शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: थ्री स्टार विजयी

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: थ्री स्टार विजयी

काठमाडौँ, २५ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको खेलमा थ्री स्टारले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै विजयी शुरुआत भएको हो । जीतसँगै थ्री स्टारले शीर्ष तीन अङ्क जोडेको छ । थ्री स्टारले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल ग¥यो । उसको जीतमा रञ्...
तीन महीनामा आठ अर्बको सवारीसाधन भित्रिए

तीन महीनामा आठ अर्बको सवारीसाधन भित्रिए

वीरगञ्ज, २५ असोज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट रु आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका छन् । भारत तथा तेस्रो मुलुकबाट सवारीसाधन नेपाल भित्रिएपछि वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वको ४० प्रतिशत ती सवारीसाधनबाट उठ्को भन्सार अधिकृत सन्तोष यादवले जानकारी दिए। चालू आवको साउनदेखि असोज १५ गतेसम्ममा...
यौनजन्य अश्लिल सामग्री राख्ने २१ हजार वेबसाइट बन्द !

यौनजन्य अश्लिल सामग्री राख्ने २१ हजार वेबसाइट बन्द !

काठमाडौँ, २५ असोज । यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरिएको छ । सरकारले समाजमा बढ्दै गएकाे बलात्कारका घटना तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले ती वेबसाइट बन्द गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल बन्द गर...
भूकम्पपीडित अनुदानको समयसीमा पुनः थप

भूकम्पपीडित अनुदानको समयसीमा पुनः थप

काठमाडौँ, २५ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडित आवास अनुदान रकम बुझ्ने समयसीमा थप गरेको छ । प्राधिकरणमा हालै बसेको निर्देशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुझ्ने म्याद थप गरेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । “थुप्रै पीडितले हालसम्म पनि पहिलो, दोस्रो र तेस्रो किस्ता बुझिनसकेकाले समयावधि थप गरिएको हो”, उनले भने। प्राधिकरणको तथ्याङ्कअनु...
शहीद स्मारक ए डिभिजन: फ्रेण्ड्स र थ्री स्टार भिड्ने

शहीद स्मारक ए डिभिजन: फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ, २५ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । दुवै खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदान सातदोबाटोमा हुनेछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग असोज २४ गतेदेखि पुनः सञ्चालन भएको हो लिगका खेल तेह्...
समृद्धिको पहिलो आधार शान्तिसुरक्षा: प्रधानमन्त्री ओली

समृद्धिको पहिलो आधार शान्तिसुरक्षा: प्रधानमन्त्री ओली

काठमाडौँ, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ६३ औँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । “नेपाल प्रहरी आगामी दिनमा थप जिम्मेवार र सक्रिय भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्न...
विश्व बैंकद्वारा नेपाललाई तेइस अर्ब सहुलियत ऋण

विश्व बैंकद्वारा नेपाललाई तेइस अर्ब सहुलियत ऋण

काठमाडौँ, २५ असोज । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थि...
तीनजुरे पाथीभरा डाँडामा सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तीनजुरे पाथीभरा डाँडामा सीमा विवादले भ्यूटावर निर्माण अलपत्र

तेह्रथुम, २५ असोज । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो । सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत ...
काँकरभिट्टाबाट हतियार र लागूऔषधसहित दुई पक्राउ

काँकरभिट्टाबाट हतियार र लागूऔषधसहित दुई पक्राउ

बनियानी, झापा, २५ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए । “भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो गाडीमा ज...
आज विश्व दृष्टि दिवस: सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

आज विश्व दृष्टि दिवस: सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने

काठमाडौँ, २५ असोज । सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका छन् । ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔँ’ भन्ने नाराका साथ आज उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउन विश्व दृ...
मानसिक रोगी बढेकामा चिन्ता

मानसिक रोगी बढेकामा चिन्ता

काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अशिक्षा, बेरोजगारी, बसाइसराई, सामाजिक विखण्डन र प्राकृतिक प्रकोपसहित गरीबीका कारण नेपालमा मानसिक रोगीहरूको सङ्ख्या दिनदिनै बढिरहेकामा चिन्ता व्यक्त गरेका छन्। संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य सङ्गठन र आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्गठन, ओईसीडीको संयुक्त आयोजनामा संयुक्त अधिराज्यको राजधानी लण्डनमा बु...
कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

कपिलवस्तुकै सांसद बुद्ध भारतमा जन्मिएको प्रचार गर्दै

काठमाडौँ, २५ असोज । प्राचीन बुद्धनगरी कपिलवस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित भए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा ...
२०७५ असोज १३ गते शनिवार/आजको राशिफल

