दार्चुला, २१ मंसिर । दार्चुला जिल्लामा बुधबार राति ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।
दार्चुला जिल्ला सदरमुकाम भन्दा १८० किलोमिटर टाढा भारतको उत्तराखन्ड केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले जानकारी दिए ।
दार्चुला सहित प्रदेश नम्बर ७ का बैतडी, डडेलधुरा लगायत जिल्लाहरु र भारतको उत्तराखन्ड प्रदेश लगायत बिभिन्न क्षेत्रमा भुकम्पको धक्का महसुस भएको थियो ।
अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
भूकम्पिय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समयसमयमा भुकम्प जानेगरेको छ ।