विश्व क्रिकेट लिग : नेपालसामु जीतका लागि १ सय ९५ रनको लक्ष्य

विश्व क्रिकेट लिग : नेपालसामु जीतका लागि १ सय ९५ रनको लक्ष्य

काठमाडौँ, २७ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा हङकङले नेपाल सामु जीतका लागि १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङको मोङ हकमा रहेको टिन क्वाङ रोर्ड रिक्रिएसन मैदानमा जारी खेलमा नेपालले टस जितेर हङकङलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो । नेपालले शुरुवात पनि निकै उत्कृष्ट गर्यो । ३.४ ओभरमा हङकङलाई खाता खोल्न नदिई सुसन भारीले हङकङका ओपनर अन्सुमान राथलाई पभिलियनको बाटो ...
सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता

सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता

राजविराज, २७ असोज । करिब १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् । जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले बताउनुभयो । महेश राजविराजस्थित वल्र्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्दै आएका थ...
अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

अध्यक्ष थापा मकवानपुरबाट सर्वसम्मत उम्मेदवार

हेटौँडा, २७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिएका छन् । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले राससलाई जानकारी दिए ।
तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

तिहार र छठ पर्वलाई लक्षित गरेर पाँच करोडको स्याउ आयात

पथरी, मोरङ, २७ असोज । हिन्दूहरुको महान्पर्व तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले रु पाँच करोड रकम बराबरको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार पूर्वाञ्चलका लागि रु पाँच करोड मूल्य बराबरको ७५ ट्रक अर्थात् एक करोड ५० लाख काटुन स्याउ आयात गरिएको हो । एक ट्रकमा दुई हजार कार्टुन स्याउ आयात हुन्छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत विक्...
तिहारलाई १५ लाख माला आवश्यक, एउटाको मूल्य ७० रुपैयाँसम्म

तिहारलाई १५ लाख माला आवश्यक, एउटाको मूल्य ७० रुपैयाँसम्म

काठमाडौं, २७ असोज । हरेक तिहारमा मुलुकभर करिब १५ लाख थान माला खपत हुने नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार त्यसका लागि आवश्यक फूल जुटाउन व्यवसायी लागिपरेका छन् । ‘आन्तरिक उत्पादनलाई हेरेर विदेशबाट पनि आयात गर्ने तयारीमा छौं,’ उनले भने । करिब तीन लाख थान मालाका लागि फूल अपुग हुने एसोसिएसनको अनुमान छ । फूल आयात मूलतः भारतबाटै हुन्छ । श्रेष्ठका ...
जाजरकोटमा कर्मचारीले तलब पाएनन्

जाजरकोटमा कर्मचारीले तलब पाएनन्

जाजरको, २७ असोज । यहाँका गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीले तलब पाएका छैनन् । साउनदेखि अहिलेसम्मको तलब नपाएको कर्मचारीले बताएका छन् । जिल्लामा यस कार्यक्रमका छजना कर्मचारी रहेका छन् । अन्य जिल्लाका सबै कर्मचारीले दशैँको तलब, भत्ता बुझे तर आफूले भने तलबसम्म बुझ्न नपाएको छेडागाड नगरपालिकामा कार्यरत रामबहादुर बुढाले बताए । सम्बन्धित निकायलाई तलबका लागि अनुरोध गरेपनि तिहार मुखमा आउने समयसम्...
धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आन्दोलन 

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन आन्दोलन 

धनकुटा, २७ असोज । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँनका लागि जिल्लाबासीले आजबाट आन्दोलन थाल्ने भएका छन । हरेक हिसावले धनकुटानै राजधानीका लागि उपयुक्त भएपनि त्यसलाई वेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने सड्यन्त्र भईरहेको भन्दै जिल्लाबासी आन्दोलनमा उत्रन लागेका हुन । धनकुटामा बिहिबार बसेको सर्वपक्षीय बैठकले आन्दोलनलाई अघि बढाउँने निर्णय गरेको हो । आन्दोलनको पहिलो कार्यक्रम अन्र्तगत आज जुलु...
२०७४ असोज २७ गते शुक्रबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

२०७४ असोज २७ गते शुक्रबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्

वि.सं. २०७४ साल असोज २७ गते। शुक्रबार। इश्वी सन् २०१७ अक्टोबर १३ तारिख। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– अष्टमी, ७:५१ बजेदेखि नवमी २९:४१ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले...
देउवालाई ओली र प्रचण्डको चेतावनी-चुनावबाट भाग्ने बहाना नखोज्नुस्

