ब्रेक फेल भएर बस सडकमै पल्टियो, १७ घाइते

ब्रेक फेल भएर बस सडकमै पल्टियो, १७ घाइते

सल्यान, ८ मंसिर ।  शुक्रबार दिउँसो सल्यानमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। शारदा नगरपालिका ६ बरलामा ना २ ख ८०७७ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ। रोल्पाको सुकाओडारबाट दाङको तुलसीपुर जाँदै गरेको बस ब्रेक फेल भएर सडकमा नै पल्टिएको थियो। दुर्घटनामा घाइते १७ जनाको श्रीगनरस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था सामान्य छ।
‘निर्वाचनमा मदिरा व्यापार दोब्बर’

‘निर्वाचनमा मदिरा व्यापार दोब्बर’

काठमाडौं, ८ मंसिर । चुनावमा सघाउने कार्यकर्ताका निम्ति उम्मेदवारले सबभन्दा बढी खर्च दुइटा चिजमा गर्छन्– इन्धन र मदिरा। आवतजावतमा पेट्रोल–डिजेल अधिक खपत हुन्छ भने दिनभर चुनावी प्रचारप्रसारमा हिँडेका अधिकांश कार्यकर्ताको थकान मेटाउन मदिरा। यसले मदिरा व्यापार बढाएको छ। चुनावकै कारण मदिरा व्यापार दोब्बर बढेको आरएन ओभरसिजका संचालक नबिन लाल श्रेष्ठ बताउँछन्। ‘चाडपर्व, विवाह जस्ता सामाजिक घटनामा मा...
‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध शिक्षक पक्राउ

‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध शिक्षक पक्राउ

पर्वत, ८ मंसिर । उत्तरी पर्वतको जलजला गाउँपालिकामा कार्यरत शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार साँझ पक्राउ गरेको छ । जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको हो । शिक्षक धनञ्जयका भाइ शंकरजय मल्लका अनुसार मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबा...
ट्याक्टरको ठक्करबाट ८ वर्षीय वालकको मृत्यु

ट्याक्टरको ठक्करबाट ८ वर्षीय वालकको मृत्यु

कपिलवस्तु, ८ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका ८ विसुनपुरमा ट्याक्टरको ठक्करवाट ८ वर्षीय वालकको मृत्यु भएको छ । धर्मनगरदेखि विसुनपुर जाँदै गरेको लु ३ त २७४० नम्बरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा बस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृतक तेली साइकलको पछाडी वसेका थिए । साइकल चालक उनका दाजु सामान्य घ...
साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

साइबर अपराधमा फेसबुक प्रयोग सबैभन्दा बढी

‘काठमाडौंमा बसेर पढ्दै गरेकी एक युवतीको घरमा विवाहको कुरा आयो। उनको कसैसँग प्रेम सम्बन्ध थियो। घरमा प्रेमीको कुरा बताउन सकेकी थिइनन्। दबाब बढ्दै गएपछि भने आमालाई मात्र भनिन्। आमाबाट त्यो कुरा बुवासम्म पुग्यो। उनले स्वीकारेनन् र खोजेकै केटासँग विवाह गर्न भने। धेरै कर गरेपछि उनी विवाह गर्न तयार भइन्। आफ्नो प्रेमीलाई सम्झाउने हिम्मत भने गरिनन्। प्रेमी उनका छिमेकी थिए, विवाहको कुरा थाहा पाइहाले। प...
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

काठमाडौँ, ८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगले आफ्नो ५८औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले सो प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरिएको हो ।
विप्लव समूहका मेची व्यूरो इञ्चार्जसहित १५ जना पक्राउ

विप्लव समूहका मेची व्यूरो इञ्चार्जसहित १५ जना पक्राउ

पाँचथर, ८ मंसिर । पाँचथर प्रहरीले नेपाल कम्युनिष्ट पार्टी(नेत्रविक्रम चन्द विप्लव) समूहका मेची व्यूरो इञ्चार्जसहित १५ जना कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ पर्नेमा विप्लव समूहका सुमन भनिने सन्त कुमार लिम्वुलाई बिहिबार पक्राउ गरी म्याद थप गरेको बताइएको छ। यसैगरी पाँचथर हिलिहाङ ५ का रामचन्द्र माग्रान्ति र मिक्लाजोङका जितेन्द्र महरा पनि पक्राउ परेका छन्। यस्तै केही दिन अगाडि नै पाँचथर प्रहरीले फिदि...
नमूना मतदानमै ल्याप्चे

