ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

ट्रकको ठक्करबाट १५ जनाको मृत्यु

बेइजिङ, १८ कात्तिक । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ । चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो । घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्...
कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

काठमाडौँ, १८ कात्तिक । निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ । केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उनले भने, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।” कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभि...
दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

दुई खर्ब ६० अर्ब राजश्व सङ्कलन

काठमाडौँ, १८ कात्तिक । सरकारले कूल लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजश्व सङ्कलन गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्म रु दुई खर्ब ६० अर्ब ६८ करोड २६ लाख बराबरको राजश्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सो परिमाणको राजश्व सङ्कलन भएको हो । सरकारले चालू आवमा रु नौ खर्ब ४५ अर्ब ५५ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । भन्सार विन्दुमा गरेको सुधार तथा आन्तरिक रा...
नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

कुश्मा, १८ कात्तिक । पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं कोटी होमको आयोजना गरी शिव पार्वतीको मूर्ति निर्माण गरिने भएको हो । सो मूर्ति न्यूनतम् ५१ फिट अग्लो बनाइने प्रारम्भिक विवरणमा उल्लेख छ । थप अध्ययन गरेर एशियाकै लामो हुने गरी मूर्ति बनाइने मेला...
वाम बुद्धिजीवी तुलाधर रहनुभएन

वाम बुद्धिजीवी तुलाधर रहनुभएन

काठमाडौँ, १८ कात्तिक । बाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले  राससलाई  जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नु एका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुल...
इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

लन्डन, १८ कात्तिक । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन् । विश्वमै ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाले विश्व बजारलाई स्थिर राख्न पहल नगरे बजारमा तेलको मूल्यवृद्धि हुनेछ । इनर्जी आस्पेक्टमा आबद्ध विज्ञ रिकार्डो फाबियानीले अर्को साता स...
मेलम्चीको काम तीव्र गतिमा

मेलम्चीको काम तीव्र गतिमा

काठमाडौँ, १८ कात्तिक । मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ । आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताउनुभयो । ‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘‘पहिले दैनिक एक सय मिटर...
वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन

वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन

पर्सा, १८ कात्तिक । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीनामा वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा रु पाँच अर्ब ४३ करोड बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको साउनदेखि असोजसम्मका लागि कार्यालयले रु ३७ अर्ब ७५ करोड ३२ लाख लक्ष्य पाएकामा रु ४३ अर्ब १९ करोड १७ लाख राजश्व सङ्कलन गर्न सफल भएको छ । सङ्कलित राजश्व लक्ष्यभन्दा १३ प्रतिशत बढी रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल खत्र...
सर्वाधिक लागतमा बनेको बलिउडको बहुप्रतिक्षित फिल्म ‘२.०’ नोभम्वर २९ बाट प्रदर्शनमा आउने

सर्वाधिक लागतमा बनेको बलिउडको बहुप्रतिक्षित फिल्म ‘२.०’ नोभम्वर २९ बाट प्रदर्शनमा आउने

काठमाडौँ । रजनीकान्त, अक्षय कुमार अभिनीत फिल्म ‘२.०’ को प्रदर्शन मिति तय भएको छ। । विभिन्न कारणले पटकपटक सर्दै आएको फिल्म आउँदो नोभम्वर २९ मा प्रदर्शनमा आउने भएको छ। सुरुमा अप्रिलमा प्रदर्शनमा आउने भनिएको उक्त फिल्मको मिति अगस्टमा सरेको थियो। तर, अक्षयको ‘गोल्ड’ पनि अगस्टमै आउने पक्का भएपछि ‘२.०’ को प्रदर्शन मिति अन्तत: नोभेम्वरका लागि तय गरिएको हो। अहिलेसम्म निर्माण भएका बलिउड फिल्ममध्ये सर्व...
विधान र उमेरहदबारे विवाद हुँदा नेविसङ्घको महाधिवेशन अन्योलमा

विधान र उमेरहदबारे विवाद हुँदा नेविसङ्घको महाधिवेशन अन्योलमा

काठमाडौँ, १८ कात्तिक । नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो । नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिव...
नोबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर (भिडियोसहित)

नोबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर (भिडियोसहित)

बिराटनगर, १८ कात्तिक । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको...
पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

चिप्लेढुङ्गा, १८ कात्तिक । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् । प्रतियोगितामा सहभागिताका लागि...
सीमामा उजाड बन्दै नेपाल, हराभरा हुँदै भारत

सीमामा उजाड बन्दै नेपाल, हराभरा हुँदै भारत

चारराते, पाँचथर, १८ कात्तिक । नेपाल–भारत सिमाना चाररातेबाट नेपालतर्फ हेर्दा रूखहरु मासिएको चिल्लो डाँडा देखिन्छ। फाट्टफुट्ट रूखबाहेक भुइँमा मसिना झार मात्र देखिन्छन् । भएका केही रूखहरू पनि केही वर्ष मात्र टिक्लान् जस्तो देखिन्छ । कहाँ हराए यहाँका हरिया रूख र बहुमूल्य जडीबुटी भनेर यहाँ आउनेले यस्तै प्रश्न गर्छन्। फेरि भारततर्फ हेरियो भने एकदम हरियाली देखिन्छ। झांगिएका रूखै रूखले भरिएका छन्। जिल...
स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

