मालदिभ्स् राजनीतिक संकट: प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति गैयुम पक्राउ
माले, २३ माघ । केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ ।
सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वाेच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
मङ्गलबार बिहानको यो नाटकीय परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जना...






