नमूना मतदानमै ल्याप्चे

अछाम, ८ मंसिर । अछामको बान्नीगढ जयगढ गाउँपालिका–३ की सरु ताम्राकार नमूना मतदानकै बेलामा निकै अलमलिएको बताउनुभयो । “तीन मतपत्रमा भोटहाल्नु पर्दोरहेछ म त अल्मलिएँ” उहाँले भन्नुभयो, “कता खसाल्ने, के गर्ने भनेर थाहै भएन ।” नमूना मतदान बजार क्षेत्रमा मात्रै गर्ने तर जान्ने बुझ्नेले नै मत बदर गरेको पाइएको स्थानीय प्रेम ताम्राकारले बताउनुभयो । जयगढमा गराइएको मतदानमा प्रतिनिधिसभातर्फ कूल खसेको ५१ ...
बाँकेका दुई युवक तुल्सीपुरमा लुटिए, लुटपाटको आरोपमा ११ पक्राउ

बाँकेका दुई युवक तुल्सीपुरमा लुटिए, लुटपाटको आरोपमा ११ पक्राउ

दाङ, ८ मंसिर । बाँकेका दुईजना व्यक्तिमाथि तुलसीपुरको राम्रीमा लुटपाट भएको छ। तुलसीपुर–सल्यान सडक खड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं ३ मा बिहीबार बेलुका पौने ८ बजेतिर अपरिचित समूहले उनीहरुमाथि लुटपाट गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। तुलसीपुर हुँदै भे ५ प ३४६५ नम्बरको मोटरसाइकलबाट सल्यान जाँदै गरेका नेपालगञ्ज उपमहानगरपालिका ३ का सुदीपकुमार पटह...
गुल्मीमा ३ आँखा, २ मुख भएको अनौठो गाई हेर्नेको घूइँचो

गुल्मीमा ३ आँखा, २ मुख भएको अनौठो गाई हेर्नेको घूइँचो

गुल्मी, ८ मंसिर । गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको  हो । मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको मन्दिर समितिका सदस्यहरुले बताएका छन् ...
नेपाली बजारमा आज सुनको भाउ

नेपाली बजारमा आज सुनको भाउ

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा सुनको भाउ आज प्रति तोला एक सय कम रहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुन ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भईरहेको छ छ । यस्तै चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजोको तुलनामा आज छापावाला र तेजावी सुन तोलामा एक सय कम रहेको छ ।
कम्प्युटर र मोवाइल धेरै चलाउनुहुन्छ, कतै कम्प्युटर भिजन सिन्ड्रोम त भएको छैन ?

कम्प्युटर र मोवाइल धेरै चलाउनुहुन्छ, कतै कम्प्युटर भिजन सिन्ड्रोम त भएको छैन ?

काठमाडौं, ८ मंसिर ।  कार्यालयमा होस् वा घरमा हिजोआज मानिसहरुले धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कम्प्युटर र ल्यापटप नचलाउनेले पनि टिभी हेर्ने र नियमित मोवाइल चलाउने गर्छन्। यी प्रविधियुक्त सामानहरुले मानिसको दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ। तर यसले मानवस्वास्थ्यमा पनि उत्तिकै हानि पुर्‍याइरहेको छ। त्यसैले यी सामानहरुको प्रयोग गर्दा ध्यान पुर्‍याउन नसकेमा आँखा कमजोर हुँदै जान्छ। धेर...
देउवाको गृहजिल्ला पुगेर ओलीले भनेः ‘विकास गर्न चार चार पटक प्रधानमन्त्री हुनुपर्दैन’

