संखुवासभामा चट्याङ लागेर स्ववियु अध्यक्षको मृत्यु, दुई घाईते

संखुवासभामा चट्याङ लागेर स्ववियु अध्यक्षको मृत्यु, दुई घाईते

संखुवासभा । संखुवासभाको आँखिभूइमा शुक्रवार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन । हावाहुरी र बर्षासँगै चट्याङ पर्दा आँखिभूइ हुमिङका २२ बर्षिय नविन जिमी राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए । मृतक जिमी माम्लिङ स्थित रामेश्वर क्याम्पसका स्ववियु अध्यक्षसमेत हुन । घरमै रहेका वेला चड्याङ लागेर जिमीको मृत्यु भएको हो...
धनकुटामा भीषण असिना, बालिनालीमा क्षति

धनकुटामा भीषण असिना, बालिनालीमा क्षति

धनकुटा । धनकुटामा शुक्रवार अपरान्ह हावाहुरी र पानीस‘गै वाक्लो असिना परेको छ । लामो समयपछि परेको वाक्लो असिनाले बालिनालिमा क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन । सदरमुकाम तथा आसपासका देब्रेबास, कचिंडे, सेउले लगायतका स्थानमा करिब आधा घण्टासम्म पानीसगै असिना परेको थियो । अपरान्ह ४ बजे परेको असिना करिब आधा फिटसम्म जमेको देव्रेवासका स्थानीय रेनु पौड्यालले जानकारी दिईन । ‘हालसम्म यत्ति धेरै असिना...
दोस्रो दिन पूर्वमा चार हजार परीक्षार्थी अनुपस्थित

दोस्रो दिन पूर्वमा चार हजार परीक्षार्थी अनुपस्थित

धनकुटा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन शुक्रवार पूर्वी नेपालमा करिव चार हजार परिक्षार्थी अनुपस्थित भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार पूर्वी नेपालका १६ जिल्लाका करिव ३ हजार ७ सय विद्यार्थी परिक्षामा अनुपस्थित भएका हुन । कुल परीक्षार्थी मध्ये छात्रा करिव १ हजार ९ सय र छात्रतर्फ १ हजार ३ सय अनुपस्थित रहेको क्षेशिनिका उप–निर्देशक सूर्य सुवेदीले जानकारी दिए । उनका अ...
प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

प्रधानमन्त्रीपुत्र प्रकाशले लिए १५ लाखको आधुनिक हतियार

काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् । उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको राइफलको मूल्य १५ लाखभ...
धनकुटामा जेलबाटै परीक्षा, अढाईसय विद्यार्थी अनुपस्थित (भिडियोसहित)

धनकुटामा जेलबाटै परीक्षा, अढाईसय विद्यार्थी अनुपस्थित (भिडियोसहित)

धनकुटा । धनकुटा जिल्ला कारागारमा रहेका एक कैदीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छन । जिल्लाको छथर जोरपाटी गाउँपालिका–२ का महेश पिठाकोटेले कारागारबाटै परीक्षा दिएका हुन । कारागारमै निरीक्षक खटाएर परीक्षा लिईएको जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले जानकारी दिए । यता माध्यमिक शिक्षा परीक्षा (एसइइ) को पहिलो दिन अनिवार्य अंग्रेजी बिषयको परिक्षामा धनकुटाका २ सय ४४ विद्यार्थी ...
कांग्रेस नेता एवं पूर्व सहायकमन्त्री ढुंगेल मृत भेटिए

कांग्रेस नेता एवं पूर्व सहायकमन्त्री ढुंगेल मृत भेटिए

काठमाडौं । कांग्रेसका नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको बुधबारराति काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ ।  उनको निधन हृदयघातबाट भएको हुन सक्ने अनुमान गरिएको छ । बेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको हो । अविवाहित ढुंगेल एक्लै बस्दै आएका थिए । राति केहि असजिलो भएपछि ढुंगेल हिमाल अस्पताल पुगेका थिए । अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि उनी...
२०७३ चैत ३ गते बिहिबारको राशिफल

