सडक दुर्घटनामा २२ वर्षीय युवाको मृत्यु

सडक दुर्घटनामा २२ वर्षीय युवाको मृत्यु

काठमाडौँ । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ । आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ ।
अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ : नेता खनाल

अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ : नेता खनाल

इलाम ।  नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताए । उनले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताए । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उनले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताए । ...
गाईजात्रा पर्व : ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने

गाईजात्रा पर्व : ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने

भक्तपुर । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो । भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थि...
दुर्घटनामा एक महिलासहित दुईको मृत्यु

दुर्घटनामा एक महिलासहित दुईको मृत्यु

लहान। सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित भित्री सडकमा गएराति मोटरसाइकलबाट लडेर स्थानीयवासी ६० वर्षीया सुर्जादेवी यादवको मृत्यु भएको हो । स ७ प ५७२४ नंको मोटरसाइकलबाट अचानक लडेर गम्भीर घाइते भएकी यादवको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, पानी तान्ने ...
समयमा उपचार नभएपछि सुत्केरीको मृत्यु

समयमा उपचार नभएपछि सुत्केरीको मृत्यु

डडेल्धुरा। डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पु¥याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन् । परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसक...
एउटै अण्डाबाट जन्मिए हाँसका जुम्ल्याहा चल्ला

एउटै अण्डाबाट जन्मिए हाँसका जुम्ल्याहा चल्ला

चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? क्यानडामा यो घटना भएको छ । क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ । क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दा त्यसमध्ये एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्कएका हुन् । जुम्ल्याहा चल्लाको नाम ...
उपप्रधानमन्त्री गच्छदारको बदमासीः निर्णय केरमेट गरेर आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस !

उपप्रधानमन्त्री गच्छदारको बदमासीः निर्णय केरमेट गरेर आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस !

काठमाडौं, २४ साउन। उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संसदीय समितिको निर्णय केरमेट गरेर संवैधानिक आयोग गठनसम्बन्धी विधेयक संसद्मा पेस गरेको खुलासा भएको छ । गच्छदारको बदमासी बाहिर आएपछि २५ साउनमा बस्ने संसद बैठकबाट पारित गर्ने तयारी गरिएको उक्त विधेयक कार्यसूचीबाट हटाइएको छ । सामाजिक न्याय तथा मानवअधिकार समितिमा विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमा ६ महिना लामो ...
२०७४ साउन २४ गते मंगलबारको राशिफल

२०७४ साउन २४ गते मंगलबारको राशिफल

मेष– प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ । वृष– काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । मिथुन– भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न ग...
एप्पलको सस्तो आइफोन ‘एसइ’ अब झनै उत्कृष्ट हुने, सबैभन्दा पहिले भारतमा आउने

एप्पलको सस्तो आइफोन ‘एसइ’ अब झनै उत्कृष्ट हुने, सबैभन्दा पहिले भारतमा आउने

अमेरिका। चार इन्च स्क्रिनमध्येकै सबैभन्दा ‘पावरफुल’ मानिएको आइफोन एसइ अब झनै उत्कृष्ट हुने भएको छ। एप्पलको सबैभन्दा सस्तो आइफोन एसइमा कम्पनीले आफ्नो पछिल्लो मोडल आइफोन ७ को प्रोसेसर राख्ने तयारी गरेको छ। डेलीमेलका अनुसार कम्पनीले एसइको नयाँ संस्करण ल्याउँदा पहिलेका तुलनामा धेरै गुणा ‘फास्ट’ बनाएर ल्याउने भएको खबर सार्वजनिक भएको छ। यसमा आइफोन ७ मा भएको ‘ए१०’ चिप प्रयोग गरिनेछ। यसको अपरेटिङ...
श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

पोखरा।  पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् । श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा रामबहादुर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ । खुकुरी प्रहार गर्ने गीतालाई प्...
पाँच टिपर काठ नियन्त्रणमा

पाँच टिपर काठ नियन्त्रणमा

लहान। प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ । मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको ना३ख ८७७५, बा४ख ६७८९, ना३ख ३४१६, ना३ख ८७१७ र ना५ख ९८६ नंको ५ वटा टिपरलाई गोलिया काठसहित नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्र यादवले जानक...
ठेकेदारको अटेरीका कारण कुलेखानी तेस्रो सधैँ समस्यामा

ठेकेदारको अटेरीका कारण कुलेखानी तेस्रो सधैँ समस्यामा

मकवानपुर । अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक पटक अप्ठ्यारोमा पार्नुहुन्छ ? होइन सर, हामी काम गर्दै छौँ । अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ । तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भनेका थिए किन पूरा भएन काम ? परिस्थिति त्यस्तै आइप¥यो हजुर अब त्यस्तो हुन्न । हामी समयमा नै काम सक्छौँ । लामो समयदेखि कुलेखानी तेस्रो जलवि...
चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु, स्वाइनफ्लुका १०० बिरामी भेटिए

चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु, स्वाइनफ्लुका १०० बिरामी भेटिए

