दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

खजुरा, ९ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ । बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए। ...
तेह्रथुममा पार्टी छाड्ने तरुण दलका उपाध्यक्ष निष्कासित (विज्ञप्ति सहित)

तेह्रथुममा पार्टी छाड्ने तरुण दलका उपाध्यक्ष निष्कासित (विज्ञप्ति सहित)

तेह्रथुम, ९ मंसिर । नेपाली कांग्रेस सम्बद्ध लोकतन्त्रबादी युवाहरुको संगठन नेपाल तरुण दल तेह्रथुमले पार्टी छाड्ने जिल्ला उपाध्यक्ष उदयदीप सुब्बालाई निष्कासन गरेको छ । जिल्ला अध्यक्ष विपीन निङ्लेकुले एक प्रेश विज्ञप्ति जारी गर्दै सुब्बालाई दलको उपाध्यक्ष पद तथा साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको जानकारी दिनुभएको हो । छथर गाउँपालिका–५, शुक्रबारे बजार निवासी उदयदिप सुब्बा दलको साधारण सदस्य ...
महोत्तरीमा उच्च सुरक्षा सतर्कता, ५५ जनाले हतियार बुझाए

महोत्तरीमा उच्च सुरक्षा सतर्कता, ५५ जनाले हतियार बुझाए

महोत्तरी, ९ मंसिर । निर्वाचनको समयमा विभिन्न स्थानमा निर्वाचन बिरोधी कृयाकलाप हुन थालेपछि प्रशासनले उच्च सर्तकता अपनाएको जनाएको छ । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावलाई मध्येनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी प्रहरीले शान्ति सुरक्षा खलबलिन नदिन भन्दै हातहतियार संकलन कार्य तीव्र बनाएको छ । हातहतियार र खुल्ला सिमानासँगै निर्वाचनमा स...
ताप्लेजुङमा मतदाता परिचय पत्र लिदालिदै बम बिस्फाेट

ताप्लेजुङमा मतदाता परिचय पत्र लिदालिदै बम बिस्फाेट

ताप्लेजुङ, ९ मंसिर । ताप्लेजुङकाे सदरमुकामस्थित श्री भानु जन माध्यमिक बिद्यालयमा मतदाता परिचय पत्र बितरण गर्दागर्दै शनिबार दिउसाे १ ५० मा एक्कासी बम बिस्फाेट भएकाे छ । पहिलाे चरणमा हुन गइरहेकाे प्रतिनिनिधी सभा र प्रदेश सभाकाे निर्वाचनलार्इ असफल तुल्याउन  ताप्लेजुङकाे मतदान केन्द्रमा बम बिस्फाेट गराइएकाे हुन सक्ने प्रहरीकाे अनुमान छ । भाेली अाइतबार हुने पहिलाे चरणकाे निर्वाचनकालागि मतदान ...
भोलि  यी ३२ जिल्लामा गाडी नचल्ने, बाँकी ४५ जिल्लामा चल्ने

भोलि यी ३२ जिल्लामा गाडी नचल्ने, बाँकी ४५ जिल्लामा चल्ने

काठमाडौं, ९ मंसिर । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अवधिभर ३२ जिल्लामा  अनुमति पाएका बाहेकका गाडी नचल्ने भएका छन् । ट्राफिक प्रहरीका अनुसार अनुसार  आइतबार ३२ जिल्लामा निर्वाचन अवधिभर कुनै पनि सवारी साधनहरु बिना अनुमती चल्न पाउने छैनन्  । आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल...
ओलीलाई आरजुको जवाफ : ‘नपाउनेले केरा पायो बोक्रा सहित खायो’

ओलीलाई आरजुको जवाफ : ‘नपाउनेले केरा पायो बोक्रा सहित खायो’