मकवानपुर, १८ कात्तिक । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । राजनीति गर्ने मान्छेलाई पद पाउनु र गुमाउनु ठूलो कुरा नभएको भन्दै स्थापितले मुख्यमन्त्री पौडेलकको कदमविरुद्ध पार्टी र प्रदेशसभामा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । शनिबार नागरिककर्मीसँग कुरा गर्दै स्थापितले आफूले विकासका काम गर्न थाले...
३७ किलो चरेस बाेक्ने जनप्रतिनिधिसहित तीन पक्राउ

३७ किलो चरेस बाेक्ने जनप्रतिनिधिसहित तीन पक्राउ

बुटवल, १८ कात्तिक । रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राती करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी ...
नेकपा नेता कोही सरकारको बचाउमा, कोही विरोधमा

नेकपा नेता कोही सरकारको बचाउमा, कोही विरोधमा

काठमाडौँ, १८ कात्तिक । ‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ। अब मौसम फेरिएको छ, सरकारले २,४ गियरमा मात्रै होइन, उडान नै भर्नेवाला छ। यसमा विश्वस्त हुनुस्।’ –पुष्पकमल दाहाल, अध्यक्ष नेकपा। ‘चुनाव घोषणापत्र बनाउने संयोजक म आफैं थिएँ। तर यो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा त्यसको केही आएन। दुईतिहाइको बहुमतले कसैकसैलाई दम्भ छ, त्यो दम्भले काम गर्दैन। मेलमिलापमै जानुपर्छ।’ –वामदेव गौतम, सच...
सरकारबारे नकारात्मक टिप्पणी गरेमा शिक्षक र कर्मचारीलार्इ कारबाही

सरकारबारे नकारात्मक टिप्पणी गरेमा शिक्षक र कर्मचारीलार्इ कारबाही

काठमाडौँ, १८ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका कर्मचारी तथा शिक्षकहरुलाई सरकारको नकारात्मक टिप्पणी गर्न निषेध गरेको छ। सामाजिक सञ्जाल तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन, २०७५ जारी गरी सरकारका नीति, राजनीतिक दलका नेता, विशिष्ट व्यक्तिहरुको नकारात्मक टिप्पणी गर्न रोक लगाएको हो। मार्गनिर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत कारर्यरत कर्मचारीहरु, विद्यालय तथा विश...
भारत हुँदै बाहिर जान नो अब्जेक्सन सर्टिफिकेट चाहिने

भारत हुँदै बाहिर जान नो अब्जेक्सन सर्टिफिकेट चाहिने

काठमाडौँ, १८ कात्तिक । भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने भएको छ । नेपाली महिलालाई अवैध रुपमा खाडी जान रोक्ने उदेश्यले दुई देशको सहमतिमा करिब डेढ बर्षअघि एनओसीको नीति लागु गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सस्ती भएको छ ।, आ...
स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू

स्थापित बर्खास्तीपछि प्रदेश ३ मा मन्त्री बन्न दौडधुप सुरू

हेटौंडा, १८ कात्तिक । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेकाे भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् । मन्त्रालयको काम आफैले गर्ने र भौतिक पूर्वाधार विकासका कामको गति बढाएर मात्र नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन...
प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

प्याराग्लाइडिङ विश्वकप प्रतियोगितामा कोरिया पहिलो, नेपाल पाँचौँ

स्याङ्जा, १७ कत्तिक । स्याङ्जाको भिरकोट नगरपालिका वडा नं ५ महापुर स्वरेक मैदानमा सञ्चालित प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा आज भएको प्रतिस्पर्धामा कोरियाली खेलाडीले आफ्नो वर्चस्व जमाउन सफल भएका छन् । अन्य देशका खेलाडीलाई पछि पार्दै एकल र समूह गतका साथै महिला विधामा समेत कोरियाली खेलाडीले आज भएको खेलमा अग्रता लिँदै आफ्नो वर्चस्व जमाउन सफल भएका हुन् । एकलतर्फ १० अङ्क प्राप्त गरी कोरिय...
अबको कार्यभार नेपाली विशेषतासहितको समाजवादः नेता खनाल

अबको कार्यभार नेपाली विशेषतासहितको समाजवादः नेता खनाल

बलेवा, १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली विशेषतासहितको समाजवाद निर्माणको काम थाल्नुपर्नेमा जोड दिएका छन । नेकपा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने “नेपालको संविधान २०७२ ले नेपालमा समाजवादको कल्पना गरेकाले अबको कार्यभार नेपाली विशेषतासहितको समाजवाद निर्माण हुनुपर्छ ।” नेता खनालले...
धनकुटाका सुजलको गोलमा मनाङ मस्र्याङ्दीले जित्यो गभर्नस गोल्डकपको उपाधि

