Advertisement

काठमाडौं, ३ माघ। वाम गठबन्धनले सरकारले प्रदेश प्रमुख  र अस्थायी मुकाम तोक्ने निर्णयको  ‘मौन समर्थन’ गरेको छ । गठबन्धनले सरकारको  निर्णयपछि राष्ट्रियसभा निर्वाचनको प्रक्रिया अघि बढ्ने समेत प्रतिक्रिया  दिएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारको निर्णयले  राष्ट्रियसभा निर्वाचनमा  देखिएको अन्योलता हटेको  भन्दै अब सहज ढंगले निर्वाचन प्रक्रिया सहज ढंगले अघि बढ्ने प्रतिक्रिया दिइन् ।

‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जिम्मेवारी सरकारले पुरा गरेको छ । स्थायी  प्रदेश राजधानी प्रदेशसभाले तोक्ने भएकाले   यो ठूलो कुरा रहेन’, भुसालले भनिन्, ‘ प्रदेश प्रमुखको विषय नयाँ बन्ने सरकारले पुनर्विचार गर्छ ।’

उनले प्रदेश प्रमुख र अस्थायी मुकामको विषयमा विवाद गरिरहनु  नपर्ने समेत प्रतिक्रिया दिइन् ।

यस्तै एमाले सचिव तथा पार्टी प्रचारविभाग प्रमुख योगेश भट्टराईले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको निर्णयमा कुनै टिप्पणी गरिरहन जरुरी नभएको बताए ।

बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!