राजविराज, २३ फागुन ।  हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट एक थान पानी तान्ने मोटर, एक थान साउन्ड बक्स र एक थान पङ्खा पनि बरामद गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो ।
विद्युत् ऐनअनुसार उनीहरुबाट रु १५ हजार ५०२ जरिवाना असुल गरी कारवाही गरेको पनि उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!