काठमाडौँ, २४ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् ।

Advertisement

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ क्लबमा अनुबन्धित भएका विमलले सोही क्लबबाट कप्तानको भूमिकासहित आज ‘ए’ डिभिजन लिगमा डेब्यु गर्ने क्लबले जनाएको छ ।

विमललाई लिन अन्य क्लबले प्रयास गरे पनि अन्तिममा विमल च्यासल गएका थिए । च्यासल युथ क्लबले आज लिगको पहिलो खेलमा मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।“राष्ट्रिय फुटबल टोलीका स्टार विमलले कप्तानको जिम्मेवारीसहित शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने तय भएको छ”–क्लबका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले भन्नुभयो । चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् ।

विमलले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए । एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो । राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!