२०७५ असोज १३ गते शनिवार/आजको राशिफल

भारतको महाराष्ट्रमा पर्ने यवतमाल र पाढरकावडा क्षेत्र एक नरभक्षी बघिनी (मादा टाइगर)का कारण चिन्तित छ । ‘टी १’ नामको यो बघिनीले पछिल्लो केही दिनभित्र यस क्षेत्रका १३ मानिस र कयौं जनावरहरु मारिसकेको छ बताइएको छ । यो बघिनीलाई समात्न वन विभागले प्रयास गथ? सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवस...
९ सय किशोरीले आज रेडियो बहस गर्ने

९ सय किशोरीले आज रेडियो बहस गर्ने

काठमाडौँ, २५ असोज । सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर आज (असोज २५ गते) देशभरिका ९ सय किशोरीले आफ्नै सवालमा एकैपटक बहस गर्ने भएका छन् । किशोरीले सामुदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा तिनको न्यूनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेको पहलबारे जानकारी गराउनेछन् । कार्यक्रममा ३ सय किशोरी एक दिनका लागि रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् । भन...
इन्जिनियरिङ कलेजमा करोडौं अनियमितता, ३३ करोड ७६ लाख बेरुजु

इन्जिनियरिङ कलेजमा करोडौं अनियमितता, ३३ करोड ७६ लाख बेरुजु

काठमाडौँ, २५ असोज । नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकले ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको पाइएको छ । कलेजको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त रकम अनियमितता भएको पाइएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, लवराज भट्टराई, रामरत्न उपाध्याय र उपेन्द्र गौतमले ३३ करोड ७६ लाख ७३ हजार रुपैयाँ अनियमितता गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक समिति सदस्य हर...
सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन शुरु

फिक्कल, २५ असोज । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना ...
वामदेवलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन सुझाव

वामदेवलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन सुझाव

काठमाडौं, २५ असोज । उपचुनावमार्फत वामदेव गौतमलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन्। प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारी थालेपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका थिए। प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्ह...
नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

नोबेलद्वारा लगातार चार दिन निःशुल्क शिविर: मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

विराटनगर, २४ असोज । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले बिगत चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी र सुनसरीको इटहरीमा निःशुल्क शिविर सञ्चालन गरी २ हजार ५ सय ८ जना बिरामीको निःशुल्क उपचार गरिएको हो । गत आईतवार कानेपोखरी गाउँपालिका–५ रमाईलोमा भएको शिविरमा ५ सय ६...
विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुने

विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ हुने

मोरङ, २४ असोज । विराटनगर र मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा पुन ‘विराट ट्रेड एक्स्पो २०७५’ हुने भएको छ । मोरङ व्यापार संघले विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आउँदो पौष ६ देखि १४ गतेसम्म विराट ट्रेड एक्स्पो गर्ने जनाएको छ । यसपटकको एक्स्पोमा स्वदेशी मात्र नभएर विदेशको समेत स्टलहरू रहने जनाइएको छ । भारत, श्रीलंका र स्वेदशको गरि २ सय ७५ वटा स्टल रहने मेला संयोजक अनुपम राठीले जा...
धनकुटा कांग्रेसले जागरण अभियान थाल्ने

धनकुटा कांग्रेसले जागरण अभियान थाल्ने

धनकुटा, २४ असोज । नेपाली कांग्रेसलाई सशक्त र क्रियाशिल बनाउन पार्टिले जागरण अभियान संचालन गर्ने भएको छ । उक्त जानकारी धनकुटाको छथरजोरपाटी को सिधुवामा आयोजित कार्यक्रममा दिइएको हो । बडादशैं, दिपावली, नेपाल सम्वत तथा छठ लगायत सम्पूर्ण चाड पर्वको अवसरमा वुधवार सिधुवामा कांग्रेस छथरजोरपाटी गाउँ कार्य समितिले शुभकामना कार्यक्रम सहित क्रियाशिल सदस्यताको प्रमाण वितरण कार्यक्रम समेत आयोजना गरेको छ । क...
मापसे गर्ने चालकको पुनः परिक्षा लिंदै मोरङ प्रहरी, फेल भए कारवाही

मापसे गर्ने चालकको पुनः परिक्षा लिंदै मोरङ प्रहरी, फेल भए कारवाही

मोरङ, २४ असोज । अधिकांस दुर्घटनामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएपछि प्रहरीले कडाई गरेको छ । दुर्घटना न्युनिकरण र सवारी चालकमा सचेतना फैलाउने उद्देश्यले मोरङ प्रहरीले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई लिखित परिक्षा लिन शुरु गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरी सवारी साधन चलाउने मोटरसाईकल ७४, ट्रक २, ट्याक्टर ४, टेम्पो ५ ...
कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजनाः मुख्यमन्त्री राई

कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजनाः मुख्यमन्त्री राई

इटहरी, २४ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जैविक कृषि उत्पादनमा जोड दिनुपर्ने बताउएका छन् । समावेशी नेपाल प्राइभेट लिमिटेडले सुनसरीको इटहरी उपमहानगरपालिकामा पहिलो पटक स्थापना गरेको तरकारीजन्य डिपार्टमेन्ट स्टोरको आज उद्घाटनगर्दै उनले कृषिका माध्यमबाट प्रदेश नं. १ लाई समृद्ध बनाउने योजना प्रदेश सरकारको छ भने । मुख्यमन्त्री राईले हिमाल, पहाड र तराईका विभिन्न जिल्लाका किसानलाई सङ्ग...
ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखे

बेत्रावती, २४ असोज । दशैँ पर्वका अवसरमा नुवाकोटको बेलकोटगढी नगरपालिका बेलकोटगढीमा १३८ परिवारले आज सामूहिकरुपमा घटस्थापना गरी जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका– १० स्थित नीरञ्जना भगवति मन्दिरमा बडादशैँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा विसं १८०१ मा नुवाकोटमाथि विजयी हासिल गरेपश्चात् शुरु भएको सामूहिक जमरा राख्ने परम्परा...
बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

बंगलादेशमा १९ जना विरुद्ध मृत्युदण्डको फैसला

ढाका, २४ असोज । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आ...
गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, २४ असोज । गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गैर आवासीय नेपाली...
प्रदेश योजना आयोग गठन गरिने

प्रदेश योजना आयोग गठन गरिने

विरानगर, २४ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा आज आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले यस सम्बन्धमा विज्ञसँग छलफल गरेको र आद्यवधिक विकास योजना सम्बन्धी बैठकको निर्णय केही दिनमा सार्वजनिक ...
सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा

सामूहिक दशैँघर–विधिपूर्वक जमरा पूजा

इटहरी, २४ असोज । विगत बीस वर्ष अघिदेखि इटहरीमा सार्वजनिक दशैँघर स्थापना गरेर सार्वजनिक रुपमा जमरा राख्दै आएका इटहरीवासीले यो वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर दशैँघरमा जमरा राखेका छन् । इटहरी उपमहानगरपालिकामा लामो समयदेखि विशेष ढङ्गले सतसङ्ग मन्दिरसँगको सहकार्यमा दशैँ बढाइँसमेत गर्दै आएका इटहरीवासीले यो वर्ष झनै व्यवस्थित ढङ्गले दशैँको जमरा राख्ने कार्यदेखि दशैँघरलाई भव्यरुपमा स्थापना गरिएको अध्...
विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

काठमाडौँ, २४ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ । विमललाई लिन अन्य क्लबले प्रयास...
धनकुटामा गौचनको पहिलो स्मृति दिवस

धनकुटामा गौचनको पहिलो स्मृति दिवस

धनकुटा, २४ असोज । निर्माण व्यवसायी शरदकुमार गौचनको पहिलो स्मृति दिवसका अवसरमा निर्माण व्यवसायी संघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । गौचनको गत वर्ष  घरबाट कार्यालय जाने क्रममा गोलि हानी हत्या भएको थियो । संघका जिल्ला अध्यक्ष भवानी शंकर चाम्लीङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य यज्ञप्रसाद खतिवडा, धनकुटाका निर्माण व्यवसायी अर्जुन केसी, यज्ञ राईले शोक मन...
हनुमान ढोकासहित देशभर घटस्थापना

हनुमान ढोकासहित देशभर घटस्थापना

काठमाडौँ, २४ असोज । हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा राष्ट्रपति कार्यालयमा लैजाने गरिन्छ । गणतन्त्र स्थापना हुनु अघि हन...
धनकुटाका दुई विद्यालयले पाए उत्कृष्ट बाल क्लव पुरस्कार

धनकुटाका दुई विद्यालयले पाए उत्कृष्ट बाल क्लव पुरस्कार

धनकुटा, २४ असोज । धनकुटाको त्रिवेणी मावि र श्रीमान टंक माविका बाल क्लव धनकुटा नगरपालिकाका उत्कृष्ट बाल क्लवबाट पुरस्कृत भएका छन्। सामुदायिक विकास मञ्च ईलाम र धनकुटाले नगरका ५ विद्यालयमा आयोजना गरेको बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत उक्त क्लव उत्कृष्ट भएका हुन। २०७२ सालबाट सञ्चालन भएको यस परियोजनाबाट त्रिवेणी माविका त्रिवेणी बाल क्लव र टंक माविका मधुगंगा बाल क्लव पुरस्कृत भएको जनाई...
error: Content is protected !!