काठमाडौँ, २२ फागुन । भौतिक पूर्वाधार निर्माणमा लगानी गरी देशको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले पूर्वाधार लगानी बैंक स्थापना भएको छ ।

Advertisement

चालीस अर्ब अधिकृत पूँजी र रु २० अर्ब जारी पूँजीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक आजदेखि सञ्चालन भएको हो । सर्वसाधारणको ४०, व्यक्तिगत ४.९९, सरकारको १०, ‘क’ वर्गका बैंकबाट २०.८९, बीमा कम्पनीको १८.९७ लगानीमा स्थापना भएको उक्त बैंकको अर्थमन्त्री डा युवराज खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उहाँले वर्तमान वित्तीय प्रणालीमा बैंकले परिपूरकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देश विकासका निम्ति अपरिहार्य दीर्घकालीन पूर्वाधार परियोजनामा पूँजी परिचालन गर्न सुझाउँदै नवीकरणीय ऊर्जा, जलविद्युत्, पर्यटन र शहरी पूर्वाधारमा लगानी गर्न आग्रह गर्नुभयो ।

एक दशकअघि रु दुई अर्ब पूँजी भएका बैंकको कोषमा रु सात अर्ब पुगेको तुलनात्मक विवरण प्रस्तुत गर्र्दै अर्थमन्त्रीेले निक्षेप सङ्लनमा नयाँ बैंकले प्रतिस्पर्धा नगरोस् भन्ने आफ्नो चाहना भएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिँदै उच्च आर्थिक वृद्धिदर हासिल गर्ने राज्यका लक्ष्य प्राप्तिमा सक्रिय रहन आग्रह गर्नुभयो । बैंकका अध्यक्ष अनुज अग्रवालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणालाई साकार पार्न दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!