पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर

पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर

काठमाडौँ, १६ कात्तिक । उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन वटा प्रतिवेदन तयार भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । शहर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता र स्थलगत प्रतिवेदन तयार भएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले राससलाई जानका...
सानेपामा काङ्ग्रेसको चियापान शुरु

सानेपामा काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ । चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरिरहनुभएको छ । हरेक वर्ष विजया दशमीक...
कास्मिरमा भाजपा नेताको हत्या

कास्मिरमा भाजपा नेताको हत्या

श्रीनगर, कास्मिर, १६ कात्तिक । अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ । “गएराति बन्दुकधारीहरुले घरतर्फ जाँदै गर्दा भाजपाका प्रदेश सचिव अनिल परि...
वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड

वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड

काठमाडौँ, १६ कात्तिक । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वायु प्रदूषण तथा स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा भएको प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा ...
जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

टोकियो, १६ कात्तिक । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत वि...
बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

चौतारा, १६ कात्तिक । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी ९१४० फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्म...
सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

पशुपतिनगर, १६ कात्तिक । सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट द...
पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

भक्तपुर, १६ कात्तिक । पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिक...
काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडे...
धनकुटाका तत्कालिन स्वास्थ्य प्रमुख सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

धनकुटाका तत्कालिन स्वास्थ्य प्रमुख सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

धनकुटा, १६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालिन प्रमुख भानुभक्त येङ्देन सहित चार जना कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । येङ्देन सहित लेखा अधिकृत दहलमान राई, स्टोर किपर हरीकुमार पोख्रेल र तत्कालिन खोप सुपरभाइजर प्रकाश अधिकारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जनाईएको छ । येङ्देन र राईले पोख्रेल र अ...
तिहारका लागि आठ करोडको तास आयात

तिहारका लागि आठ करोडको तास आयात

काठमाडौं, १६ कात्तिक । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।, आजको नागरिक दैनिकमा ...
स्थायी राजधानीका लागि धनकुटा सहित चार स्थानको नाम अगाडी: मन्त्री कार्की

स्थायी राजधानीका लागि धनकुटा सहित चार स्थानको नाम अगाडी: मन्त्री कार्की

धनकुटा, १६ कात्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ को स्थायी राजधानीका लागि चार वटा संभाव्य स्थान रहेको खुलासा गरेका छन् । पछिल्लो समय विभिन्न स्थानमा राजधानी रहने चर्चा तथा हल्ला भइरहेको अवस्थामा मन्त्री कार्कीले धनकुटा, धरान, इटहरी र विराटनगर मुख्य संभाव्य स्थल रहेको बताए । धनकुटामा आयोजित पत्रकार भेलामा उनले सो कुरा बताएका हुन् । ‘बढी चर्चामा रहेको र स...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारतीय अवरोध

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारतीय अवरोध

पोखरा, १६ कात्तिक । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ। बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ । अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेकाे छ। जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस...
आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय विशेषज्ञ चिकित्सालय बनाउन माग

काठमाडौँ, १६ कात्तिक । नरदेवीस्थित नेपालको सबैभन्दा पुरानो आयुर्वेद चिकित्साकलयलाई ‘आयुर्वेदको केन्द्रीय विशेषज्ञ चिकित्सालय’ बनाउन माग गरिएको छ । चिकित्सालय स्थापना भएको १०१ वर्ष पूरा भइसकेको छ । विसं १९७४ वैशाख महीनामा चार शय्याबाट सेवा शुरु भएको सो चिकित्सालयले हाल ११८ शय्या सञ्चालनमा ल्याएको छ । आयुर्वेद चिकित्सा उपचारको महत्वबारे अझै पनि आम जनतामा कम चेतना भएकाले त्यहाँ सेवा लिन जाने बिराम...
निर्मला हत्याका सय दिन : निर्मलाका बुवा भन्छन्- ‘सरकारले उल्टै पीडा दियो’

निर्मला हत्याका सय दिन : निर्मलाका बुवा भन्छन्- ‘सरकारले उल्टै पीडा दियो’

