धनकुटाको कुरुलेतेनुपामा बृद्धाको शव फेला

धनकुटाको कुरुलेतेनुपामा बृद्धाको शव फेला

धनकुटा, २४ असोज । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपामा आज बिहान एक वृद्धाको शव फेला परेको छ । कुलोमा घोप्टो परेको अवस्थामा स्थानीय ६५ वर्षिया बुद्धरानी याख्खाको शव फेला परेको प्रहरीले जनाएको छ । छोरा मंगलप्रसादको घर गएर फर्कदै गर्दा उनका देवर गंगाप्रसादले शव फेला पारेका हुन् । बुद्धरानीलाई मृत अवस्थामा भेटेपछि गंगाप्रसादले प्रहरीलाई खबर गरेका थिए । प्रहरी परिचालन गरि घटनाको बिषयमा अनुस...
पिप्लेमा पहिलो पटक बस पुग्यो

पिप्लेमा पहिलो पटक बस पुग्यो

तेह्रथुम, २४ असोज । म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा शुरु भएको वडाध्यक्ष रामबहादुर खड्काले बताए । मङ्गलबार पिप्लेमा पहिलो पटक बस पुगेको हो । दैनिक बेलुका ४ बजे बसपार्कबाट र बिहान ७ बजे पिप्लेबाट बस छुट्ने तेह्रथुम बस काउन्टरका प्रम...
दिपिका भइन् ‘फेस अफ प्रान लिच्ची’

दिपिका भइन् ‘फेस अफ प्रान लिच्ची’

काठमाण्डौं, २३ असोज । नायिका दिपिका प्रसाईं बहुराष्ट्रिय कम्पनी प्रानको ‘फेस अफ प्रान लिच्ची’ घोषणा भएकी छन् । चलचित्र ऐश्वर्यबाट नेपाली फिल्ममा डेब्यू गरेकी नायिका प्रसाईंलाई राजधानीमा आज भएको कार्यक्रममा प्रानले यस्तो घोषणा गरेको हो । यो घोषणासँगै अब नायिका प्रसाईंले डेढ वर्षसम्म प्रान लिच्चीको बजार विकास र विस्तारमा काम गर्नेछिन् । प्रानका विज्ञापन, फोटो सुट, म्यूजिकल कार्यक्रम, सोसल मिडिया ...
बुधबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग पुनः शुरु हुँदै

बुधबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग पुनः शुरु हुँदै

काठमाडौँ, २३ असोज । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका लागि लिग स्थगित हुनेछ । एन्फाले २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सकाउने जनाएको छ । त्यसपछि दशैँ, तिहार र छठको बिदा अवधिभर ए...
दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

दुई महिनाभित्र श्रमिकको योगदानका आधारमा सामाजिक सेवा शुरु गरिने

काठमाडौँ, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउएका छन । आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको सिर्जना गरी तिनले पाउनुपर्ने सेवासुव...
विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष

वासिङ्टन, २३ असोज । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ । संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र २०१९ को विश्वको आर्...
विश्व हुलाक दिवस: चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

विश्व हुलाक दिवस: चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो

काठमाडौँ, २३ असोज ।  कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न सकेको छैन । प्रविधि र समयको मागअनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्य...
अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

सिड्नी, २३ असोज । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन ओईसीडीमा आबद्ध मुलुकको तुलनामा सबैभन्दा बढी हो ।...
युक्रेनी हतियार भण्डारमा बिस्फोट, झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारियो

युक्रेनी हतियार भण्डारमा बिस्फोट, झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारियो

कीभ, २३ असोज । युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ । स्थानीय अधिकारीहरुले राजधानी कीभबाट करिब १७० किलोमिटर उत्तर इचन्या सहर नजिक भएको उक्त दुर्घटनाबाट कसैको मृत्यु वा घाइते भएको विवरण भने प्राप्त नभएको जनाएका छन् । युक्रेनी प्रधानमन्त्री भोलोडीमीर ग्रोइस्म्यानले ट्वीट गर्दै आफू उक...
चीनले दुईवटा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

चीनले दुईवटा रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण ग¥यो

चीन, २३ असोज । चीनले जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक मङ्गलबार प्रक्षेपण गरेको छ । चिनीया अधिकारीहरुका अनुसार यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ । लङ मार्च रकेटको यो २८६औं अभियान हो ।
म्यानमारमा अासियन सिओसिआई बैठक आयोजना हुने

म्यानमारमा अासियन सिओसिआई बैठक आयोजना हुने

याङ्गुन, २३ असोज । म्यान्मारले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन अासियनको संस्कृति तथा सूचनासम्बन्धी समिति सीओसिआइको ५३ औँ बैठक आयोजना गर्ने भएको छ । अासियनको उक्त समितिको बैठक म्यानमारको राजधानी नेपिताेमा आगामी नोभेम्बर १२ देखि १६ सम्म आयोजना गर्ने तयारी भएको म्यानमारले जानकारी दिएको छ । यो बैठकको आयोजनाबाट दक्षिणपूर्वी एसियाली देशहरुमा सूचना प्रविधिका आयोजनाहरुमा थप लगानीका साथै अरु व...
धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