रत्ननगर । चितवनमा स्क्रब टाइफसबाट एकजनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको साउन २२ गते आइतबार बिहान ११ बजे उपचारकै क्रममा मृत्यु भएको हो । यसअघि अघिल्ल...
ढुङ्गाको डाइनामिट (कविता)

ढुङ्गाको डाइनामिट (कविता)

म ढुङ्गेनी पहाडको लुङघ्रेङ् गाउमा जन्मिएको लुङबेका ! मेरो घर खेत बारी आँगन सबै ढुङ्गेनी पाखामा अडिएको छ ठिक अहिले यतिबेला पनि मेरो वरीपरी ढुङ्गै ढुङ्गा मात्र छ। वाभोलुङ मिबोकलुङ चेन्जेलुङ सेन्छेलुङ फक्ताङलुङ वदाक्लुङ खेदाक्लुङ यी अनेक ढुङगाहरुको बीचमा म उभीएको छु । म संग धेर जोडी नखोज म कबिता लेख्दा लेख्दै यी अनेक ढुङगाको अनगीन्ति डाइनामिट पड्किन सक्छु । सोच ! ...
आजको विनिमय दर : डलर एक सय २ रुपैयाँ

आजको विनिमय दर : डलर एक सय २ रुपैयाँ

काठमाडौं। नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय १ रुपैयाँ ४४ पैसा र विक्रिदर एक सय २ रुपैयाँ ४ पैसा रहेको छ । (यस्तो आजको विनिमय दर )
जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्छु

जग्गा खरिद प्रकरणमा अनियमित गर्नेलाई कारवाही गरेर छाड्छु

विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज विराटनगरमा उनको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टी (राजपा) लाई निर्वाचनमा सहभागी गराउन सक्यो भने सरकारका लागि ठूलो सफलता हुने बताए । उनले संविधानलाई सर्वस्वीकार्य बनाउन अघिल्लो सरकारले सुरु गरेका कार्यलाई निरन्तर...
‘देवसेना’ को प्रेममा ‘बाहुबली’ ?

‘देवसेना’ को प्रेममा ‘बाहुबली’ ?

मुम्बाई । बाहुबली सिरिजको हिट जोडी प्रभास (बाहुवली) र अनुष्का शेट्टी (देवसेना) बीच प्रेम सम्बन्धको खबर यतिबेला चर्चाको विषय बनेको छ । केही मिडियाहरुमा दुवैको प्रेमबारे समाचारहरु बाहिर आएको थियो भने उनीहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको समते बताइएको थियो ।लामो समयसम्म यस विषयमा दुवै मौन रहेका थिए । तर, अहिले आएर प्रभासले यो विषयमा बोलेका छन् । हालै मात्र एक अन्तर्वार्तामा उनले आफू अहिले विवा...
कपाल कालो बनाउने ८ घरेलु उपाय

कपाल कालो बनाउने ८ घरेलु उपाय

१.अमला अमला स्वास्थ्यका लागि मात्र उपयोगी नभई कपालको स्वास्थ्यका लागि पनि उपयोगी छ । यसको नियमित प्रयोगले सेतो कपालको समस्या समाधानमा सहयोग गर्छ । अमलामा मेहन्दी मिसाएर यसको घोललाई कपालमा लगाउनाले कन्डिसनिङको काम गर्छ । अमलालाई काटेर तातो नरिवलको तेलमा मिसाएर पनि लगाउन सकिन्छ । २. मरिच मरिचले भान्छामा स्वाद पनि बढाउँछ । यसको प्रयोग कपालमा पनि गर्न सकिन्छ। यसलाई लगाउनाले सेतो हुन आँटेको कपा...
इलाममा चिहानबाटै गहना चोरी

इलाममा चिहानबाटै गहना चोरी

इलाम। इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो । नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति...
झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

झापामा एकसाठ्ठी प्रतिशत मुद्दा फछ्र्यौट

भद्रपुर। जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा कुल दुई हजार ५८२ थान मुद्दा फछ्र्यौट गरेको छ । सो अवधिमा अदालतले दुई हजार ६४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा जिम्मेवारी सरेर आएका एक हजार ७१९ मुद्दा र नयाँ दर्ता दुई हजार ५०२ थान मुद्दा गरी कुल चार हजार २२१ थान मुद्दा रहेको जिल्ला अदालतका स्रेस्तादार इन्द्रकमल प्रधानले जानकारी दिए । अदालतले ६० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने ...
अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

बाजुरा। बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताए । आइतबार घर नजिकैको वनमा गाईगोरु चराउन गएका बेला अरिङ्गालले टोकेपछि घरेलु उपचारका क्रम स्वास्थ्य संस्था लैजान नपाउँदै मृत्यु भएको पाध्यायले जानकारी दिए । अरिङ्गालको टोकाइबाट अन्य दुईजना घाइते भएका छ...
भरतपुरमा नवनिर्वाचित प्रमुखको निर्णय : महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा

भरतपुरमा नवनिर्वाचित प्रमुखको निर्णय : महिला र ज्येष्ठ नागरिकलाई निःशुल्क बहिरंग सेवा

चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेका हुन् । प्रमुख दाहालले जिल्लाको सरकारी अस्पताल भरतपुरमा उपचारका लागि आउने महिला र ६० वर्ष नाघेका पुरुषको टिकट निःशुल्क गर्ने निर्णय गर्नुभएको हो । भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ५५ हजार बिरामीले बहिरंग सेवा...
धादिङमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

धादिङमा टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

धादिङ।  पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ । टिपर ठक्कर द...
मोरङमा ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोरङमा ब्याट्री चार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोरङ। मोरङको सुन्दरहरैचा नगरपलिका–४ बाँसबारीमा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका मोहन गुरुङको घरमा डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–१ का ४० वर्षीय प्रकाश थापा रहेका छन् । राति ११ बजे सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्...
माओवादीमा बहसः एकता कि विघटन ?

माओवादीमा बहसः एकता कि विघटन ?

काठमाडौं । ‘माओवादी एउटा आन्दोलन थियो, पार्टी मात्रै थिएन । हामीले बनाउने भनेको माओवादी हिजोको जस्तो थिएन ।पार्टीमा अहिले गुटबन्दी मौलाएको छ । जनतामा जाने गरी सामाजिकीकरण हुन सकेको छैन । नेतामुखी भइयो, नीतिमुखी त हुनै सकिएन ।हामी सच्चिनै नसक्ने अवस्थामा पुगिसकेका हौं भने पार्टी विघटन गरिदिऊँ, यतातिर पनि सोच्न सकिन्छ ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका जिल्ला इन्चार्जसहितका ने...
२०७४ साउन २३ गते सोमबारको राशिफल

२०७४ साउन २३ गते सोमबारको राशिफल

मेष– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। वृष– आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । मिथुन– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइद...
धनकुटामा कुकुर र विरालोको रोचक ‘फ्रेंडशिप डे’ (भिडियो)

धनकुटामा कुकुर र विरालोको रोचक ‘फ्रेंडशिप डे’ (भिडियो)

धनकुटा, २२ साउन । आईतबार मित्रता दिवस अर्थात ‘फ्रेंडशिप डे’ । धनकुटा–४ स्थित घलेगाउँमा आईतबार कुकुर बिरालोले रोचक तरिकाले ‘फ्रेंडशिप डे’ मनाएका छन । खगेन्द्र घिमिरेले कैद गर्नुभएको भिडियो हेर्नुहोस् ...
बन्द खुलेर गाडी गुड्न थालेपछि अरुण पूर्वको जनजीवन सामान्य बन्दै

बन्द खुलेर गाडी गुड्न थालेपछि अरुण पूर्वको जनजीवन सामान्य बन्दै

धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको बन्द खुलेको छ । बन्द खुलेर गाडी गुड्न थालेपछि जनजीवन सामान्य बन्दै गएको छ । बिहान ५ बजेदेखी सुरु भएको बन्द अपरान्ह ५ बजेबाट खुल्ला गरिएको राष्ट्रिय जनमुक्ति पार्टीका धनकुटा अध्यक्ष सविला मोक्तानले जानकारी दिए । बन्दले दिनभर जनजीवन प्रभावित भएको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारा...
धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा दिनभर यस्तो रह्यो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा आईतबार दिनभर बन्दको प्रभाव यस्तो रह्यो, भिडियो हेर्नुहोस् ... धनकुटा, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आवहन गरेको बन्दका कारण आईतबार दिनभर धनकुटासहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । बि.स. १८३१ साउन २२ गते पृथ्वीनारायण शाहले नेपाल एकीकरणको नाममा लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक बर्ष साउन २२ गतेलाई ‘कालो दिन’ को रुपमा बन्द गर्दै आए...
देशभरका कारागारको अवस्था दर्दनाक

देशभरका कारागारको अवस्था दर्दनाक

काठमाडौं, २२ साउन। सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालिलाग्दो अवस्था दर्शाएको छ । प्रायः जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ । अधिकांश जेलमा घामसमेत नछिर्ने अँध्यारा कोठा छन् । सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिति छ । बन्दीका लागि शौचालय, औषधोपचार, बन्दीलाई दिइने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ । बन्...
सप्तरीमा प्रहरीलाई लक्षित गरी कुकर बम विस्फोट,  प्रहरीको गाडीमा क्षति

सप्तरीमा प्रहरीलाई लक्षित गरी कुकर बम विस्फोट,  प्रहरीको गाडीमा क्षति

सप्तरी, २२ साउन । सप्तरीको सुरूङ्गा–६ मा गएराति प्रहरीको गाडीलाई लक्षित गरी कुकर बम बिष्फोट गराईएको छ । अज्ञात समुहले भित्री सडक खण्डमा राति करिव १० बजे गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट गराएको हो । सडकमा खाल्डो खनेर राखेको बम बिस्फोट हुँदा इलाका प्रहरी कार्यालय कडोरवानाबाट निस्केको गस्ती टोलीको गाडीमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेश ...
error: Content is protected !!