छ विमानस्थलमा रात्रिकालीन उडान

छ विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौँ, २४ पुस ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्रीय हबक...
दुई वर्षमा पनि मतगणना भएन

दुई वर्षमा पनि मतगणना भएन

वालिङ, २४ पुस । वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन । विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचन पछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो । “मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भन्नुभयो, “म...
धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटामा ट्राफिक सचेतनाका लागि राखियो टेलिभिजन

धनकुटा, २४ पुस । सडक प्रयोगकर्ताहरुलाई ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग सम्बन्धि श्रब्यदृष्य मार्फत जानकारी गराउँन धनकुटाको मदनचौकमा एलईडी टेलिभिजन राखिएको छ । मदनचौक स्थित नगरपालिकाको व्यापारिक भवनको भित्तामा राखिएको टेलिभिजनको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले उद्घाटन गरेका छन् । माछापुच्छ्रे बैंक धनकुटा शाखा र धनकुटा नगरपालिका ५ नम्बर वडा कार्यालयको सहयो...
अमरगढीमा चौथो पटक आगलागी

अमरगढीमा चौथो पटक आगलागी

अमरगढी, २३ पुस । डडेल्धुरा सदरमुकाममा आइतबार राति भीषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका–५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति १२ बजे आगलागी हुँदा नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गए रातिसहित चौथो पटक आगलागी भएपछि व्यापारी सशङ्कित भएका छन् । आगो लगाउने एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर...
खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

खड्कासहित चार जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभ...
बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

ललितपुर, २३ पुस । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् । परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू के...
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी शुरु

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी शुरु

काठमाडौँ, २३ पुस ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले जानकारी गराउनुभयो । उहाँका अनुसार स्ववियु निर्वाचनको पूर्वतयारीका लागि देशभरका आङ्गिक र सामुदायिक क्याम्पसलाई परिपत्र पठाउँदै निर्देशन दिइसकिएक...
एघार कर्मचारीलाई कारागार सजाय

एघार कर्मचारीलाई कारागार सजाय

बाँके, २३ पुस ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महीनाको कारागार सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुलाई तीन महीनाको कारागार सजाय तोकिएको हो । कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई ज...
त्रिशूलीमा खस्दा एकको मृत्यु

त्रिशूलीमा खस्दा एकको मृत्यु

भरतपुर, २३ पुस ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार साँझ बिग्रेपछि सबै यात्रुसँगै आगो तापिरहेका कुशवाहा अचानक कालीखोलाको भिरबाट त्र...
कपडा उद्योगमा आगलागी

कपडा उद्योगमा आगलागी

उर्लाबारी, २३ पुस ।  मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योग सञ्चालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेशिन, कटिङ मेशिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पङ्खा, इन्भर्टर, कम्प्युटर, टिभी, फर्निचरका सामान जलेर नष्ट ...
टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

टेलिकमलाई प्रतिस्पर्धी र व्यावसायिक बनाइने

काठमाडौँ, २३ पुस ।  नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्ली अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । सरकारले हालैमात्र खुला प्रतिस्पर्धाबाट अधिकारीलाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । टेलिकमको मुख्यालय भद्रकाली प्लाजामा आज कर्मचारीले उहाँको स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रबन्ध निर्देशक अधिकारीले व्यावसायिक संस्थाका रुपमा टेलिकमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ...
सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

सर्वोच्चद्वारा चौधरीलाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको...
आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

आयल निगमका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइए...
वाइड बडी विमान खरीद प्रकरण संलग्न दोषीलाई कारवाही गर्न निर्देशन

वाइड बडी विमान खरीद प्रकरण संलग्न दोषीलाई कारवाही गर्न निर्देशन

काठमाडौँ, २३ पुस ।  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले उपसमितिले बुझाएको प्रतिवेदनलाई संशोधन गर्दै खरीद प्रक्रियामा मुख्य भूमिका निर्वाह गर्ने पदाधिकारीलाई तत्काल निलम्बन गरी कारवाहीका गर्न निर्द...
सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा अझै दुई हजार २०७ थान छन् । नेपालको संविधानले उक्त अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था गरे पनि पर्याप्त न्यायाधीश अभावका कारण अझै पनि पाँच वर्ष नाघेका मुद्दा किनारा लाग्न सकेको छैन । सर्वोच्च अदालतमा जम्मा मुद्दा २२ हजार रहेकामा यही पुस १ गतेसम्म पाँच वर्ष नाघेका दुई हजार २०७ तथा तीन वर्ष नाघेका मुद्दा पाँच हजार ६०० ...
कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