धनगढी, ९ मंसिर । प्रधानमन्त्री पत्नी तथा नेपाली कांग्रेस सदस्य आरजु राणा देउवाले ७ नंबर प्रदेशको विकास नेपाली कांग्रेसको पालामा भएको र त्यसको जस प्रधानमन्त्री शेरबहादुर देउवालाई जाने बताएकी छन् । उनले एमाले अध्यक्ष केपी ओली ७ नंबर प्रदेशको बारेमा अनविज्ञ रहेको बताउदै ‘ देउवाले  डडेल्धुरा र ७ नम्बर प्रदेशमा पुगेर देउवाले केहि गरेन् भन्नु हास्यास्पद’ रहेको टिप्पणी गरिन् । ‘केपि ओलीले डडेल्धुरा पु...
कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काभ्रे, ९ मंसिर ।  मण्डन देउपुर नगरपालिका–२ मा बाख्रा फार्म संचालन गरी बस्ने संखुवासभाको पाचखपन नगरपालिका–२ का ५० वर्षीय देबीबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । फार्ममा काम गर्ने धादिङकी २५ वर्षीया महिलालाई बिहीबार फार्ममै जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
धादिङमा मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

धादिङमा मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

मलेखु, ९ मंसिर । दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ । मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी...
ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु, १५ जना घाइते

गौशाला, ९ मंसिर । महोत्तरी जिल्लाको बलवा नगरपालिका–७ मा गएराति एक ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–५ बस्ने २० वर्षीय जयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति करिब ८ बजेतिर जिल्लाको पडौल–रौजा सडकखण्डमा बलवा नगरपालिका–७ स्थित सडकमा उत्तरबाट दक्षिणतर्फ सवारी बोकी आउँदै गरेको ज१त ८४११ नंको ट्र्याक्टरले...
आतंकवादी आक्रमणमा २ सय ३५ जनाको मृत्यु, कडा जवाफ दिने इजिप्टका राष्ट्रपतिको वाचा

आतंकवादी आक्रमणमा २ सय ३५ जनाको मृत्यु, कडा जवाफ दिने इजिप्टका राष्ट्रपतिको वाचा

इजिप्ट, ९ मंसिर । आतंकवादी आक्रमणमा २ सय ३५ जना सर्वसाधारणको हत्या पछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीले यसको कडा जवाफ फर्काउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार सिनाई प्रान्तको उत्तरी भागमा रहेको एक मस्जिदमा आतंकवादी हमलामा भएको थियो । वीर अल–अवेद सहरमा रहेको अल–रावडा मस्जिदमा शुरुमा बम विस्फोट गराइएको थियो भने विस्फोटपछि भाग्ने क्रममा सर्वसाधारणमा अन्धधुन्द गोली प्रहार गरिएको थियो । ...
हात्ती र मानिसबीच यतिधेरै समानता,के हात्ती र मानिस सँगै बाँच्न सक्दैनन्?

हात्ती र मानिसबीच यतिधेरै समानता,के हात्ती र मानिस सँगै बाँच्न सक्दैनन्?

भीम पाण्डालाई डब्लुडब्लुएफको प्रतीक चिन्ह बनाइएको छ। कालो–सेतो भुत्ला भएको लोपोन्मुख पाण्डामा गजबको प्रतीक चिन्ह बन्ने खुबी छ। तर यो जोखिमको कारण चाहिँ निकै सामान्य छ, मानिसको जनसंख्या बढ्दै जाँदा उनीहरुको बासस्थान कम हुनु। डब्लुडब्लुएफको चिन्हमा पाण्डाभन्दा हात्ती उपयुक्त हुनसक्छ। खासगरी अफ्रिकी हात्ती, किनभने निरन्तर मानवताको विकास भइरहँदा हात्तीको विनाश मात्र भएको छैन, हात्तीलाई मानिसले ...
जिप दुर्घटनाले निर्वाचनको मुखैमा रुवायो रुकुमवासीलाई

