेवाको संगठन संरचना र नया“ दरबन्दी स्वीकृत गर्दै सातै प्रदेशमा कार्यालय खोल्ने निर्णय गरेको हो। लोकसेवा आयोगका प्रशासन महाशाखा प्रमुख सहसचिव जानकीराम बरालले आयोगको संघीय रूपान्तरण भएको र अब त्यसैअनुसार कार्यसञ...
एउटै वडाका १६१ महिला इराकमा

एउटै वडाका १६१ महिला इराकमा

चौतारा, २१ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै सर्भेक्षण गरेको थियो । गाउँपालिकाको सो वडामध्ये साविक मार्मिङ गाविस– ४ का छ...
error: Content is protected !!