मनकामना मन्दिर भक्तजनका लागि खुला

मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखा, १२ मङ्सिर । गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि ति...
अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

अरूको कम्पनी आफ्नो भनेर ठग्ने पक्राउ

विराटनगर, १२ मङ्सिर । मोरङ जिल्लाको लेटाङ गाउँपालिका–३ निवासी ५५ वर्षीय गुणराज ओझालाई ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । ठगी गर्ने व्यक्तिले विराटनगरमा तीन जनाको घर बहालमा लिई तमोर मेवा जलविद्युत् आयोजना पब्लिक लिमिटेडको म केन्द्रीय अध्यक्ष एवं प्रबन्धक हुँ भन्दै केही मानिसलाई विभिन्न पदमा करारमा नियुक्ति दिई २०७४ साल चैत १ गतेबाट कार्यालयमा उपस्थित गराउनुभएको थियो । ...
एपिएफलाई लगातार चौथो पटक उपाधि

एपिएफलाई लगातार चौथो पटक उपाधि

काठमाडौँ, १२ मङ्सिर । सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । एपिएफले तेस्रो, चौथो, पाँचौ र छैटौँ संस्कारमा...
केरा खेतीमा गभारो रोग फैलिएपछि इलामका किसान चिन्तित

केरा खेतीमा गभारो रोग फैलिएपछि इलामका किसान चिन्तित

पशुपतिनगर, १२ मङ्सिर । इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताउनुभयो । माई नगरपालिका, च...
मकवानपुरमा अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

मकवानपुरमा अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा, १२ मङ्सिर । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो । कार्यालयबाट प्राप्त विवरणअनुसार जिल्लाबाट छुट्टाछुट्टै तीन वटा समूहमा खट...
दैलेख जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

दैलेख जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु

दुल्लु, १२ मङ्सिर । दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा ठा...
श्रम स्वीकृतिका लागि टोकन प्रणाली

श्रम स्वीकृतिका लागि टोकन प्रणाली

काठमाडौँ, १२ मङ्सिर । वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ । यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिनुभयो । रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै ...
अलैँचीमा गुणस्तर खोजी शुरु

अलैँचीमा गुणस्तर खोजी शुरु

तेह्रथुम, १२ मङ्सिर । मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो तर अलैँची राम्रो नसुकेको भन्दै पुनः राम्ररी सुकाएर ल्याउन भनेपछि उहाँ चकित पर्नुभयो । विगतमा यसैगरी सुकाएर लाखौँको ‘कालो सुन’ कारोवार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस पनि उठेको थियो । “पहिले यस्तै अलैँची व्यापारीले ख...
नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

नोबेलको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार (भिडियोसहित)

मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिव...
‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

‘एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको’

काठमाडौँ। एउटा दीयो बल्दैछ आशाको, एउटा सूर्य उदाउँदै छ भरोसाको, एउटा युगको अन्त्य हुँदैछ अन्धकारको, एउटा युगको शुरु हुँदैछ उत्साहको, एउटा उत्सव मनाउँदैछ देशले सामाजिक सुरक्षाको । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले माथिको कवितात्मक हरफ बाचन गर्ने बित्तिकै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ समारोहमा सहभागी सरकारी प्रतिनिधि, उद्यमी, व्यवसायी, श्रमिकलगायत हजा...
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी, १२ मङ्सिर। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नं को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि उ...
अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

काठमाडौँ, १२ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन्। उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषद्लाई समेत थाहा नदिई यो काम गरेका हुन्। प्रदेश ३ को नीति तथा योजना आयोगले १५ वर्षे पूर्वाधार योजना बनाउँदै छ। यो काममा अस्टे«लियाको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (डीएफएटी) को पैसा खर्च भइरहेको छ। उसले एसिया फाउन्डेसन...
प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस

प्रधानन्यायाधीशमा जोशी फेरि सिफारिस

काठमाडौँ, १२ मंसिर । संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो । ‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई तीन वर्ष काम गरेका दुईजनाको नाम संवैधानिक परिषद्मा पठाइएको छ,’ न्यायपरिषद्का प्रवक्ता रामेश्वर रेग्मीले भने ...
नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि

नेविसङ्घको १२औँ महाधिवेशन पुस २८ देखि

काठमाडौँ ११ मङ्सिर । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताउनुभयो । कार्यतालिकाअनुसार मङ्सिर २२ गत...
भाइको हत्या अभियोगमा दाजु पक्राउ

भाइको हत्या अभियोगमा दाजु पक्राउ

बेत्रावती, ११ मङ्सिर । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए । बल...
सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रम ओली

सामाजिक सुरक्षा दिवस नयाँ युगको शुरुआत : प्रम ओली

काठमाडौँ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् । पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । आजको दिनबाट सरकारले हुँदाखाने र हुनेखाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको प्रधानमन्त्...
डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

