काठमाडौँ, ३० पुस।  नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बंगलादेशमा सम्पन्न ‘मुभमेन्टस् इन एसिया आर कमिङ् टुगेदर इन ढाका’ बैठकमा सहभागी भई आज स्वदेश फर्कनु भएको छ ।

Advertisement

उहाँ बंगलादेश वर्कर पार्टीको निमन्त्रणामा विशिष्ट अतिथिका रुपमा सहभागी हुन यही पुस २७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । नवउदारवाद तथा विश्वव्यापीकरणको एसिया क्षेत्रमा बढ्दै गएको प्रभाव, जीवन रक्षाका लागि जनताको संघर्ष र प्रजातन्त्रलगायत विषयमा नेता नेपालले धारणा राख्नुभएको उहाँको सचिवालय सदस्य नितेश पौडेलले जानकारी दिनुभयो ।

एक्काइसौँ शताब्दीमा देखिएका समाजवादका चुनौती र अनुभवका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!