विराटनगर, १२ मङ्सिर । मोरङ जिल्लाको लेटाङ गाउँपालिका–३ निवासी ५५ वर्षीय गुणराज ओझालाई ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ ।

ठगी गर्ने व्यक्तिले विराटनगरमा तीन जनाको घर बहालमा लिई तमोर मेवा जलविद्युत् आयोजना पब्लिक लिमिटेडको म केन्द्रीय अध्यक्ष एवं प्रबन्धक हुँ भन्दै केही मानिसलाई विभिन्न पदमा करारमा नियुक्ति दिई २०७४ साल चैत १ गतेबाट कार्यालयमा उपस्थित गराउनुभएको थियो । भर्ना भएका कर्मचारीलाई सरकारको तलब स्केल, खाजा खर्च र ५० प्रतिशत भत्तासमेत दिने भनेर प्रलोभनमा पारेका थिए ।

Advertisement

कार्यालयमा हाजिर भएर काम गर्दै आएका कर्मचारीलाई यो नयाँ कार्यालय हो मलाई कार्यालय सञ्चालन गर्न समस्या छ केही रकम सहयोग गर्नु भन्दै १५ जनाबाट रु चार लाख ९१ हजार सापटी लिएको र तलब पनि नदिएको कारण खुलाई गोविन्द भगतसहित १५ जनाको जाहेरीका आधारमा प्रहरीले ओझालाई गरेको हो । निजले अन्य व्यक्तिको नाममा दर्ता भएका कम्पनी आफ्नो हो भनेर ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!