काठमाडौँ, २३ असोज । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र सञ्चालक भक्तबहादुर पुनको उपस्थितिमा नेपालगञ्ज क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन...
नेपालकाे लगातार चाैथाे जित, भुटान ११७ रनले पराजित

नेपालकाे लगातार चाैथाे जित, भुटान ११७ रनले पराजित

काठमाडौँ, २३ असोज । मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत दर्ता गराएको छ । यसअघि नेपालले म्यानमा र मलेसियालाई आठ आठ विकेट तथा थाइल्याण्डलाई १४० रनले पराजित गरेको थियो । जीतसँ...
मेथीको पातदेखि दाना सबै स्वास्थ्यका लागि लाभदायक

मेथीको पातदेखि दाना सबै स्वास्थ्यका लागि लाभदायक

काठमाडौँ । विभिन्न स्वाथ्र्यवद्र्वक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । वारम्वार पिसाब लागिरहने समस्या छ भने मेथीको पातको रसले निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइंको समस्या धेरैहदसम्म कम भएर जान्छ । धेरैजसो मानिसहरुलाई पेटसम्बन्धी समस्याले सताइरहेको हुन्छ । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्ज...
टी–२० छनोट क्रिकेट: नेपाल चौथो जितको खोजीमा

टी–२० छनोट क्रिकेट: नेपाल चौथो जितको खोजीमा

काठमाडौँ, २३ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ । एक खेलमा जित निक...
यसवर्षको दशैँमा कैदीको कैद मिनाह नहुने

यसवर्षको दशैँमा कैदीको कैद मिनाह नहुने

काठमाडौं, २३ असोज । यसवर्षको दशैँमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष दसैं, गणतन्त्र र संविधान दिवसको अवसरमा केही कैदीबन्दीलाई आममाफी दिने चलन थियो । हाल ७३...
नेपाली समुदायलार्इ लक्षित गरि दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

नेपाली समुदायलार्इ लक्षित गरि दुबर्इमा सुपरमार्केट खोल्दै एनआरएनए

युएर्इ । युएर्इमा बसोबास गर्ने नेपाली समुदायलार्इ लक्षित गरि गैरआवासीय नेपाली संघ, युएर्इले दुबर्इमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने भएको छ। एनआरएन युएर्इको २०१७-२०१९ कार्यसमिति सदस्हरुको संयुक्त लगानीमा संचालनमा आउने उक्त सुपरमार्केटका लागि कार्यसमितिका ३३ जनाबाट जनही १० हजार दिर्हामका दरले करिब नेपाली १ करोड रुपियाँको लगानी जुटाइएको छ । युएर्इको बरदुबर्इमा पहिलो सुपरमार्केट जनवरी २०१९ ...
प्रदेशको नाम र स्थायी राजधानीबारे छलफलै नभई अधिवेशन अन्त्य हुँदै

प्रदेशको नाम र स्थायी राजधानीबारे छलफलै नभई अधिवेशन अन्त्य हुँदै

विराटनगर, २३ असोज । प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक छलफलै सुरु नभई प्रदेश सभा १ को वर्षे अधिवेशन अन्त्य हुने भएको छ । मंगलबार दिउँसो बस्ने बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ । प्रदेश सभाका प्रवक्ता सहसचिव लोकप्रसाद भण्डारीका अनुसार हिउँदे अधिवेशन पुसमा मात्र आह्वान हुनेछ । प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाइ बहुमतबाट टुंग्याउ...
दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री

दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ, २३ असोज । दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले हालसम्म १६ हजार भेडाच्याङ्ग्रा...
मोरङमा लागूऔषध सहित १ पक्राउ

मोरङमा लागूऔषध सहित १ पक्राउ

मोरङ, २२ आश्विन । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित कानेपोखरी चौकबाट प्रहरीले आइतबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । दिउँसो करिब पौने ४ बजे अस्थाइ प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-४ बस्ने बर्ष २३ को प्रकाश धिमाललाई लागूऔषध सहित पक्राउ गरेको हो । शंकास्पद अवस्थामा हिडिरहेका धिमाललाई चेकजाँच गर्ने क्रममा नाइट्राभेट-१४९ ट्याब्लेट, डाइजेपाम-१ एम्पुल, फेनारगन-१ एम्पुल...
विराटनगर महानगरपालिकाले चार महिनादेखि तलब नदिएपछि शिक्षकको धर्ना