देउवाको गृहजिल्ला पुगेर ओलीले भनेः ‘विकास गर्न चार चार पटक प्रधानमन्त्री हुनुपर्दैन’

डडेल्धुरा, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आचारसंहिताविरुद्ध काम नगर्न सरकारलाई चेतावनी दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वाम गठबन्धनले आयोजना गरेको जनसभालाई बिहीबार साँझ सम्बोधन गर्दै ओलीले निष्पक्ष भएर काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई समेत आग्रह गरेका छन्। विकास गर्नका लागि पटक–पटक प्रधानमन्त्री हुन नपर्ने भन्दै भिजन...
लोपोन्मुख पेसा-चर्खाबाट ऊन कातेर आम्दानी बढाउँदै महिला

लोपोन्मुख पेसा-चर्खाबाट ऊन कातेर आम्दानी बढाउँदै महिला

चितवन, ८ मंसिर । पूर्वी चितवनको पदमपुरस्थित थाङगखोला सामुदायिक वन क्षेत्रका महिलाहरुलाई लोपोन्मुख पेसा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै छन्। पछिल्लो समयमा उनका थप ६५ जना महिलाले तालिम पाएका छन्। उक्त वनका उपोभोक्ताहरुले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला वन कार्यालय चितवनको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने काम सिकाएको हो। पेसा नहरा...
वडा अध्यक्षकी श्रीमती कुटपिट गर्ने कांग्रेस कार्यकर्ता पक्राउ

वडा अध्यक्षकी श्रीमती कुटपिट गर्ने कांग्रेस कार्यकर्ता पक्राउ

रुकुम, ८ मंसिर । नेपाली कांग्रेस सम्बद्ध तरुणदलका कार्यकर्ताहरुले रुकुमको सानीभेरी गाँउपालिका वडा नं. ७ का अध्यक्ष कुलवहादुर बुढाकी श्रीमती कल्पना वुढालाई कुटपीट गरेका छन् । सदरमुकाम खलंगामा आयोजीत चुनावी सभावाट घर फर्कदै गरेका तरुण दलका कार्यकर्ताहरुले घरमै वसेकी कल्पनालाई कुटपीट गरेको सानीभेरी गाँउपालिका अध्यक्ष नरवहादुर पुनले बताए । वडाअध्यक्ष कुलवहादुर वुढालाई कुटपीट गर्ने उद्धेश्यले त्यहाँ प...
धनकुटामा बम बिस्फोट (फोटो फिचरसहित)

धनकुटामा बम बिस्फोट (फोटो फिचरसहित)

धनकुटा, ८ मंसिर । धनकुटाको फङसुवा खोला स्थित सडकमा आज बिहान गाडीलाई लक्षित गरी बम बिस्फोट गराईएको छ । धनकुटा नगरपालिकाको वेलाहारावेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोला स्थित सडकमा बिहान करिव साँढे ७ बजे बम बिस्फोट भएको हो । सडकमा विच्छाएर राखिएको बालटिन बम बिस्फोट भएको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसा...
जोखिमयुक्त स्थानका पीडितले शुरु गरे एकीकृत बस्ती निर्माण

जोखिमयुक्त स्थानका पीडितले शुरु गरे एकीकृत बस्ती निर्माण

काठमाडौँ, ८ मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्णयबमोजिम रु दुई लाख अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी खरिद गरेका छन् । भौगर्भिक अध्ययनअनुसार नुवाकोटको विकट उर्लेनीमा रहेका ७१ घर परिवार जोखिमयुक्त बस्तीमा बस्दै आएका थिए । यसमध्ये २४ लाभग्राहीले नुवाकोटस्थित ताँदी गाउँपालिका ९साविक खरानीटार गाविस० मा घर निर्माणका लागि जग्गा खरिद गरेका छन् । जग्गाधनी र ल...
टी-२० विश्वकप महिला छनोट प्रतियोगिता: नेपालको पहिलो जित

टी-२० विश्वकप महिला छनोट प्रतियोगिता: नेपालको पहिलो जित

काठमाडौं, ८ मंसिर । थाइल्याण्डको बैंककमा जारी आइसिसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८ रन बनाएको थियो। नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा मध्यम स्कोर तयार गरेको थियो। १सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ र...
युट्युबका हिट गीतमा नेपालीपन कति ?