देउवालाई ओली र प्रचण्डको चेतावनी-चुनावबाट भाग्ने बहाना नखोज्नुस्

काठमाडौं,२६ असोज । नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर चुनावबाट भाग्ने बहाना नखोज्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले बिहीबार प्रधानमन्त्री देउवालाई भेटेर निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद हेरफेर नगर्न समेत सुझाएका छन् । लामो समयदेखि प्रधानमन्त्रीले शीर्ष तहमा छलफल नगरेको तर, बाहिरबाहिर चुनावबाट भा...
सिन्धुली अस्पतालको सेवा : ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ’

सिन्धुली अस्पतालको सेवा : ‘काग कराउदै गर्छ पिना सुक्दै गर्छ’

सिन्धुली,२६ असोज । सिन्धुली सुनकोशी गाँउपालिकाकी रमिला तामाङ डेलिभरीको लागि दुईदिन पहिला जिल्ला अस्पतालमा भर्ना भईन् ।  सेतो पानी र रगत बग्ने समस्या भएपछि विरामी र आफन्त आत्तिन थाले । यस्तो भएको खण्डमा बच्चा र आमालाई जोखिम हुन्छ भन्ने कुराको बारेमा त्यही चिकित्सकहरुबाट जानकारी गराईन्छ । तर त्यो समयमा त्यहाँका नर्सहरुले यो सामान्य हो भन्दै थमौति दिए । बिरामीलाई झन गाह्रो हुँदै गएपछि रमिताको आफन...
दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

दलालले युएईमा अलपत्र पारेका २२ मध्ये १३ फर्काइए

युएई,२६ असोज । दलालले विमानस्थल सेटिङ गरी भिजिट भिषामा युएई ल्याएर अलपत्र पारेका २२ नेपालीमध्ये १३ जना बिहीबार नेपाल फर्किएका छन्। बिहीबार नेपाली दुताबास युएईले उनीहरुलाई फ्लाइ दुबईमार्फत मध्यान्ह १२ बजेको उडानबाट नेपाल पठाएको हो। युएईको अजमानमा २२ जना नेपाली अलपत्र परेको समाचार नागरीकन्युजमा प्रकाशित भएपछि उनीहरुलाई एनआरएन युएईले सहयोग गरी गत सोमबार नेपाली दुताबास अबुधाबी पुर्‍याएको थियो। दुई...
गाैचनकाे शवमाथि प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

गाैचनकाे शवमाथि प्रधानमन्त्री देउवाले राष्ट्रिय झण्डा ओढाए

काठमाडौं,२६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हिन्दू धर्म अनुसार पशुपति अार्यघाटमा अन्त्येष्ट्री गरिदैंछ । त्यसअघि अनामनगरस्थित नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय कार्यलयमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले शरदकुमार गौचनको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए । सोमबार नयाँ बानेश्वर प्रयाग मार्गस्थित खरिबोटमा अज्ञात समूहले गोली हा...
म बामपन्थी नहुनु भनेको देश र जनतालाई माया नगर्नु होः ओली

म बामपन्थी नहुनु भनेको देश र जनतालाई माया नगर्नु होः ओली

काठमाडौं,२६ असोज ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्य, निष्ठा, देश र जनतालाई माया गर्ने नै वामपन्थी भएको बताएका छन् ।  आफूलाई केहि विद्धानले  ओली वामपन्थी भएको भनि टिप्पणी गरेको  प्रति असहमति जनाउँदै  पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा  बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  उनले भने, ‘अहिले केहि विद्धानहरुले म  बामपन्थी हुन सक्दिनँ भनेर भनिरहेका छन्  सत्य, निष्ठा र  दे...
चिकित्सा शिक्षा विधेयक पेश गर्न नदिने एमाले र माओवादीको अडान

चिकित्सा शिक्षा विधेयक पेश गर्न नदिने एमाले र माओवादीको अडान

काठमाडौं,२६ असोज । चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार मात्र अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका छन् । जसमा १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने उ...
‘एमाले र माओवादी एउटै चिन्हमा चुनाव लड्ने सम्भावना कायमै’

‘एमाले र माओवादी एउटै चिन्हमा चुनाव लड्ने सम्भावना कायमै’

