तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

तेह्रथुम अस्पताललाई ५० शय्या बनाइने

तेह्रथुम, १७ कात्तिक । तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख विनियोजन गरिएको बताए । सङ्घीय संरचना अनुरुप प्रदेश नं १ ...
शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त कार्यालयले वि...
आधिकारिक निकायलाई पत्तै नदिइ विश्वकप ट्रफी नेपालमा

आधिकारिक निकायलाई पत्तै नदिइ विश्वकप ट्रफी नेपालमा

काठमाडौँ, १७ कात्तिक । अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो। ट्रफी चार दिन नेपालमा रह्यो। अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकपअघि संसारव्यापी क्रिकेटको माहोल तयार पार्न ट्रफी नेपाल ल्याइएको थियो। ट्रफीलाई राष्ट्रपति भवन पुर्‍याइयो। राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले ट्रफी उचालेर तस्विर पनि खिचाइन्। ट्रफी नेपाल घुमाएर फिर्ता लगिसकिएक...
बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’

बैङ्किङ क्षेत्रमा ‘विद्युतीय हस्ताक्षर’

काठमाडौँ, १७ कात्तिक । विद्युतीय माध्यमबाट हुने कारोवारलाई सुरक्षित, भरपर्दो र विश्वासनीय बनाउने उद्देश्यले सरकारले ‘विद्युतीय हस्ताक्षर’ लाई तीव्रता दिन थालेकोे छ । सरकारी तथा निजी कार्यालयमासमेत विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रमाणीकरण नियन्त्रणको कार्यालयले बैंकिङ क्षेत्रका सरोकारवालासँग छलफलसमेत गरेको छ । विद्युतीय हस्ताक्षरले मान्यता प्राप्त...
हजारौं आप्रवासीलाई गोली हान्न ट्रम्पको आदेश

हजारौं आप्रवासीलाई गोली हान्न ट्रम्पको आदेश

वासिङटन, १७ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाक्षेत्र हुँदै अमेरिका छिर्दै गरेका आप्रवासीहरुलाई गोली चलानउ सुझाव दिएका छन् । ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोरबाट मेक्सिको हुँदै अमेरिका छिर्न प्रयासरत ५ हजार भन्दा बढी आप्रवासीहरुलाई गोली चलाउन आदेश दिएका हुन् । आप्रवासीहरुले सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेको अवस्थामा उनीहरुमाथि गोली चलाउन ट्रम्पले आदेश दिएका छन् । अह...
कम्युनिष्ट पार्टीका प्रवक्ताले गृहमन्त्रीलार्इ ‘जय नेपाल’ भनेपछि

कम्युनिष्ट पार्टीका प्रवक्ताले गृहमन्त्रीलार्इ ‘जय नेपाल’ भनेपछि

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘जय नेपाल’ शब्दले स्वागत गरे। कार्यक्रमबाट विदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो सम्बोधन गरेका हुन्। त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने, ‘यस्ता कार्यक्रमहरूले सहमति, सह...
स्थापित ९ महिनामै विस्थापित

स्थापित ९ महिनामै विस्थापित

काठमाडौं, १७ कात्तिक । प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्। संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् ।, आजको...
प्रदेश नं १ मा १४ औलो रोगी

प्रदेश नं १ मा १४ औलो रोगी

दमक, १७ कात्तिक । झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले औलो रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ । अन्तरक्रियामा उक्त रोगसम्ब...
तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो

तिब्बती शरणार्थीलाई भारत निष्कासन रोकियो

काठमाडौँ, १७ कात्तिक । चीनबाट भागेर नेपाल आउने तिब्बती शरणार्थीलाई गृह मन्त्रालयले भारत निष्कासन रोकेको छ । विगतमा कानुनविपरीत तिब्बती शरणार्थीलाई सरकारले भारतमा निष्कासन गर्दै आएको थियो । तर, करिब चार महिनायता गृहमन्त्री रामबहादुर थापाले यस्तो प्रक्रिया रोकेका छन् । अध्यागमनसम्बन्धी कानुनमा अवैध रूपमा नेपाल प्रवेश गर्ने तथा बस्ने व्यक्तिलाई सम्बन्धित देशमै निष्कासन गर्ने प्रावधान छ । शरणार्थीलाई...
चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

