धरान, १७ कात्तिक । १४ अाैँ ललित अम्बर डिपो कप २०७४ आगामी मंसिरको दोस्रो सातामा हुने भएको छ ।सानै उमेरदेखि खेलकुदको विकास गर्दै भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना गर्दै आएको विद्यालय स्तभरीय प्रतियोगिता आगामी मंसिर ८ देखि १५ गतेसम्म हुन लागेको हो ।

Advertisement

आयोजक डिपो माविले शुक्रबार धरानमा पत्रकार सम्मेलनका आयोजना गरी डिपो प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

प्रा.वि स्तरीय प्रतियोगितामा सुनसरीका १६ वटा विद्यालयले प्रतिष्पर्धामा भाग लिने विद्यालयका प्राचार्य राजकुमार राईले बताउनुभयो ।

उहाले विद्यालय स्तरदेखि नै खेलकुद प्रतियोगिता आयोजना गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विगत १३ बर्षदेखि लगातार यो प्रतियोगिता आयोजना गदै आइरहेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

प्रतियोगितामा विजेता हुने टिमलाई नगद १० हजार, रनिङ्ग शिल्ट तथा प्रमाणपत्र प्रदान गरिने भएको छ भने दोस्रोे र तेस्रो हुने विद्यालयलाई क्रमश , ५ हजार, ३ हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने जानकारी गराइएको छ ।

त्यस्तै प्रतियोगितातामा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित हुने, सर्वाािधक गोलकर्ता र उदयीमान खेलाडीलाई समेत प्राेत्साहन स्वरुप पुरस्कारको व्यवस्था गरिएको समेत जानकारी गराइएको छ ।उक्त खेल डिपो माविको खेल मैदानमा हुने भएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!