सोलुखुम्बु, १५ कात्तिक । जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् ।

कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले बताए । सल्लेरी बजारमा न्यानो कपडा किन्नेको भीड बढेको ‘न्यू ए वान टेलरिङ सेन्टर’ सञ्चालक विश्राम हिङमाङले बताए। “ज्याकेटको माग अत्यधिक आएको छ,” उनले भने, “हामीलाई भ्याइनभ्याई छ ।”

Advertisement

माग बढेपनि ज्याकेट बनाउने जनशक्तिको अभाव छ । “काम गर्ने जनशक्ति कम हुँदा माग अनुसार ज्याकेट उत्पादन गर्न सकिएको छैन,” दर्जीले भने । सोलुखुम्बु वस्त्रालयका सञ्चालक राजन भुसाल आदेश अनुसार ज्याकेट बनाउँदा ग्राहकलाई सस्तो पर्ने बताउछन । दैनिक ज्याकेटको व्यापारमा वृद्धि हुँदै गएको भुसालले बताए ।

“अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले व्यापारमा वृद्धि भएको छ,” उनले भने । जाडो चाँडै शुरु भएका कारण न्यानो कपडा किन्नेको सङ्ख्या बढेको हो । व्यापारी रमेश बस्नेत जाडोको यामअघि दैनिक रु २० हजारको व्यापार हुने गरेकामा अहिले रु ३० हजारदेखि रु ३५ हजारसम्मको कारोवार हुने गरेको बताउछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!