वासिङटन, २३ पुस ।  संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्काे चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन । अर्काे बैठक गर...
गौतमबुद्ध विमानस्थल ६० प्रतिशत निर्माण सकियो, दोस्रो चरणको धमाधम

गौतमबुद्ध विमानस्थल ६० प्रतिशत निर्माण सकियो, दोस्रो चरणको धमाधम

काठमाडौँ, २३ पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । बाँकी रहेको ४० प्रतिशत काम सम्पन्न गरी आगामी साउनको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी गरिएको छ । धावनमार्गको कालोपत्रको काम सम्पन्न भएपछि विमानस्थलको भौतिक निर्माण प्रगति ७५ प्रतिशत माथि पुग्नेछ । आगामी दुई महीनाभित्र कालोपत्रको काम सकिने आयोजनाले जनाएको छ । ...
शेयर बजारमा सुधार

शेयर बजारमा सुधार

काठमाडौँ, २३ पुस ।  धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड ...
लागुऔषध र नगदसहित तीन पक्राउ

लागुऔषध र नगदसहित तीन पक्राउ

काठमाडौँ, २३ पुस ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी...
माइक्रोबसको ठक्करबाट एकको मृत्यु, चार घाइते

माइक्रोबसको ठक्करबाट एकको मृत्यु, चार घाइते

काठमाडौँ, २३ पुस । सामाखुशीमा माइक्रोबसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दिउँसो ११ः४५ बजे चक्रपथ हुँदै बौद्ध जोरपाटी चल्ने बा१ज ९७६६ नंको माइक्रोको ठक्करबाट धूम्रबाराही बस्ने ५५ वर्षीय सीता दाहालको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते दाहालको उपचारका क्रममा अल नेप...
जुम्लामा ५० प्रतिशत बालविवाह

जुम्लामा ५० प्रतिशत बालविवाह

खलङ्गा, २३ पुस । जुम्लाका ग्रामीण बस्तीमा अहिलेसम्म करिव ५० प्रतिशतले बालविवाह गर्ने गरेका छन् आधिकारिक तथ्याङ्क उपलव्ध नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतले कानूनबमोजिम विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान बिपरित अझैसम्म परम्परा बमोजिम नै बालविवाह गर्ने गरेको सिञ्जा क्षेत्रका बासिन्दा बताउँछन् । कानूनी सुधारका लागि सरकारले नीतिगत तथा कानूनी प्रयास गरे पनि एकातर्फ परिवारले सानै उमेरमा व...
संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेख्न लगाइने

संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेख्न लगाइने

काठमाडौँ, २३ पुस । काठमाडौँ  महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे बताउनुभयो । “अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल देखियो”, उहाँले भ...
विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

काठमाडौँ, २३ पुस ।   संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको छ । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्...
कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

कलैया, २३ पुस । विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ । पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका सैनिक अधिकृतका लागि प्रतिविद्रोह तथा प्रति...
राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

  पथरी, २३ पुस ।  राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका विषयमा सहमति जुट्न नसक्दा र प्रदेश सरकारले प्रदेशसभालाई छलफलका विषयवस्तु उपलव्ध गराउन नस...
हावाबाट बिजुली झलमल

हावाबाट बिजुली झलमल

फिदिम, २३ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि ...
उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

कञ्चनपुर, २३ पुस । जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन । जन्मिँदादेखि दुई वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो । हाँस्थ्यो । तेस्रो वर्ष लागेपछि शरीर पूरै सुक्दै गयो । बोल्न छाड्यो । हिरादेवीले भन्नुभयो, “सामान्यरूपमा हिँड्न थाले पनि माटो...
आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम

आगलागीको जोखिम कम गर्न विपन्न आवास कार्यक्रम

राँझा, २३ पुस ।  बाँकेको नरैनापुर गाउँपालिकामा आगलागीको जोखिम न्यूनीकरण गर्न विपन्न आवास सहयोग कार्यक्रम शुरु भएको छ । फुसको छाना भएका कारण प्रत्येक वर्ष गर्मीयाममा नरैनापुरमा आगलागी भई बस्ती नै सखाप हुने गरेकाले फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाका १२५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिक...
पश्चिमी वायुको प्रभावले वर्षा

पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौँ, २३ पुस । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ । सोमबार दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्ष...
चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

नयाँदिल्ली, २२ पुस ।  भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो । आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थल...
हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हुम्ला, २३ पुस । आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रक...
error: Content is protected !!