धनकुटाका सुजलको गोलमा मनाङ मस्र्याङ्दीले जित्यो गभर्नस गोल्डकपको उपाधि

धनकुटा, १७ कात्तिक । धनकुटाका सुजल श्रेष्ठको एकमात्र निर्णायक गोलको सहायतामा मनाङ मस्र्याङ्दी क्लबले भारतको सिक्किममा सञ्चालित गभनर्स गोल्ड कप फुटबलको उपाधि जितेको छ । सिक्किमको पाल्जोर रङ्गशालामा शनिवार भएको फाइनलमा रेड आर्मी क्लब भारतलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै मनाङले उपाधि माथि कब्जा जमाएको हो । मनाङको जितमा धनकुटाका सुजलले एकमात्र निर्णायक गोल गरेका थिए । धनकुटाको हुलाकटोलका ...
बङ्गलादेशलाई साफ यू–१५ फुटबलको उपाधि

बङ्गलादेशलाई साफ यू–१५ फुटबलको उपाधि

काठमाडौँ, १७ कात्तिक । चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा मैदान सातदोबाटोमा आज भएको फाइनल खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक/एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा बङ्गलादे...
पशुपतिनगरमा नेपाल र भारतका सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेस्क’

पशुपतिनगरमा नेपाल र भारतका सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेस्क’

पशुपतिनगर, १७ कात्तिक । पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ । नेपाली सीमा सुरक्षा पोष्ट पशुपतिनगर र भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रको नेपाल भारत दुवै क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका समयमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र दुवै देशका नागरि...
साफ यू–१५ : नेपाल चौथो स्थानमा

साफ यू–१५ : नेपाल चौथो स्थानमा

काठमाडौँ, १७ कात्तिक । साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो । पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि परेका नेपाल दोस्रो हाफमा सुधारिएको प्रदर्शन त गरें, त...
चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

चार्जिङ स्टेशन बनाउन निजी क्षेत्र तयार

काठमाडौँ, १७ कात्तिक । सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहेको बेला निजी क्षेत्रले समेत त्यसमा चासो व्यक्त गरेको छ । तत्कालै नीतिगत व्यवस्था भए चार्जिङ स्टेशन बनाउन आफूहरु तयार रहेको निजी क्षेत्रको भनाइ छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले सरकारले वातावरण बनाइदिए आफूहरु आगामी ६ महिनाभित्रै चार्जिङ स्टेशन जडान गरी सञ्चालनमा ल्याउने स्पष्ट पारेको छ । इपानका अध्यक्ष ...
चार वर्षभित्र मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिने

चार वर्षभित्र मुलुकका सबै बस्ती सडक सञ्जालसँग जोडिने

बर्दिवास, १७ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षभित्र मुलुकका कुनै बस्ती सडक नपुगेको नहुने बताउनुभएको छ । महोत्तरी निर्वाचन क्षेत्र नं. १ स्थित विभिन्न ठाउँका विकास निर्माण कार्यको संयुक्तरुपमा अनुगमन निरीक्षण गरेपछि आज भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा आयोजित समारोहमा उहाँहरुले भन्नुभयो, “चार वर्षभित...
पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु: सभापति देउवा

पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छु: सभापति देउवा

काठमाडौँ, १७ कात्तिक । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताउनुभएको छ । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाडौँ महानगरपालिका–४ कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको निर्वाचनपछि काङ्ग्रेसले अपेक्षित मत परिणाम ल्याउन नसके पन...
स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता शुरु

स्याङ्जामा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता शुरु

स्याङ्जा, १७ कात्तिक । स्याङ्जाको स्वरेक मैदानमा नेपालमै पहिलो पटक आयोजना गरिएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता सन् २०१८ ले विश्वका खेलाडीको ध्यान तानेको छ । भीरकोट नगरपालिका–५ महापुर स्वरेक मैदानबाट उडाएर वालिङ नगरपालिका–११ डौवाफाँटमा अवतरण गर्ने व्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एड्भेन्चर क्लब स्याङ्जाको आयोजना र जिल्ला समन्...
रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

रोजगार बोर्ड स्थापनाको एक दशकः ज्यान गुमाएका व्यक्तिका परिवारलाई डेढ अर्ब भुक्तानी

काठमाडौँ, १७ कात्तिक । वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्दै आएको विप्रेषण (रेमिट्यान्स) का माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्यका साथ स्थापना भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आजदेखि दशौँ वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि खुला गरिएको ११० गन्तव्य मुलुकमा श्रम गरिरहेका बेला ज्यान जानेलगायत भवितव्य परी ज्यान गुमाएका छ हजार ७९० मृतकका परिवारलाई बीमा र...
हिलेमा एक व्यक्तिको हत्या

हिलेमा एक व्यक्तिको हत्या

धनकुटा, १७ कात्तिक । धनकुटा नगरपालिका–१ हिलेमा गएराति एक ब्यक्तिको हत्या भएको छ । सुनसरीको इटहरीका करिव ३५ वर्षीय रामबाबु चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । तिहारको अवसरमा हिलेमा लागेको मेलामा आएका चौधरीको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्र गुरुङले संगालोखबरलाई जानकारी दिए । कसले र किन हत्या गरेको भन्ने खुल्न सकेको छैन । घटनाको ...
error: Content is protected !!