महेन्द्रनगर,१६ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ। ‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत डीएसपी क...
टेलिफोन फ्रड: ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

टेलिफोन फ्रड: ‘नचिनेको विदेशी नम्बरबाट फोन आए कलब्याक नगर्नु’

काठमाडौँ, १६ कात्तिक । तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै नेपालीको उजुरी प्रहरी कार्यालयमा आउने गथ्र्यौ । अहिले यस्ता सन्देशका कारण ठगिने नेपाली नगण्य छन् तर, पछिल्लो समय अन्तर्राष्ट्रिय ठगहरुले नयाँ उपाय अपनाउन थालेका छन् । त्यो हो फोन ठगी टेलिफोन फ्रड । यो ठगीमा पीडित बन्न कुनै खातामा रकम जम्मा गर्नु पर्दैन,...
खडेरीले तेह्रथुममा ३० हजार हेक्टर जग्गा बाँझै, ४ हजार किसानलाई राहत वितरण

खडेरीले तेह्रथुममा ३० हजार हेक्टर जग्गा बाँझै, ४ हजार किसानलाई राहत वितरण

तेह्रथुम । सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमिन बाँझो भएको छ । वर्षा हुने दरमा बर्सेनि उतारचडाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका छैनन् । वर्षामा समेत पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका छन् । जिल्लाको ३० हजार ६ सय ८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको छ । जिल्लाको औल क्षेत्रमा पनि पर्याप्त वर्षा भएन । पानी नपर्दा किसानले हिउँदे बाली लगाउन नपाएको छथर ...
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतार भ्रमण उपलब्धिमूलक

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतार भ्रमण उपलब्धिमूलक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले स्वागत गर्नुभयो । ...
चिनी छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

चिनी छानबिन प्रतिवेदन थन्क्याइयो, लेखा समितिमाथि नै शंका

काठमाडौँ, १६ कात्तिक । चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको छ । दसैं, तिहार र सभापतिको विदेश भ्रमण देखाउँदै समितिको बैठक नबस्दा प्रतिवेदन थन्किएर बसेको हो । समितिले चिनीबारे अध्ययन गर्न पूर्ववाणिज्य तथा अपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । यसले मन्त्रिपरिष...
सङ्घीयता कार्यान्वयनको जिम्मेवारी काङ्ग्रेसको काँधमा : डा. कोइराला

सङ्घीयता कार्यान्वयनको जिम्मेवारी काङ्ग्रेसको काँधमा : डा. कोइराला

विराटनगर, १५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयन गर्ने जिम्मेवारी काङ्ग्रेसको काँधमा आएको बताएका छन । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ६ द्वारा आज बुढिगङ्गा गाँउपालिकामा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने चाहना काङ्ग्रेसका पनि रहको बताउँदै तर वर्तमान सरकार जनभावनाअ...
लगानीकर्तालाई भ्रममा नपर्न धितोपत्र बोर्डको आग्रह

लगानीकर्तालाई भ्रममा नपर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौँ, १५ कात्तिक । नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई कुनै पनि भ्रमममा नपर्न आग्रह गरेको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई भ्रममा नपरी सुझबुझपूर्ण ढङ्गले लगानी गर्न ध्यानाकर्षण गराएको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिमा बजार हल्लाका भरमा नभई आधारभूत तथा प्राविधिक विश्लेषणसहित सुझबुझपूर्ण तवरले शेयर बजारमा लगानी गर्न सुझाव दिएको हो । चालू आर्थिक वर्षको बजेटमार्फत मूल्...
मनाङ मस्र्याङ्दी क्लब गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा

मनाङ मस्र्याङ्दी क्लब गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौँ, १५ कात्तिक । मनाङ मस्याङ्दी क्लब भारतको सिक्किममा जारी गभनर्स गोल्ड कप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । सिक्किमको ग्यान्टोकस्थित पाल्चोर रङ्गशालामा आज भएको खेलमा कोलकाता एटिके क्लबलाई ६–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ फाइनल पुगेको हो । मनाङको जितमा डोना थापाले ह्याट्रिक गरेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ र विमल बस्नेतले एक/एक गोल गरेका थिए । खेलको शुरुआतदेख...
नेपाल आइजिएफ शुक्रबारदेखि हुने