डेढ करोडमा किनेको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन

काठमाडौँ, ११ मंसिर । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो । पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उज...
छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

छुट्टाछुट्टै अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, ११ मङ्सिर । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत विकलाई पक्राउ गरेको छ । विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले ती बालिकालाई घरमै लगेर जबर्जस्ती करणी गरेका थिए । यस्तै डाँका मुद्दामा जिल्ला अदालतबाट ६ वर्ष कैद तथा रु दुई हजार ३०० जरिवाना ठहर भएका मेरिङ्देन गाउँपालिका–२ का ३५...
आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु

काठमाडौँ, ११ मंसिर । सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् । सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् । पहिलो चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्...
निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

निर्मला पन्तका बुबालाई ‘साईकोटिक डिस्अर्डर’

काठमाडौँ, ११ मंसिर । निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ । उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।  आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यो समाचार छ ।
कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

कीर्तिपुरमा भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ । भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौैं भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ...
तमोर भ्यालीले सप्ताहव्यापी रजत जयन्ती मनाउँदै

तमोर भ्यालीले सप्ताहव्यापी रजत जयन्ती मनाउँदै

धनकुटा, १० मंसिर । धनकुटाको तमोर भ्याली सेकेण्डरी बोर्डिङ्ग स्कुलले रजत जयन्ती तथा आठौं फणिन्द्र लुइँटेल स्मृति दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । स्कुल स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउँन सात दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको हो । गत आईतवारदेखि आगामी शनिवारसम्म बिभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाउँन लागिएको विद्यालयका प्रद्यानाध्यापक दुर्गा लुइँटेलले...
योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

योगदानमा आधारित सामाजिक सुरक्षा: गर्भदेखि मृत्युपर्यन्त सुविधा

काठमाडौँ, १० मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ । कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सु...
अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

अश्लील सामग्री नियन्त्रण गर्न पाँच लाख कार्यालय स्थापना

बेइजिङ, १० मङ्सिर । अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ । त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ । हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले ...
दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रम

दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्न सकिन्छः प्रम

काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छ । उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने । उनले भने, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृ...
नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

नाछिरिङ राई भाषाको वर्ण निर्धारण गर्ने तयारी

खोटाङ, १० मङ्सिर । नाछिरिङ राई भाषाको वर्ण निर्धारणको काम थालिएको छ । पूर्वी नेपालमा बसोबास गरिरहेका नाछिरिङ राईको भाषा संरक्षण, पाठ्यक्रम निर्माण एवम् पाठ्यपुस्तक प्रकाशनलगायत प्रयोजनका लागि स्वर वर्ण र व्यञ्जन वर्ण निर्धारणको काम थालिएको हो । किरात रदु नाछिरिङ साखाम (केन्द्र)को पहलमा विभिन्न आठ जिल्लाका नाछिरिङ समुदायका पुर्खालाई सुनसरीको धरानमा भेला गरेर वर्ण निर्धारणको काम थालिएको किरात रदु ...
दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

दक्षिण एशियाली क्षेत्रीय ब्याडमिन्टन मङ्गलबारदेखि

काठमाडौँ, १० मङ्सिर । दोस्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मङ्गलबारदेखि शुरु हुने भएको छ । ब्याडमिन्टन एशियाको विकास कार्यक्रमअन्तर्गत हुने च्याम्पियनशिपमा नेपाललगायत भारत, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन सङ्घका सचिव नवीनविक्रम शाहले जानकारी दिए । नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा हुने च्याम्पियनशिपमा नेपालका महिला चार र पुरुष च...
एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

काठमाडौँ, १० मङ्सिर । एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता सासेक अन्तर्गतको शहरी खानेपानी आपूर्ति र सरसफाई परियोजनाका लागि १३ करोड अमेरिकी डलर र ऊर्जा प्रणाली विस्तार परियोजनाका लागि दुई करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । विकास सहायता...
काठमाडौँको फर्निचर उद्योगमा आगलागी, ६ करोड बराबरको क्षति

काठमाडौँको फर्निचर उद्योगमा आगलागी, ६ करोड बराबरको क्षति

काठमाडौँ, १० मङ्सिर । युएन पार्क नजीकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ । आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए । उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा वि...
पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

काठमाडौँ, १० मङ्सिर । जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् । सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा आज कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय ...
क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा

क्यालिफोर्नियाको डढेलो नियन्त्रणमा

लस एन्जेलस, १० मङ्सिर । क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् । ‘क्याम्प फायर’ का कारण गत नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको छ । डढेलो नियन्त्रणमा आएको भनिएता पनि अझै दुईसय ९६ व्यक्ति बेपत्ता छन् । य...
error: Content is protected !!