२०७३ चैत ३ गते बिहिबारको राशिफल

मेष– वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । वृष– खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मिथुन– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । कर्कट– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सिंह– स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । कन्या– कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्य...
पूर्वका एक लाख १७ हजार विद्यार्थी एसइइ परीक्षामा सामेल हुँदै

पूर्वका एक लाख १७ हजार विद्यार्थी एसइइ परीक्षामा सामेल हुँदै

धनकुटा । बिहिवारबाट सुरु हुँने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा पूर्वी नेपालका १६ जिल्लाबाट १ लाख १७ हजार विद्यार्थी सामेल हुने भएका छन । क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका अनुसार १ लाख १६ हजार ८ सय ७५ विद्यार्थी परीक्षामा सामेल हुने भएका हुन । जसमध्ये नियमित तर्फ ९४ हजार ८ सय २२ र एक्जाम्टेड तर्फ ७ हजार ४१ परीक्षार्थी एसइइ परीक्षामा सामेल हुने पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशक केशव प्रसाद...
बसको ठक्करबाट मोटरसाईकलमा सवारको मृत्यु

बसको ठक्करबाट मोटरसाईकलमा सवारको मृत्यु

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–९ मा मंगलबारराति बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.४ ख ६९३ नम्बरको हाइस बसले बिपरीत दिसाबाट आईरहेको को.२७ प १४६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट मोटरसाईकलमा सवार गोलबजार नगरपालिका–४ बस्ने कुसेश्वर महत्तोको मृत्यु भएको हो । ठक्क्रबाट गंभीर घाईते महतोलाई उपचारका लागी...
२०७३ चैत २ गते बुधबारको राशिफल

२०७३ चैत २ गते बुधबारको राशिफल

मेष– कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । वृष– आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । मिथुन– नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कर्कट– सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । सिंह– नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । कन्या– पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला...
विराटनगरमा आदिवासी जनजातिको सिठी जुलुस

विराटनगरमा आदिवासी जनजातिको सिठी जुलुस

विराटनगर । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजी गर्ने प्रक्रियाको विरोधमा मंगलबार बिराटनगरमा सिठी जुलुस निकालिएको छ । परिमार्जनसहित संविधान संशोधनको माग गर्दै नेपाल आदिवासी जनजाती महासंघ मोरङ र नगर परिषद्ले सयुक्त रुपमा सिटी जुलुस निकालेका हुन । स्थानीय संन्सारी माईस्थानबाट निकालिएको सिटी जुलुस ट्राफिक चोक, वडा प्रहरी कार्यालय हुँदै जिल्ला प्रसाशनको गेटमा पुगेर कोण सभामा परिणत भएक...
सिमरनको शिरमा प्रिन्सेसको ताज

सिमरनको शिरमा प्रिन्सेसको ताज

विराटनगर । कलेज स्तरमा अध्ययरत बिद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको पूर्वाञ्चल कलेज प्रिन्सेसको ताज विराटनगर–१५ की सिमरन श्रेष्ठले पहिरिएकी छन् । २० जना प्रतिष्प्रधीलाई उछिन्दै १७ बर्षिया सिमरनले कलेज प्रिन्सेसको ताज जित्न सफल भएकी हुन् । सफलता के हो भन्ने निर्णायकको प्रश्नमा उत्कृष्ठ जवाफ दिदै टप फाइभमा रहेका अन्यलाई उछिन्दै उनी कलेज प्रिन्सिेसको यो संस्करणको बिजेता बनेकी हुन । बिजयी भएसँगै उन...
बाँकेमा एमाले र मोर्चाका कार्यकर्तावीच तनाव, प्रहरीद्धारा हवाइ फायर र अश्रुग्यास प्रहार

बाँकेमा एमाले र मोर्चाका कार्यकर्तावीच तनाव, प्रहरीद्धारा हवाइ फायर र अश्रुग्यास प्रहार

नेपालगञ्ज । बाँके जिल्लामा पर्ने गुलरिया- नेपालगञ्ज सडक खण्डको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्तावीच तनाव बढेपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको हतियार खोस्न खोजेपछि दुर्इ राउण्ड हवार्इ फायर गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ । तर, मधेसी मोर्चाका नेता इस्तियाक राईले भने आफ्ना कार्यकर्ताले प्रहरीको हतिय...
देशभरका सवै स्थानीय तहमा तत्काल कर्मचारी पठाईदै