युट्युबका हिट गीतमा नेपालीपन कति ?

नेपाली संगीतको खास धुन कुन हो भन्नेबारे बेलाबेलामा बहस हुने गर्छ । एकाथरी संगीत अन्वेषकहरू नेपाली जनजीवनको ठेट भाका मित्रसेन थापा र मेलवादेवीपछि टुटेको बताउँछन् । मेलवादेवीको शास्त्रीय संगीत नेपाली संगीत हो वा अम्बर गुरुङले भित्याएको रवीन्द्र संगीत ? नातिकाजीले हाँकेको आधुनिक संगीत हो वा झलकमान गन्धर्व र धर्मराज थापाले गाउने लोक गीत ? कुनचाहिँ नेपाली संगीत हो भन्नेबारे आज पनि मतभिन्नता छ। ...
मतदाता परिचयपत्र वितरण सुरु, ७७ वटै जिल्लाका सञ्चारमाध्यमलाई आचारसंहिता लाग्ने

मतदाता परिचयपत्र वितरण सुरु, ७७ वटै जिल्लाका सञ्चारमाध्यमलाई आचारसंहिता लाग्ने

काठमाडौँ, ८ मंसिर । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि गएरातिबाटै मौनअवधि सुरु भएको छ । यो अवधिमा पहिलो चरणमा निर्वाचन हुने जिल्लामा कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् । पहिलो चरणमा निर्वाचन हुने जिल्लाबाहेक अन्य जिल्लामा भने दलहरुको प्रचार प्रसार नरोकिने निार्वचन आयोगले जनाएको छ ।  यस्तै,सञ्चार माध्यमलाई भने ७७ वटै जिल्लामा निर्वाचन आचारसंहिता लागु...
प्रजातन्त्र सेनानी सापकोटाको निधन

प्रजातन्त्र सेनानी सापकोटाको निधन

चितवन, ८ मंसिर । पञ्चायत विरोधी आन्दोलनमा सक्रिय प्रजातन्त्र सेनानी दधीराम सापकोटाको आज बिहान आफ्नै निवास भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा निधन भएको छ । विसं १९८२ मा बागलुङको गल्कोटमा जन्मिनुभएका सापकोटा २०१८ सालमा चितवन आउनुभएको हो । स्वतन्त्रताका लागि धेरै पटक कारावास जीवन बिताउनुभएका सापकोटा २०२९ सालमा जनपक्षीय उम्मेदवारका रुपमा नारायण गाउँ पञ्चायतको उपप्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो ।...
श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान पक्राउ

श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान पक्राउ

लहान, ८ मंसिर । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई गएराति सिरहा गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार रहेका कल्याणपुर नगरपालिका– ६ भोक्राहाका हत्यारा श्रीमान् ३५ वर्षीय ओली राइनलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान ...
कुशल र सन्ध्याको ‘ह्याप्पी न्यू इयर’को ट्रेलर रिलिज

कुशल र सन्ध्याको ‘ह्याप्पी न्यू इयर’को ट्रेलर रिलिज

कुशल थापा, सन्ध्या केसी र पुकार गौतमको मुख्य भूमिका रहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’को ट्रेलर सार्वजनिक भएको छ । आर.के पौडेल र प्रोडक्ट्सको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा पटकथा, संवाद तथा निर्देशन देवकुमार श्रेष्ठको छ । सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । अष्ट्रेलियाको रमणिय स्थानमा खिचिएको चलचित्रमा विनोद ढकाल, टंक वुढाथोकी र किरण माइकलको संगीत, कुशल थापाको कथा छ । रति ...
७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

हुम्ला, ८ मंसिर । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् । जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु मतपेटिकाहरु र मतपत्रसह...
आयोगले फेर्यो बोली : ‘सरकारले सबै काम हाम्रै सहमतिमा गरेको छ, आचारसंहिताको पूर्ण पालना भएको छ ‘

