काठमाडौँ, १२ मंसिर । संसदीय सुनुवाइ समितिले यसअघि अस्वीकृत गरेका दीपकराज जोशीको नाम न्यायपरिषद्ले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा सिफारिस गरेको छ । न्यायपरिषद्ले जोशीसँगै न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम पनि सिफारिस गरेको हो ।

Advertisement

‘प्रधानन्यायाधीशका लागि स्थायी न्यायाधीश भई तीन वर्ष काम गरेका दुईजनाको नाम संवैधानिक परिषद्मा पठाइएको छ,’ न्यायपरिषद्का प्रवक्ता रामेश्वर रेग्मीले भने । सिफारिसमा रोलक्रमअनुसार वरिष्ठतम् न्यायाधीश जोशीकै नाम अगाडि राखिएको छ । तर, कैफियतमा भने उनी यसअघि संसदीय सुनुवाइमा अस्वीकृत भएको पनि उल्लेख गरिएको छ ।, आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

यसअघि नेकपाकै सांसदहरूको पहलमा जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको थियो । तर, अहिले नेकपाकै नेता भानुभक्त ढकाल कानुनमन्त्री छन् । उनी न्यायपरिषद्का सदस्यसमेत हुन् । स्रोतका अनुसार कानुनका विद्यार्थीसमेत रहेका ढकाललाई जोशीले ल क्याम्पसमा पढाएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!