देशभरका सवै स्थानीय तहमा तत्काल कर्मचारी पठाईदै

काठमाडौं । सात सय ४४ वटै स्थानीय तहमा तत्काल कार्यकारी अधिकृत पठाउने अन्तिम तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ । निर्वाचन आयोगले चैत ३ भित्र सबै गाउँपालिका र नगरपालिकामा कर्मचारी खटाइसक्नुपर्ने निर्देशन दिएपछि मन्त्रालयले उनीहरूलाई पठाउन लागेको हो । मन्त्रालयमा नपुग कर्मचारी सामान्य प्रशासन मन्त्रालयसँग माग गरेकामा सामान्य प्रशासनले सोमबारै ३ सय बढी अधिकृतको व्यवस्थापन मिल...
फरार अभियुक्त बालकृष्ण ढुंगेललाई सार्वजनिक अभिनन्दन

फरार अभियुक्त बालकृष्ण ढुंगेललाई सार्वजनिक अभिनन्दन

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यानमुद्दामा जन्मकैदको फैसला सुनाइएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । नयाँ संरचनाअनुसारको रामेछापको लिखु गाउँपालिकाको ढाडे भन्ने स्थानमा आइतबार ढुंगेललाई ताम्रपत्रसहित सम्मान गरिएको  हो । सर्वोच्च अदालतले आफ्नो फैसला कार्यान्वयन नभएको भन्दै पक्राउ...
२०७३ चैत १ गते मंगलबारको राशिफल

२०७३ चैत १ गते मंगलबारको राशिफल

मेष– पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । वृष– कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मिथुन– कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला । कर्कट– व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । सिंह– स्वास्थ्यमा अचानक गडबडी आउने सम्...
खैराङ्ग फुटवल क्लवलाई हतुवाघडी गोल्डकपको उपाधी

खैराङ्ग फुटवल क्लवलाई हतुवाघडी गोल्डकपको उपाधी

भोजपुर । खैराङ्ग फुटवल क्लवले भोजपुरको दक्षिणी घोरेटारमा सञ्चालित भिमदल चौथो स्मृति हतुवाघडी गोल्डकपको उपाधी हात पारको छ । सोमवार भएको फाइनलमा कोट फुटवल क्लवलाई ३–१ गोल अन्तरले हराउँदै खैराङ्ग फुटवल क्वलले उपाधी जितेको हो । जितसँगै उसले ७० हजार २२ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उप–विजेता कोट फुटबल क्लवले ३५ हजार ३० रुपैया नगदसहित मेडल र प्रमाणपत्रमा चित्र बुझाउँनु परेको छ । खेलक...
धनकुटामा चैत ५ देखि ७ गतेसम्म हात्तीपाइलेको औषधी खुवाईने

धनकुटामा चैत ५ देखि ७ गतेसम्म हात्तीपाइलेको औषधी खुवाईने

धनकुटा । धनकुटामा आगामी चैत पहिलो साता हात्तीपाइले (फाईलेरिया) रोग बिरुद्धको औषधी खुवाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमवार पत्रकार सम्मेलन गरी चैत ५ देखि ७ गतेसम्म तीन दिन औषधी खुवाईने जानकारी दिएको हो । सो अवसरमा जिल्ला स्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले ७५ हजार महिला र ७१ हजार पुरुष गरी १ लाख ४६ हजारलाई औषधी खुवाउँने लक्ष राखिएको जानकारी दिए । उनका अनुसार हात्तीपाईले रोग बिरुद्ध...
धनकुटा क्याम्पसमा अनेरास्ववियुको १७ वुँदे माग, वेवास्ता गरे आन्दोलनमा उत्रने चेतावनी

धनकुटा क्याम्पसमा अनेरास्ववियुको १७ वुँदे माग, वेवास्ता गरे आन्दोलनमा उत्रने चेतावनी

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि अनेरास्ववियुले १७ वुँदे माग राखेको छ । अनेरास्ववियु क्याम्पस कमिटीले प्रेस विज्ञप्ति जारी गरेर बिद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि माग संबोधन गर्न क्याम्पस प्रशासनलाई दवाव दिएको हो । तोकिएको समयमा हुन नसकेको धनकुटा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुले माग गरेको छ । त्यस्तै विभिन्न संकाय तथा ...
दुई एसएसपीको हिटलिस्टमा गणेश लामादेखि मिलन चक्रेसम्म, को-को छन् सूचीमा ?