जिप दुर्घटनाले निर्वाचनको मुखैमा रुवायो रुकुमवासीलाई

रुकुम, ९ मंसिर । भोलि १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुने अन्य जिल्लाहरुमा चुनावी हर्षोल्लास बढिरहेको भए पनि रुकुमेवासी भने शोकमग्न भएका छन्। शुक्रबार राति भएको जिप दुर्घटनामा बिहे सकेर फर्कंदै गरेका नवजोडी र आफन्तजन चढेको जिप दुर्घटना भएर ७ जनाको मृत्यु भएपछि चुनावको मुखैमा रुकुमवासी शोकमग्न भएका हुन्। बिहीबार रातिदेखि आचारसहिंता सुरु भएर चुनावी औपचारिक कार्यक्रमहरु ...
दुर्घटनामा डाक्टरकाे मृत्यु

दुर्घटनामा डाक्टरकाे मृत्यु

तनहुँ, ९ मंसिर । पोखराबाट वीरगञ्ज तर्फ जाँदै गरेको बस शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा मणिपुर-६ का डा. रघुबंश त्रिपाठी रहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । डा. त्रिपाठी पोखरा स्थित गण्डकी मेडिकल कलेजमा कार्यरत थिए । बस दुर्घटनामा अरू  ४ जना यात्रु गम्भीर घाइते भ...
उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर नवलपरासीमा बम विस्फोट

उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर नवलपरासीमा बम विस्फोट

नवलपरासी, ९ मंसिर । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारको लागि हिँडेको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको छ । नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नंं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा बम विस्फोट गराइएको हो । विस्फोटबाट कुनै पनि क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जन...
दार्चुलामा महिलालाई दुर्व्यवहार गरेको अभियोगमा मतदान अधिकृत पक्राउ

दार्चुलामा महिलालाई दुर्व्यवहार गरेको अभियोगमा मतदान अधिकृत पक्राउ

दार्चुला, ९ मंसिर । महिलामाथि दुर्व्यवहार गरेको आरोपमा दार्चुलामा निर्वाचन केन्द्रमा खटिएका एक जना सहायक मतदान अधिकृत पक्राउ परेका छन् ।  जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवं गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ । सिद्धमावि सिना...
प्रशासन भ्रष्ट हुँदै गएपछि लोकसेवाले नैतिक शिक्षा लागू गर्‍याे

प्रशासन भ्रष्ट हुँदै गएपछि लोकसेवाले नैतिक शिक्षा लागू गर्‍याे

काठमाडौं, ९ मंसिर । लोकसेवा आयोगले सहसचिव तहको पाठ्यक्रममा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गत वर्षदेखि परीक्षा लिन सुरु गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आर्थिक वर्ष२०७३/७४को वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले अप्राविधिकतर्फको सहसचिवको परीक्षामा नैतिक मूल्यमान्यतासम्बन्धी पत्र समावेश गरेर गएको गएको वर्षदेखि परीक्षा लिन सुरु गरेको जनाएको हो । ‘हाल अप्राविधिकतर्फको स...
१ बोतल दूधको मूल्य झण्डै डेढ लाख !

१ बोतल दूधको मूल्य झण्डै डेढ लाख !

एजेन्सी, ९ मंसिर । तरकारीको भाउ बढेर आकाश छुन थालेको देखेर हामी चिन्तित छौं । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ अहिले बढेको महँगीको बारेमा थाहा पाउनुभयो भने सायद तपाईंलाई हरेक दिन किन्ने तरकारी तथा दूध सित्तैमा पाएजस्तो लाग्नेछ । हो, भेनेजुयलाको महँगीको बारेमा सुन्दा नै होसहवास् उड्छ । त्यहाँ एक बोतल दूधका लागिसमेत मानिसहरुले झण्डै डेढ लाख रुपैयाँ तिर्नुपरेको छ । भेनेजुयला चरम आर्थिक संकटब...
यी महिला, जसले १० हजार जनासँग सेक्स गरेकी छिन्

