विराटनगर, २१ साउन । विराटनगर–९ बाटारोड स्थित प्राइम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बिष्णु सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।
ठगि गरेको आरोपमा प्राइम सहकारीका उपाध्यक्षसमेत रहेका सञ्चालक सुवेदीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सुबेदी नेपाल टेलीकम विराटनगरको क्षेत्रीय कार्यलयमा कार्यरत कर्मचारीसमेत हुन् ।
यसअघि प्रहरीले आइतबार पोखराबाटै सहकारीका मुख्य सञ्चालक ईश्वर श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।
प्रहरीले खोजी गरेको तीन महिनापछि उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।