काठमाडौं,२६ असोज । एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादका व्याख्याता मानिन्छन्, स्थायी समिति सदस्य शंकर पोखरेल । पछिल्लो समय एमाले-माओवादी एकता प्रक्रिया चलेपछि उनी जबज मात्र होइन, माओवादीले चुनवाङ बैठकबाट पारित गरेको एक्काइसौं शताब्दीको जनवादको पनि व्याख्या गर्न थालेका छन् । दुई पार्टी एकताको आधार नै जबज र एक्काइसौं शताब्दीको जनवाद भएको बताउने उनी मुलुकको समृद्धिका लागि चिनियाँ मोडेल आवश...
देवघाटमा बाँदर आतङ्क,नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग

देवघाटमा बाँदर आतङ्क,नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग

चितवन,२६ असोज ।  पवित्र तीर्थस्थल देवघाटधाममा बाँदर आतङ्क बढेर गएपछि नियन्त्रणका लागि पहल गरिदिन सरकारसँग माग गरिएको छ । बाँदरले मानिसलाई आक्रमण गर्ने, खाइरहेका कुरा खोसेर लगिदिने, घरभित्र पसेर पकाएको तथा भण्डारण गरेको खाना खाद्यान्न खाइदिने, पसलबाट किनेर ल्याउँदै गर्दा बाटोबाटै खोसेर लैजाने जस्ता समस्या बढेर गएपछि स्थानीयवासीले हैरानी व्यहोर्दै आएका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ...
एउटै बाइकमा पाँच जना बाेकेर गुडेकाे माेटरसाइकल चालकलार्इ राेकेर ट्राफिकले कार्वाहीकाे सट्टा नमस्कार गरेर फर्काए

एउटै बाइकमा पाँच जना बाेकेर गुडेकाे माेटरसाइकल चालकलार्इ राेकेर ट्राफिकले कार्वाहीकाे सट्टा नमस्कार गरेर फर्काए

एजेन्सी,२६ असोज । भनिन्छ मोटरसाइकलको यात्रा निकै जोखिमयुक्त हुन्छ । त्यसैले मोटसाइकल चढ्दा धेरै नै सजकता अपनाउनुपर्छ । तर कतिपय अवस्थामा सडकमा एउटै मोटरसाइकलमा ४-५ जना ब्यक्ति सवार गरेका दृश्यहरु देख्न पाइन्छन् । १-२ जना चढ्दा त जोखिम हुने सवारीमा ५ जना चढेको अवस्थामा त्यो यात्रा कति सुरक्षीत होला ? यसैबिच भारतमा एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नमस्कार गर...
खुम्बुमा वेलायती पर्यटकको मृत्यु

खुम्बुमा वेलायती पर्यटकको मृत्यु

सोलुखुम्बु,२६ असोज । हाईअल्टिच्युडका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक वेलायती पर्यटकको ज्यान गएको छ। पर्यटकीय क्षेत्र खुम्बु– पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा वेलायती नागरिकको मृत्यु भएको हो। वर्ष ६३ का टेरेन्सी जोन गोस्टीलिङको बिहिबार बिहान कोठामा सुतीरहेको अवस्थामा ज्यान गएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। पासपोर्ट नम्ब...
काठमाडौंबाट हुने सबै आन्तरिक उडान ढिला, प्रतीक्षालयमा उभिने ठाउँ छैन

काठमाडौंबाट हुने सबै आन्तरिक उडान ढिला, प्रतीक्षालयमा उभिने ठाउँ छैन

काठमाडौं,२६ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको प्रतीक्षालयमा बिहीबार दिउँसो खचाखच छ। बस्ने ठाउँ अभाव हुँदा यात्रु उभिन बाध्य छन्।  काठमाडौं आधारित भएर उड्ने सबै आन्तरिक उडानहरु एकै पटक ढिलो हुँदा प्रतीक्षालयमा यात्रु भरिएका हुन्। सामान्यतः काठमाडौं विमानस्थलमा मौसमको गडबडी, पार्किङ अभाव एवं एयर ट्राफिकका कारण उडान डिले हुने गरेको छ। तर बिहीबार सफा मौसम र पार्किङ समस्य...
भारतीयविरुद्ध लडेर चर्चामा आएका देवनारायण यादव एमाले प्रवेश

भारतीयविरुद्ध लडेर चर्चामा आएका देवनारायण यादव एमाले प्रवेश

काठमाडौं,२६ असोज ।  गत वर्ष सप्तरीको तिलाठीमा नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा अाएका  देवनारायण यादव एमालेमा प्रवेश  गर्ने भएका छन् ।  उनी एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गर्न लागेका हुन् । उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएको बताइएको छ । यसैबीच मेघराज नेपाली नेतृत्वको मधेस समता पार्टी  आज एमालेमा एकीकृत हुँदैछ...
भागबण्डामा कुरा नमिलेपछि एमालेले बोलायो स्थायी समिति बैठक