नेपाल आइजिएफ शुक्रबारदेखि हुने

काठमाडौँ, १५ कात्तिक । इन्टरनेट प्रविधिसँग सम्बन्धीत बहुपक्षीय सरोकारवालाको दुईदिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । सरकार, निजी क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हरेक ...
महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

महाराष्ट्रमा स्वाइन फ्लुबाट मर्नेको संख्या ३०२ पुग्यो

पुणे, महाराष्ट्र, भारत । भारतको महाराष्ट्र राज्यमा यसवर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राज्यमा यसवर्षको हालसम्म ३०२ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ । अस्पतालम...
काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई जानकारी दिए  । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्...
साफ यू–१५ फुटबल: पाकिस्तान र बङ्गलादेश फाइनलमा

साफ यू–१५ फुटबल: पाकिस्तान र बङ्गलादेश फाइनलमा

काठमाडौँ, १५ कात्तिक । बङ्गलादेश र पाकिस्तान साफ यू–१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा आज भएको पहिलो सेमिफाइनलमा अघिल्लो संस्करणको विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै बङ्गलादेश फाइनल पुगेको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा भारत पराजित भएको हो । खेलको १७ औँ मिनेटमा पट्रेहर्स हैलेसले गोल गर्दै भारतलाई अग्र...
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईयो

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईयो

धनकुटा, १५ कात्तिक । जिल्लाको साँगुरिगढी ८ मा रहेको भुमिस्वर प्राथमिक विधालयमा ५ वर्षमुनिका बालबालिकालाई भिटामिन “ए”  क्याप्सुल र जुकाको औषधी खुवाईएको छ। ६ महिनादेखि ५ वर्ष सम्मकालाई भिटामिन “ए” क्याप्सुल र १ वर्ष देखि ५ वर्ष सम्मका बालबालिकालाई जुकाको औषधी खुवाईएको विद्यालयका प्रधानाध्यापक मंगलसिंह राईले बताए। साँगुरिगढी ८ खुँडी स्वास्थ्य चौकी अन्तर्गत विद्यालयका १४ जना र समुदायका १६ बालबालिक...
शिक्षक–कर्मचारीको सामाजिक सञ्जाल निगरानी गर्दै शिक्षा मन्त्रालय

शिक्षक–कर्मचारीको सामाजिक सञ्जाल निगरानी गर्दै शिक्षा मन्त्रालय

काठमाडौँ, १५ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारीको सामाजिक सञ्जाल र मोबाइल फोन दुरुपयोग नियन्त्रणका लागि मार्गनिर्देशन जारी गरेको छ । ‘सामाजिक सञ्जाल र मोबाइलको फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५’ जारी गर्दै मन्त्रालयले सामाजिक सञ्जालको बढोत्तरीसँगै सार्वजनिक सेवा प्रवाहका कामकारवाहीबारे नकारात्मक टीकाटिप्पणी रोक्न कानूनी प्रबन्ध गरेको हो । सामाजि...
भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु

भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु

बुटवल, १५ कात्तिक । फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ । तिहारका लागि आवश्यक पर्ने फूल तथा माला तयार गर्न उहाँ सँगसँग व्यावसायिक फूल खेतीमा लागेका अन्य महिलाहरु बिहानदेखि दिनभरि नै ब्यस्त रहनुहुन्छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १६ मधवलियामा जग्गा भा...
चिसो बढेसँगै सोलुखुम्बुमा न्यानो कपडाको व्यापार बढ्यो

चिसो बढेसँगै सोलुखुम्बुमा न्यानो कपडाको व्यापार बढ्यो

सोलुखुम्बु, १५ कात्तिक । जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङम...
राष्ट्रिय परिचयपत्र छाप्न शुरु

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

काठमाडौँ, १५ कात्तिक । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र वितरण गर...
error: Content is protected !!