आयोगले फेर्यो बोली : ‘सरकारले सबै काम हाम्रै सहमतिमा गरेको छ, आचारसंहिताको पूर्ण पालना भएको छ ‘

काठमाडौँ, ८ मंसिर । निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने भन्दै सरकारसँग २४ घण्टाभित्र काज सरुवा गर्ने निर्णयसम्बन्धी सक्कलै फाइल मगाएको निर्वाचन आयोगले बोली फेर्दै सरकारले अहिलेसम्म आचारसंहिता उल्लंघन नगरेको बताएको छ । सरकारले छजना उपसचिवको काज सरुवा गर्ने निर्णय गरेकोमा निर्वाचन आयोगले अस्वीकार गरेको थियो। गृह मन्त्रालयले यही मंसिर ५ गते काज सर...
मोरङमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

मोरङमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

मोरङ, ८ मंसिर । मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ४५९९ नम्बरको ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको को २५ प ८२०२ नं को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते शाह भएकी स्कुटर पछाडि बस्ने सुनसरी, इटहरी – ६ की २७ वर्षीया खुश्बु शाहको विराटन...
करेन्ट लागेर चालक र सहचालकको मृत्यु

करेन्ट लागेर चालक र सहचालकको मृत्यु

दाङ, ८ मंसिर । दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला वडीगाउँ नगरपालिका निवासी चालक २८ वर्षीय चन्द्रबहादुर वाइबा र सहचालक १७ वर्षीय कुमार थिङको मृत्यु भएको हो । अर्घाखाँची सिमेन्ट उद्योगमा समान झारेर नजिकै रहेको खोलामा टिपरको पछिल्लो भाग उठाएर सफा गर्ने ...
माओवादी र काँग्रेसका कार्यकर्ताबीच झडप

माओवादी र काँग्रेसका कार्यकर्ताबीच झडप

रुकुम, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ मुसिकोटमा भएको चुनावी सभामा सहभागी भएर घर फर्कंदै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेस कार्यकर्ता चढेको गाडीमा ढुंगामुडा गरेपछि दोहोरो झडप...
हल्लाको भरमा पूर्व बन्द, सर्वसाधारण अन्यौलमा

हल्लाको भरमा पूर्व बन्द, सर्वसाधारण अन्यौलमा

इटहरी, ८ मंसिर । जानकारी नदिई ‘हल्लाको भरमा’ भएको बन्दले सर्वसाधरण मारमा परेका छन् । कसले र किन बन्दको आवहान गरयो भन्ने कुराको समेत जानकार नभएपछि बन्दले सर्वसाधरण सगै व्यवसायीहरु मारमा परेका हुन् । औपचारिक रुपमा बन्दको आवहान गर्ने पार्टीले समेत जानकारी नदिएपछि अहिले पूर्वको जनजिवन प्रभाबित बनेको हो । विप्लव माओवादी र अयोग्य लडाकुको नाममा बन्दको हल्ला भएपनि अहिलेसम्म आधिकारीक रुपमा कसको बन्द हो ...
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

काठमाडौं, ८ मंसिर । बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएको छ । यसको जानकारी पाएलगत्तै नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ । करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले काउन्सीललाई गराएको छ । दू्तावासका अनुसार बीडीएस र एमबीबीएस पढाउने केही कलेजहर...
वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

कञ्चनपुर, ८ मंसिर । शुक्लाफाँटा नगरपालिका– ६ का ज्येष्ठ नागरिक लबरु राना वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ताको रकम पाउँदा निकै खुशी भए । घरभन्दा टाढाको बैंकमा लामबद्ध भई भत्ताको रकम बुझन जाँदा निकै सास्ती खेप्नुपर्ने विगत सम्झँदै उनले भने, “घरदैलोमै आएर बैंकका कर्मचारीले भत्ताको रकम उपलब्ध गराउँदा निकै सहज भएको छ ।” “लाइनमा बस्नुपरेको छैन यहाँ आइपुग्नेबित्तिकै रकम हात परेको छ, जनप्रतिनिधि आएक...
error: Content is protected !!