भागबण्डामा कुरा नमिलेपछि एमालेले बोलायो स्थायी समिति बैठक

काठमाडौं,२६ असोज । बाम गठबन्धनमा रहेका राजनीतिक दलहरुवीच निर्वाचन क्षेत्र बाँडफाँडमा सकस परेपछि नेकपा एमालेले बिहीबार स्थायी समिति बैठक बोलाएको छ । एमालेले दिउँसो २ बजे बोलाएको स्थायी समिति बैठकमा गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाडमा अहिलेसम्म भएका  मागदावीका विषयमा थप छलफल गर्ने बताइएको छ । एमालेले स्थायी समिति बैठक बोलाएपछि आजका लागि बोलाइएको गठबन्धनको बैठक नै स्थगित गरिएको छ । बुधबार बसेको...
चिकित्सा शिक्षा विधेयक पारित लगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको अवस्था जटिल

चिकित्सा शिक्षा विधेयक पारित लगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको अवस्था जटिल

काठमाडौं,२६ असोज ।  चिकित्सा शिक्षा विधेयक पारितलगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । स्वास्थ्य अवस्था खस्किने र महत्वपूर्ण अंगका कार्यमा उतारचढाव देखिन थालेपछि उनको उपचारमा २४ घन्टे मोनिटर सुरु गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको मुटुको चालमा गडबढी र श्वासप्रश्वाससमेत समस्या देखिन थालेको छ । प्रयोगशाला परीक्षणका ...
कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

कांग्रेससँग एकीकरण गर्न फोरम लोकतान्त्रिक तयार, गच्छदारले मागे उपसभापति

काठमाडौं,२६ असोज ।  फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न पार्टीभित्र छलफल थालेका छन् । फोरम लोकतान्त्रिकका अधिकांश केन्द्रीय नेताहरूले चुनावअघि नै कांग्रेससँग एकीकरण गर्न अध्यक्ष गच्छदारलाई सल्लाह दिएका छन् । केही नेताले भने चुनावमा तालमेल मात्र गर्न सल्लाह दिएको स्रोतको भनाइ छ । सोहीअनुसार गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गर्ने कि चुनावी तालमेल ग...
केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

केन्द्रमा वाम गठबन्ध, स्थानीय तहमा असहज

दाङ,२६ असोज । स्थानीय तह निर्वाचनताका विभिन्न दलहरूबीच भएको चुनावी तालमेलले राजनीतिक वृत्तमा तरंग ल्यायो । प्रमुख दलहरू कुनै न कुनै दलसँग साँठगाँठ गरेर महानगरपालिकादेखि वडा तहसम्मको नेतृत्वका लागि चुनावमा होमिए । पार्टी सिद्धान्त र विचार फरक भए पनि कार्यकर्तालाई जबरजस्ती एकढिक्का बनाउने दलीय प्रयास पूर्णतः विफल देखियो ।गठबन्धनका दलका कार्यकर्ता स्वयं अलमलमा छन् । ‘सूर्यमा कुन नैतिकताले मैले भो...
निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की

काठमाडौं,२६ असोज । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो ।  महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाए र सोधे, ‘हलो, को बोल्नुभयो ?’ उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । ‘तेरो अध्यक्ष’ भन्ने शब्दमात्रै सुने । फोन काटियो । बेलुका ७ बजे घर पुग्दा उनको मोबाइलमा नम्बर नदेखिएको दुईटा मिस कल थियो ।बुधबारसम्म महासं...
शंकर पोखरेलको विश्लेषणः संवैधानिक अंग जोगाउन वाम गठबन्धन

शंकर पोखरेलको विश्लेषणः संवैधानिक अंग जोगाउन वाम गठबन्धन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीको साथ लिएर अदालत, प्रहरी, संवैधानिक निकाय र कर्मचारी प्रशासनमा हस्तक्षेप गर्न थालेपछि कांग्रेस माओवादी गठबन्धन भत्काउनु परेको एमाले नेता शंकर पोखरेलले बताएका छन् । भरतपुर प्रकरणमा देउवाले अदालत र निर्वाचन आयोगलाई समेत प्रभावित पारेपछि एमालेले गठबन्धन भत्काउन अग्रसरता लिएको पोखरेलको तर्क छ । राज्यका संवैधानिक अंगहरुलाई देउवाले आफ्नो निर...
डाबर रेड जेल अब नेपाली बजारमा

