बेइजिङ, १० मङ्सिर । अश्लील सामग्री तथा गैरकानूनी प्रकाशन नियन्त्रण गर्न चीनमा पाँच लाख १० हजार भन्दा बढी कार्यालय स्थापना गरिएको छ ।

त्यस्ता कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा स्थापना गरिएको अश्लीलता नियन्त्रण गर्ने सम्वन्धी कार्यालयले जनाएको छ ।

Advertisement

हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गरी सामाजिक सांस्कृतिक वातावरणलाई स्वच्छ बनाइराख्न ती कार्यालयहरूले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले बताएका छन् ।

चालु बर्ष २०१८ को पहिलो तीन त्रैमासिकमा अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन अघिल्लो बर्षको सोही अवधिको तुलनामा यस बर्ष झण्डै १० प्रतिशतले वृद्धि भएको छ । यसरी वृद्धि हुनेमा झेजिआङ, जीआङसु, क्वाङतोङ, बेइजिङ र साङ्घाइलगायतका प्रदेश रहेको छ ।

कार्यस्थलमा स्वयमसेवकहरुलाई खटाइएको र उनीहरुसँग युवादेखि वृद्धवृद्धासम्मले यसबारेमा कुराकानी तथा छलफल गर्ने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!