चीनद्वारा अमेरिकालाई ‘प्रबिधिको गोप्य चोरीबारे तथ्य’ दिन चूनौति

बेइजिङ, १६ कात्तिक । चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गरेको आरोप लगाउनुभएको थियो । बिहीबार अम...
माथिल्लो तामाकोशीमा लगानीकर्ताको आर्कषण

माथिल्लो तामाकोशीमा लगानीकर्ताको आर्कषण

काठमाडौँ, १६ कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि रु एक अ...
नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने

नयाँशक्तिले एक महीने जनजागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ, १६ कात्तिक । नयाँशक्ति पार्टी नेपालले नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्रबारे जानकारी गराउन एक महीने पूर्वपश्चिम जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । बुधबार र बिहीबार चलेको पार्टीको १५औँ सङ्घीय बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संयोजक डा बाबुराम भट्टराईले आगामी माघ १५ देखि फागुन १५ गतेसम्म पाँचथरको चिवाभञ्ज्याङबाट बैतडीको झुलाघाटसम्मको एक हजार ७६५ किलोमिटर ला...
काङ्ग्रेसको चियापान: सहमतीय राजनीतिको आवश्यकतामा जोड

काङ्ग्रेसको चियापान: सहमतीय राजनीतिको आवश्यकतामा जोड

काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिनुभएको छ । काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल...
नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने

काठमाडौँ, १६ कात्तिक । नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ । पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन ...
दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

काठमाडौँ, १६ कात्तिक । पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा...
नयाँ पर्यटकीय गन्तव्यको सूचीमा इलामको माइपोखरी

नयाँ पर्यटकीय गन्तव्यको सूचीमा इलामको माइपोखरी

पशुपतिनगर, इलाम, १६ कात्तिक । सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माइपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको हो । माइपोखरीलाई छनोट गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बत...
स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कालो सूचीमा राखिने

काठमाडौँ, १६ कात्तिक । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका कर्जा नतिर्नेलाई कानूनी कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । कोषले आज पत्रकार सम्मेलनको आयोजना गरी भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्नेलगायत कानूनी कारवाही गर्ने तयारी गरेको छ । कोषको भाखा नाघेको कर्जा उठन बाँकी रु २७ करोड ...
संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुने

संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुने

विराटनगर, १६ कात्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु हँदैन भने । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारल...
पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर

पाँच वर्षमा राजधानीका चार कुनामा सुविधायुक्त शहर

काठमाडौँ, १६ कात्तिक । उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन वटा प्रतिवेदन तयार भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । शहर निर्माणका लागि प्रारम्भिक सम्भाव्यता र स्थलगत प्रतिवेदन तयार भएको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले राससलाई जानका...
सानेपामा काङ्ग्रेसको चियापान शुरु

सानेपामा काङ्ग्रेसको चियापान शुरु

काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा शुरु भएको छ । चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरिरहनुभएको छ । हरेक वर्ष विजया दशमीक...
कास्मिरमा भाजपा नेताको हत्या

कास्मिरमा भाजपा नेताको हत्या

श्रीनगर, कास्मिर, १६ कात्तिक । अपरिचित बन्दुकधारीले बिहीबार राति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का स्थानीय नेता अनिल परिहर र उहाँका भाइको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरुले किस्तवार भन्ने ठाउँमा रहेको परिहर निवासमा गोली प्रहार गरेका थिए । घटनास्थल कास्मिरको राजधानी श्रीनगरदेखि २१७ किलोमिटर दक्षिणतर्फ पर्दछ । “गएराति बन्दुकधारीहरुले घरतर्फ जाँदै गर्दा भाजपाका प्रदेश सचिव अनिल परि...
वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड

वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड

काठमाडौँ, १६ कात्तिक । नेपालले वायु प्रदूषण घटाउन औद्योगिक राष्ट्र बढी क्रियाशील हुनुपर्नेमा जोड दिँदै त्यसका लागि ती राष्ट्रले वित्तीय सहायता बढाउनुपर्ने आवश्यकता औँल्याएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वायु प्रदूषण तथा स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा भएको प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै अल्पविकसित, भूपरिवेष्टित विकासोन्मुख तथा ...
जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

जापान सरकारले विदेशी कामदार लिने विधेयक स्वीकृत ग¥यो

टोकियो, १६ कात्तिक । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ । श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ । उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ । विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत वि...
बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

बाह्रबिसे–तातोपानी सडक पुनःनिर्माणको तयारी

चौतारा, १६ कात्तिक । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि बन्द भई सुनसान रहेको चीनसँगको एकमात्र तातोपानी नाका झण्डै साढे तीन वर्षपछि खुल्ने सङ्केत मिलेपछि त्यस क्षेत्रमा चहलपहल बढ्न थालेको छ । भूकम्प र विसं २०७३ असारको बाढीले बस्ती तथा सडक क्षतविक्षत भई पैदल हिँडनसमेत कठिनाइ परेको अवस्थामा चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी ९१४० फोर्टिन व्यूरो सिआरसिसीले हालै तातोपानी बजारदेखि लिपिङ खोलासम्म...
सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य

पशुपतिनगर, १६ कात्तिक । सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट द...
पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

पाठेघरको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी शुरु

भक्तपुर, १६ कात्तिक । पाठेघरको मुखको क्यान्सरसम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेलले बिहीबार सम्मेलन शुभारम्भ गर्दै क्यान्सर रोग जटिल प्रकृतिको रोग भएकाले यसको सहज र सरल उपचारका लागि सरकारले सहुलियत प्रदान गरिरहे पनि त्यसलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । क्यान्सर रोगको सहज उपचारका लागि नयाँ उपचार पद्धतिक...
काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काठमाडौँ, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गर्न लागिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडे...
धनकुटाका तत्कालिन स्वास्थ्य प्रमुख सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

धनकुटाका तत्कालिन स्वास्थ्य प्रमुख सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

धनकुटा, १६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका तत्कालिन प्रमुख भानुभक्त येङ्देन सहित चार जना कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । येङ्देन सहित लेखा अधिकृत दहलमान राई, स्टोर किपर हरीकुमार पोख्रेल र तत्कालिन खोप सुपरभाइजर प्रकाश अधिकारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको जनाईएको छ । येङ्देन र राईले पोख्रेल र अ...
तिहारका लागि आठ करोडको तास आयात

तिहारका लागि आठ करोडको तास आयात

काठमाडौं, १६ कात्तिक । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ।, आजको नागरिक दैनिकमा ...
स्थायी राजधानीका लागि धनकुटा सहित चार स्थानको नाम अगाडी: मन्त्री कार्की

स्थायी राजधानीका लागि धनकुटा सहित चार स्थानको नाम अगाडी: मन्त्री कार्की

धनकुटा, १६ कात्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ को स्थायी राजधानीका लागि चार वटा संभाव्य स्थान रहेको खुलासा गरेका छन् । पछिल्लो समय विभिन्न स्थानमा राजधानी रहने चर्चा तथा हल्ला भइरहेको अवस्थामा मन्त्री कार्कीले धनकुटा, धरान, इटहरी र विराटनगर मुख्य संभाव्य स्थल रहेको बताए । धनकुटामा आयोजित पत्रकार भेलामा उनले सो कुरा बताएका हुन् । ‘बढी चर्चामा रहेको र स...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारतीय अवरोध

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भारतीय अवरोध

पोखरा, १६ कात्तिक । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ। बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ । अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेकाे छ। जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस...
error: Content is protected !!