डाबर रेड जेल अब नेपाली बजारमा

काठमाडौं,२६ असोज । डाबर नेपालले डाबर रेड जेल नेपाली बजारमा लिएर आएको छ ।डाबर रेड जेलले उपभोक्ताहरुलाई ताजा सास मात्र नभई दाँतको सुरक्षा पनि प्रदान गर्दछ । आयुर्वेदिक तत्वहरू जस्तै ल्वाङ, पुदिना, मरिचको समिश्रण रहेको डाबर रेड जेलले ताजापनका साथै दाँतलाई सुरक्षित राख्छ । डाबर नेपालका माकेर्टिङ हेड, श्री अभय गोर्खालीले भने, “डाबर रेड जेल यस्तो आयुर्वेदिक जेल हो जसले आयुर्वेदको फाइदा आधुनिक रूपमा ...
अनौठो होटेल, सुत्ने गार्डलाई भूतले थप्पड हान्छ

अनौठो होटेल, सुत्ने गार्डलाई भूतले थप्पड हान्छ

एजेन्सी,२६ असोज ।  चौकिदारी गरिरहेको बेला सुरक्षा गार्ड सुत्यो भने के होला ? अवश्य पनि चोर छिर्न सक्छ वा सुतेको बेला हाकिमले देख्यो भने चौकिदारको जागिरै जानसक्दछ । तर भारतमा एउटा यस्तो होटेल छ, जहाँ रातमा ड्युटी गर्ने चौकिदार सुतेको थाहा पाउनासाथ भुतले थप्पड हान्छ । राजस्थानको कोटा सहरमा एउटा यस्तो डरलाग्दो होटेल छ जहाँ रातको समयमा ड्युटी गर्ने चौकिदारले निद्राको झप्को लिने कुरा चिताउन पनि सक्...
खुला दिशामुक्त घोषणा गरिएको नगरपालिकामै शौचालय छैनन्

खुला दिशामुक्त घोषणा गरिएको नगरपालिकामै शौचालय छैनन्

कञ्चनपुर,२६ असोज । खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायका बासिन्दासँगै शौचालय नै छैनन् । नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन् । बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ कार्यशाला गोष्ठिका सहभागी वडाध्यक्षले अधिकांश विपन्न र जनजाति परिवारले शौचालय नै निर्माण नगरेको बताउनुभएको हो । ढांणाका ४० परिवार राना थारू समुदाय, टमटा टोल, ...
उपराष्ट्रपतिले स्काउट ज्याम्बोरेट उदघाटन गर्नुहुने

उपराष्ट्रपतिले स्काउट ज्याम्बोरेट उदघाटन गर्नुहुने

विराटनगर,२६ असोज । उपराष्ट्रपति नन्दबहादुर पुनले विराटनगरमा हुने तेस्रो क्षेत्रीय स्काउट ज्याम्बोरेट (भेला)को भोलि असोज २७ गते उद्घाटन गर्नुहुने भएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न ३५ जिल्लाका करिब तीनहजार ५०० स्काउटर बालबालिकाले असोज २६ देखि ३० गतेसम्मको भेलामा सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त ज्याम्बोरेटमा १३ देखि १६ वर्ष उमेर समूहका स्काउ...
धरानका दुर्इ चेली अाेमनमा बेचिएकाे खुलासा : बेच्ने दलाल पनि नेपालकै चेली

धरानका दुर्इ चेली अाेमनमा बेचिएकाे खुलासा : बेच्ने दलाल पनि नेपालकै चेली

धरान,२६ असोज । दलालको बिगबिगी ले गरिबिले पिल्सिएका छोरि चेलीहरुलाई धनको लोभ देखाई भारत हुदै तेस्रो मुलुक पुर्याई बेचिरहेका खबर बारम्बार आइरहेको बेला फेरी धरानका दुई चेली ओमनमा बेचिएका छन्। सात महिना अगाडिदेखि हराइरहेका दुर्इ चेलीलाई दलालले भारतको नयाँ दिल्लीबाट दुबई हुँदै ओमनमा लगेर विक्री गरेको खुलासा भएको छ । धरान उपमहानगरपालिकामा ५ कि २६ बर्षीया पम्फा गुरुङ र धनकुटा राजारानी स्थायी ठेगाना भ...
error: Content is protected !!