भोजपुर, २१ साउन । भोजपुरको सुन्तलेमा सोमबार एक वालक मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय वालकुमार तामाङ्गका १३ वर्षीय छोरा सुवास तामाङ्ग भोजपुर नगरपालिकाको सुन्तले–हेलौछा सडक खण्डमा वनाईएको पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।
वालकलाई स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चरित्रविक्रम कार्की नेतृत्वको टोली घटनास्थल गएको थियो ।
बालकको मृत्युको कारणबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बालक स्थानीय धापखर्क आधारभुत विद्यालयमा अध्ययनरत थिए ।