यी महिला, जसले १० हजार जनासँग सेक्स गरेकी छिन्

एजेन्सी, ९ मंसिर । अष्ट्रेलियाकी एक महिला अहिले चर्चामा छिन् । ३९ वर्षकी ग्वाइनेथ मन्टेनग्रो आफ्नो द सेक्रेट ट्याबु नामको किताबमा गरिएको खुलासाका कारण चर्चामा आएकी हुन् । पेशाले यौनकर्मी रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौनपेशामा रहँदा पछिल्लो १५ वर्षमा आफुले हासिल गरेका अनुभवलाई सँगालेकी छिन् । उनले यस किताबमा एक सफल यौनकर्मी बन्ने टिप्सहरु पनि प्रस्तुत गरेकी छिन् । किताबमा उनले आफुले अहिलेसम्म...
बारपाकमा भूकम्प स्मृति पार्क बन्दै

बारपाकमा भूकम्प स्मृति पार्क बन्दै

गोरखा, ९ मंसिर । १२ वैशाख ०७२ मा गएको भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भूकम्प स्मृति पार्क निर्माण प्रक्रिया सुरु भएको छ । भूकम्पमा परी ज्यान गुमाएकाहरूको सम्झनामा पार्क निर्माण गर्न लागिएको हो । ‘पार्कभित्र देशभरबाट भूकम्पमा ज्यान गुमाउनेको नाम ताम्रपत्रमा लेखी स्तम्भमा राखिनेछ,’ भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने । भूकम्पमा परी ज्यान गुमाउनेको जिल्लाअनुसार नाम राख्ने तयारी...
नेपालगञ्जमा डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द

नेपालगञ्जमा डेण्टल क्लिनिक र औषधि पसलको कारोबार बन्द

नेपालगञ्ज, ९ मंसिर । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ । जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो । यहाँको बिपी चोकस्थ...
यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन

यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन

सरकारले प्रदेश सभा बस्ने र प्रदेश सरकारका लागि आवश्यक कार्यालय भवनको खोजी गर्न थालेको छ । सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारी खटाएर सातवटै प्रदेशमा तत्काल आवश्यक पर्ने भवनको खोजी तीव्र पारिएको छ । दुई चरणमा हुने निर्वाचनबाट प्रदेश सभा सदस्य निर्वाचित भएर आउन अब एक महिना पनि बाँकी छैन । तर, सरकारले प्रदेश सभाका जनप्रतिनिधिलाई शपथ खुवाउने, प्रदेश सभा बस्ने र प्रदेशका कार्यालय राख्ने भवन...
एड्सका कारण ११३ जनाको मृत्यु

एड्सका कारण ११३ जनाको मृत्यु

बाँके, ९ मंसिर । एड्सका कारण बाँकेका १ सय १३ जना एचआइभी संक्रमितको मृत्यू भएको छ । आर्थिक वर्ष २०७३/०७४ असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा तेस्रो लिङ्गीमा समेत एचआइभी संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिङ्गी, ५३५ पुरुष र ४१४ जना महिलालाई एच...
केपी ओलीको घरमा बम विष्फोट

केपी ओलीको घरमा बम विष्फोट

झापा, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ । दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको केपीको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए । मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले त्यसलाई नेपाली सेनाका बम डिस्पोजल टोली निस्क्रिय परेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
विप्लवका दाई काठमाडौँबाट पक्राउ

विप्लवका दाई काठमाडौँबाट पक्राउ

काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ का दाई चन्द्र बहादुर चन्द ‘वीरजंग’ काठमाडौँबाट पक्राउ परेका छन् । पार्टीको लुम्बिनी व्यूरोको इन्चार्ज समेत रहेका चन्द्रबहादुर पक्राउ परेको उनको पार्टीले पुष्टि गरेको छ । पार्टी स्रोतका अनुसार छोराको उपचारका लागि काठमाडौं आएका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले न...
१० वर्षिया बालिकाको डुबेर मृत्यु

