काठमाडौँ, १७ कात्तिक । अघिल्लो शुक्रबार आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोतियोगिताको ट्रफी नेपाल भ्रमणमा ल्याइयो। ट्रफी चार दिन नेपालमा रह्यो। अर्को वर्ष आयोजना हुने एक दिवसीय विश्वकपअघि संसारव्यापी क्रिकेटको माहोल तयार पार्न ट्रफी नेपाल ल्याइएको थियो।

Advertisement

ट्रफीलाई राष्ट्रपति भवन पुर्‍याइयो। राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले ट्रफी उचालेर तस्विर पनि खिचाइन्। ट्रफी नेपाल घुमाएर फिर्ता लगिसकिएको छ। तर, त्यसको आगमनबारे देशको कुनै पनि आधिकारिक निकायलाई जानकारी नगराइएको रहस्य खुलेको छ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् राखेप नेपाली खेलकुदका दुई नेतृत्वदायी निकाय हुन्। दुवै निकायले विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याइएकोबारे आफूहरूलाई कुनै जानकारी नगराइएको दाबी गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकले यो खबर छापेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!