लहान, १७ कात्तिक । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

Advertisement

गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा। अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो।

सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मो। अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गत असोज २० गते पक्राउ गरिएका सेख र निजकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!