१० वर्षिया बालिकाको डुबेर मृत्यु

पोखरा, ९ मंसिर । पोखरा लेखनाथ महानगरपालिका–२५ मर्दीखोलामा आज एक बालिकाको डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो ठाउँ बस्ने चिना तामाङकी १० वर्षीया छोरा सोफिया बिहान घरबाट निस्केकीमा धेरैबेर घर नआएपछि आमाले खोजी गर्दै जाँदा दिउँसो खोलामा डुबेर मृतावस्थामा भेटिएको थियो ।
जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

रुकुम, ९ मंसिर । रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो । बेहुला बेहुलीको मृत्यु घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्र...
७७ जिल्लाको निर्वाचनमा ६४ हजार सैनिक परिचालित

७७ जिल्लाको निर्वाचनमा ६४ हजार सैनिक परिचालित

निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको छ । त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गतका बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि सतर्क अवस्थामा राखिएका छन् । सेनाले जम्मा ६४ हजार २० जनाको फौज खटाएको छ । यो कुल सैनिक संख्या ९६ हजार पाँच सयको करिब ६६ प्रतिशत हो । ‘हर...
२०७४ मंसिर ९ गते शनिबारको राशिफल

२०७४ मंसिर ९ गते शनिबारको राशिफल

वि.सं. २०७४ साल मंसिर ९ गते। शनिबार। इश्वी सन् २०१७ नोभेम्बर २५ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– सप्तमी, २८:५९ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। केही चुनौतीहरू देखिनेछन्। आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ। अधिकार सुरक्षा...
उदयपुरमा ‘बाम’ लाई लक्षित गरी बम प्रहार, स्थानीयबासी त्रसित

उदयपुरमा ‘बाम’ लाई लक्षित गरी बम प्रहार, स्थानीयबासी त्रसित

उदयपुर, ८ मंसिर । उदयपुरको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका–८ नेपालटारमा बामगठबन्धनका उम्मेदवारलाई लक्षित गरी बम प्रहार भएको छ । शुक्रबार साँझ करिव ६ बजेको समयमा गठबन्धनको नरेटारको कार्यक्रम सकेर नेपालटार फर्कदै गर्दा गठबन्धनका प्रतिनिधिसभा उमेदवार माओवादी केन्द्रका शुरेसकुमार राई ‘हिमाल’ र प्रदेशसभाका उम्मेदवार नारायण बुर्जामगर चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रत्यक्षदर्शी जीवन श्रे...
‘धनकुटालाई प्रादेशिक राजधानी बनाउँन बाम गठबन्धनको जित आवश्यक’

‘धनकुटालाई प्रादेशिक राजधानी बनाउँन बाम गठबन्धनको जित आवश्यक’

धनकुटा, ८ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज भण्डारीले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउँन बाम गठबन्धन धनकुटाका तीनै जना उम्मेदवारलाई जिताउँन आवश्यक रहेको बताएका छन । बाम गठबन्धनले शुक्रबार सिंधुवा बजारमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै भण्डारीले उस्तो बताएका हुन । बाम गठबन्धनको बहुमतले मात्र धनकुटा प्रादेशिक राजधानी बन्न सक्ने भन्दै भण्डारीले प्रतिनिधिसभामा राजे...
उदयपुरमा तीन वर्षीया बालिका बलात्कृत

उदयपुरमा तीन वर्षीया बालिका बलात्कृत

उदयपुर, ८ मंसिर । तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरका एक बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका–१ का बालकलाई बालिका करणीको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा १३ वर्षीय बालक घरबाटै पक्राउ परेका हुन् । घरका सवै सदस्यसँगै भएको बेला बालिकालाई अम्बा देखाई फकाएर कोठामा लगि बलात्कार गरेको बताईएको छ । आरोपीत बालकले सो कुरा स्वीकार गरेको प्रहरीको भ...
error: Content is protected !!