प्रेम देवान/संगालोखबर

विराटनगर, २१ साउन । मोरङमा केहि दिनअघि सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले मोरङका वाढीपीडितकोे नाममा आएर फ्रिज भएको रकम पुनः फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।

Advertisement

मोरङका बाढीपीडितका लागि तत्काल राहत प्रदान गर्न गृह मन्त्रालय मार्फत पठाएको ३ करोड ८० लाख रकम वितरण हुन नसकि फ्रिज भएको थियो । जिल्ला प्रशासन कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ केसीले सोहि रकम फिर्ता गर्न पहल गर्ने बताएका हुन् ।

यसैवीच जिल्लामा शान्ति सुरक्षा कायम राखी गुणस्तर सेवा जनतालाई दिनका लागि आफु लागिपर्ने प्रजिअ केसीले बताए । उनले संघीयताको कार्यान्वयन, नागरिक सरोकारका विषय र राजनीतिक दलसंगको समन्वय कायम राखी मुलुकलाई समृद्धि वनाउनका संञ्चारकर्मीको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रजिअ केसीले जिल्लामा देखिएका सामाजिक विकृति नियन्त्रण गर्ने काममा तल्लिन हुँने बताउँदै स्वच्छ समाज निर्माण गर्न स्थानीय सरकार, सघंसंस्था लगायतले जनतासमक्ष सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा जोड पनि दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!