दुई एसएसपीको हिटलिस्टमा गणेश लामादेखि मिलन चक्रेसम्म, को-को छन् सूचीमा ?

काठमाडौँ– सिङ्गो उपत्यकाको अपराध अनुसन्धान गर्ने जिम्मा पाएको महानगरीय अपराध महाशाखा र पुलिस युनिफर्ममा सजिएर हरेक सेकेन्ड काठमाडौँको चोकदेखि गल्लीसम्म खटिने काठमाडौँ प्रहरीको मुख्यालय वर्षौंदेखि एकैठाउँमा छ । दुवै निकायमा समान हैसियतका प्रहरी अफिसर (एसएसपी) ले कमान्ड गर्दै आएका छन् । कार्यालय एकै ठाउँमा भए पनि समान दर्जाका प्रहरी अफिसरको दरबन्दीका कारण पटक–पटक यी दुई निकायबीच मनमुटाव हुने गरेक...
कानुन मिचेर राज्यकोषबाट कार्यकर्तालाई ८ अर्ब बाँडिदै

कानुन मिचेर राज्यकोषबाट कार्यकर्तालाई ८ अर्ब बाँडिदै

काठमाडौं । स्थानीय तह निर्वाचनअघि आफ्ना पार्टी कार्यकर्ता र तिनको परिवारलाई राहत तथा क्षतिपूर्तिका नाममा सरकारले राज्यकोषबाट ठूलो रकम वितरण गर्न लागेको छ।  मन्त्रिपरिषदको गत बुधबारको बैठकले माओवादी द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका १६ हजारभन्दा बढी व्यक्तिको घरपरिवारलाई राहत तथा क्षतिपूर्ति भन्दै ८ अर्ब रुपैयाँभन्दा बढी रकम राज्यकोषबाट वितरण गर्ने निर्णय गरेको हो।   मन्त्रिपरिषदको यो निर्ण...
विश्व क्रिकेट लिग च्याम्पियनसिप : केन्यामाथि नेपालको शानदार जित

विश्व क्रिकेट लिग च्याम्पियनसिप : केन्यामाथि नेपालको शानदार जित

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले मात दियो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर...
बसोबासका लागि दुनियामा सबैभन्दा उत्तम देश कुन होला ? यस्तो छ पछिल्लो रिपोर्ट

बसोबासका लागि दुनियामा सबैभन्दा उत्तम देश कुन होला ? यस्तो छ पछिल्लो रिपोर्ट

बसोबासका लागि दुनियामा सबैभन्दा उत्तम देश कुन होला ? पछिल्लो रिपोर्ट अनुसार स्विजरल्याण्ड विश्वका बस्न लायक देशको सूचिमा पहिलो नम्बरमा परेको छ । हालसम्म सबैभन्दा बस्नलायक देशको रुपमा रहेको जर्मनीको अवस्था खस्किएर चौथो स्थानमा झरेको छ । द्दण्ज्ञठ द्यभकत ऋयगलतष्भक को दोश्रो वाषिर्क सूचिमा सांस्कृतिक प्रभाव, सम्पदा, सामथ्र्य, जिवनको गुणस्तर लगायतका मापदण्डलाई आधार बनाएर सोही आधारमा अंक प्रद...
स्थानीय तहको चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन ? यस्तो छ खर्चको सीमा

स्थानीय तहको चुनावमा उम्मेदवारले कति खर्च गर्न पाउँछन ? यस्तो छ खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारले खर्च पाउने रकमको सीमा तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको खुल्न आएमा विजयी उम्मेदवारको हकमा रद्दसम्मको कारबाही हुने छ । आयोगका अनुसार चार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रत्येकले ७ लाख ५० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने सीमा तोकिएको छ । महानगरपालिकाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारको चु...
सहकारी संस्थाले उठायो घरबास

