कपिलवस्तु,  २३ फागुन । कपिलवस्तुमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता घाइते भएका हुन् ।

Advertisement

जिल्लाको शिवराज नगरपालिका ९ मा घर खानतलासी गर्ने क्रममा भागेपछि प्रहरीले गोली चलाएको र सो गोली लागेर कार्यक्रता दुर्गाबहादुर रोका घाइते भएका हुन् । उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको र त्यहाँ उनको उपचार भइरहेको छ । उनको खुट्टामा गोली लागेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ । घटनाबारे थप जानकारी आएको छैन् । प्रहरीले अहिलेसम्म घटनाको पुष्टि गरिसकेको छैन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!