विराटनगर महानगरपालिकाले चार महिनादेखि तलब नदिएपछि शिक्षकको धर्ना

मोरङ, २२ असोज । विराटनगर महानगरपालिका क्षेत्रभित्र काजमा खटाईएका शिक्षकले चार महिनादेखि तलव नदिएको भन्दै महानगर परिसरमा धर्ना दिएका छन् । नेपालीहरुको महान पर्व दशै तिहार तथा छड पर्वको मुखमा तलव नपाएको भन्दै सोमबार अस्थाई तथा काजका शिक्षकले धर्ना दिएका हुन् । गत असार महिनादेखिको काजमा खटिएका शिक्षकको लागी महानगरसंग तलवको माग गर्दै ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना दिनु परेक...
प्रदेश नं. १ का सांसदले लगाए लोगो

प्रदेश नं. १ का सांसदले लगाए लोगो

मोरङ, २२ असोज । प्रदेशसभा १ का सांसदलाई सोमवार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले विशेष कार्यक्रम आयोजना गरी सदस्यलाई लोगो वितरण गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको शुभारम्भ गरेका थिए । सभामुख भण्डारीलाई मुख्यमन्त्री राईले पनि प्रदेशको लोगो लगाई दिएका थिए । सरकारका मन्त्री तथा प्रदेश सदस्यलाई सभामुख भण्डारीले लोगो वितरण गरे। भण्डा...
राजधानीको लागि विराटनगर महानगरपालिकाको लविङ्

राजधानीको लागि विराटनगर महानगरपालिकाको लविङ्

मोरङ,२२ असोज । प्रदेश नं १ को स्थायी राजधानी अन्यत्र सारिने चर्चा चुलिएसंगै स्थानीय तहमा समेत तरङ्ग छाएको छ । विराटनगरलाई स्थायी राजधानी बनाउन विराटनगर महानगरपालिकाको समेत ध्यानाकर्षण भएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकार सम्मेलन गर्दै प्रदेशको राजधानी विराटनगरबाट स्थानान्तर गर्ने हल्ला हल्लामा मात्र सिमित रहेको दावी गरे । उनले कुनै पनि हालतमा अन्य स्थानमा सार्न नहुने बताए । प्रदे...
‘फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

‘फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

काठमाडौँ, २२ असोज । ‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ, गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ ? फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’ नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा रायमाझीले सार्वजवनिक गर्नुभएको लोकगीतको अंश हो यो । विभिन्न बहानामा विदेशिने नेपालीक...
गान्धीको १५० औँ जयन्ती दुई वर्षसम्म मनाइने

गान्धीको १५० औँ जयन्ती दुई वर्षसम्म मनाइने

काठमाडौँ, २२ असोज । गान्धी दर्शनको महत्व वर्तमान सन्दर्भमा अझ बढेर गएकामा जोड दिइएको छ । गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा प्रथम राष्ट्रपति डा रामवरण यादवले उहाँको योगदानको मूल्याङ्कन गर्दै संयुक्त राष्ट्र सङ्घले २ अक्टोबरलाई विश्व अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको सुनाए । “प्रकृतिलाई बचाएर अन्य काम गरिनु...
पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

पोखरा प्रिमियर लिगलाई आइसिसीको मान्यता

काठमाडौँ, २२ असोज । पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता दिएको छ । पिपिएल आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसिसीले आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पिपिएललाई मान्यता दिएको जानकारी दिनुभयो । आइसिसीको मान्यता पाएपछि अब पिपिएलको आयोजक...
योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

काठमाडौँ, २२ असोज । राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्यविधि तयार गरेको हो । कार्यविधिभित्र मुख्यरुपमा किसानका वर्गीकरण, परिचयपत्र वितरण...
अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह

अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह

बेइजिङ, २२ असोज । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न आग्रह गर्नुभएको छ । चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो । बेइजिङमा अमेरिकी विदेशमन्त्री र चिनीया विदेशमन्त्रीबीच भएको वार्तामा दुवै नेताबीच एकअर्काका नीतिमाथि कडा आरोप–प्रत्यारोप भएको बताइएको छ ।...
दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

काठमाडौँ, २२ असोज । दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि देशभर जुन सवारी जहाँसुकै जान पाउने गरी ‘रुट परमिट’ खारेज गर्ने घोषणा गरिसकेको छ । वर्ष दिनसम्म विभिन्न पेशा व्यवसायमा संलग्न भई राजधानीलगायत ठूला शहरमा बसेका मानिस राष्ट्रिय पर्व मनाउन घर जाने त...
भोजपुरका बाइस वडामा अलैँची जोन कार्यक्रम

भोजपुरका बाइस वडामा अलैँची जोन कार्यक्रम

भोजपुर, २२ असोज । जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले आयोजना गरेको सो छलफलमा भोजपुर नगरपालिकाको वडा नं १ र २ हेलौउछा, ३ गुप्तेश्वर, ४ सिद्धेश्वर, ५ बोखिम, आठ पोखरे, ९ काफ्ले, १० भैँसीपङ्खा र वडा नं ११ आम...
निर्मला हत्याकाण्ड: दुई प्रहरी निलम्वनमा

निर्मला हत्याकाण्ड: दुई प्रहरी निलम्वनमा

काठमाडौँ, २२ असोज । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहर...
error: Content is protected !!