सहकारी संस्थाले उठायो घरबास

काठमाडौं । नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् । ‘हामीले ऋण चु...
२०७३ फागुन ३० गते सोमबारको राशिफल

२०७३ फागुन ३० गते सोमबारको राशिफल

मेष– आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । वृष– जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ, कसैबाट अपमानित पनि भइएला । मिथुन– अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला, पढाइमा भनि खासै प्रगति हुने छैन । कर्कट– अधुराकाम बन्ने तथा नयाकाम पाउने योग छ । कुराकाट्ने हरुको मुखबन्ध हुनेछ । सिंह– भौतिक साधनको क्षतिले अनावश्यक ...
आज फागु पूर्णिमा अर्थात् होलीः हर्षोल्लासपूर्वक मनाइँदै

आज फागु पूर्णिमा अर्थात् होलीः हर्षोल्लासपूर्वक मनाइँदै

धनकुटा । रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा आईतवार (आज) मनाईदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने चलन छ । हरेक बर्ष बसन्त ऋतुको आगमनसँगै फागु पूर्णिमा मनाईन्छ । फागु पूर्णिमाको आज विशेष दिन हो । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ । आपसमा रङ र अबिर दलेर खुसी साट...
२०७३ फागुन २९ गते आईतबारकोे राशिफल

२०७३ फागुन २९ गते आईतबारकोे राशिफल

मेष– तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष– प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । मिथुन– रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । कर्कट– केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ । ...
चौबिसे गाउँपालिका शिक्षक संघमा चेम्जोङ्ग

चौबिसे गाउँपालिका शिक्षक संघमा चेम्जोङ्ग

धनकुटा । नेपाल शिक्षक संघ चौबिसे गाउँपालिका स्थानीय तहको शनिवार राजारानीमा सम्पन्न ८ औं अधिवेशनले ललित वहादुर चेम्जोङ्गलाई अध्यक्षतामा चयन गरेको छ । अधिवेशनले समितिको महिला उपाध्यक्षमा सविना राई, उपाध्यक्षमा चिरञ्जिवी अधिकारी, सचिवमा चेतनाथ आचार्य, सचिव अर्थमा वीर वहादुर वाजी, महिला सहसचिवमा कमला योञ्जन, सह–सचिवमा हरी नारायण यादव, सह–सचिव अर्थ अर्जुन वराल, उपसचिव अर्थ (महिला) उत्तर कुमारी लिम्बु,...
धनकुटामा त्रियासी हजार नगरवासी, गाउँपालिकामा अठहत्तर हजार जनसंख्या

धनकुटामा त्रियासी हजार नगरवासी, गाउँपालिकामा अठहत्तर हजार जनसंख्या

धनकुटा । सरकारले स्थानीय तहलाई कार्यान्वयनमा ल्याएपछि धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका बनेका छन । यो सँगै यसअघिका दुई नगरपालिका र २८ गाबिस हटेर नयाँ स्थानीय तह बनेको छ । पाख्रीवास, धनकुटा र महालक्ष्मी नगरपालिका बनेका छन । त्यस्तै साँगुरीगढी, खाल्सा छिन्ताङ सहीदभूमि, छथर जोरपाटी र चौबिसे गाउँपालिका भएका छन । धनकुटा र पाख्रीवास यस अघि नै नगरपालिका बनिसकेका थिए । जीतपुर, मारेककटहरे डाँडागाउँ,...
उदयपुरमा बन्दकर्ताद्धारा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड

उदयपुरमा बन्दकर्ताद्धारा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड

उदयपुर । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शनिवार उदयपुरमा भारतीय नम्बर प्लेटको ट्रक तोडफोड गरेका छन । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसवी) को गोली प्रहारबाट नेपालीको मृत्यु भएको घटनाको बिरोधमा बन्द आवहन गरेको सो पार्टीका कार्यकर्ताले सदरमुकाम गाईघाटस्थित सडक छेउमा रोकेर राखिएको बीआर ११ एस ७६३५ नम्बरको ट्रकमाथि ढुंगा प्रहार गरेका हुन । गाईघाट ...
error: Content is protected !!