उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७४ साल माघ ४ गते। बिहीबार। इश्वी सन् २०१८ जनवरी १८ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– प्रतिपदा, ९:१९ बजेउप्रान्त द्वितीया।

Advertisement
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट भने अलि सजग रहनुपर्ला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउनेछ। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। काम बन्नाले मनग्गे लाभ हुनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य-चिन्ताले सताउनेछ। तापनि, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। प्रयत्न गर्दा चिताएका काम बन्नेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। पहिलेका कमजोरी भने सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। मान्यजन तथा आमाको सहयोगले फाइदा उठाउन सफल भइनेछ। आस मारेको नतिजा सकारात्मक हुन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिले साथ दिए पनि ईर्ष्या गर्नेहरूले सताउलान्। मान्यजन तथा अग्रजहरूसँग असमझदारी बढ्न सक्छ। तापनि छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। प्रयत्न गर्दा सिर्जनात्मक कौशल तथा लेखन शैलीमा निखारता आउने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि शुभचिन्तक फेला पर्नेछन्। तर बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा आफन्त टाढिन सक्छन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आयस्रोत राम्रो देखिए पनि तत्कालै फाइदा नहुन सक्छ। केही रकम हातलागी हुनेछ तर ऋणभार बढ्ने सम्भावनासमेत देखिन्छ। समस्या देखिए पनि धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!