पञ्चाङ्ग निर्णायक समिति बाट २०७५ का लागि १३ पात्रो स्वीकृत

पञ्चाङ्ग निर्णायक समिति बाट २०७५ का लागि १३ पात्रो स्वीकृत

काठमाडौँ, २२ माघ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाशदर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि रहेको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यी सबै पञ्चाङ्गले विसं २०७४ मा पनि स्वीकृति पाएका थिए । स्वीकृ...
पहिरोमा परी दुईजनाको मृत्यु

पहिरोमा परी दुईजनाको मृत्यु

अछाम, २२ माघ ।  मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नन्द विष्टको घर छाउने ढुंगा निकाल्ने क्रममा आइतबार माथिबाट पहिरो आई पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोमा परेर नन्द विष्टसमेत घाइते भएकाले उपचारका लागि स्थानीय बयलपाटा अस्पतालमा पठाइएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले...
खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एशियाकै अग्रस्थानमा

खुल्ला बजेट सर्वेक्षणमा नेपाल दक्षिण एशियाकै अग्रस्थानमा

काठमाडौँ, २२ माघ । नेपाल खुल्ला बजेट सर्वेक्षण, २०१७ मा दक्षिण एशियामै अग्रस्थानमा देखिएको एक विश्वव्यापी अध्ययनले देखाएको छ । सन् २००६ देखि नेपालको खुल्ला बजेट छलफलमा सहभागी हुन थालेको हो । जसअनुसार नेपालले २००६ मा ३६ अंक , २००८ मा ४३ अंक, २०१० मा ४५ अंक, २०१२ मा ४४ अंक, २०१५ मा २४ र यस वर्ष (२०१७) मा ५२ अंक प्राप्त गरेको हो । सर्वेक्षण प्रत्येक दुई/दुई वर्षमा गरिन्छ । दक्षिण एशियामा नेपालप...
प्रदेशसभा सदस्य औपचारिक पोशाकमा

प्रदेशसभा सदस्य औपचारिक पोशाकमा

पोखरा, २२ माघ । प्राकृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकमा नेपालको संविधानको भावनाअनुरुप सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधता छर्लङ्ग देखिएको छ । नेपाली जनताको ठूलो बलिदानबाट जारी भएको संविधान कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको प्रदेशसभाको बैठकमा आउने धेरैजसो सदस्य औपचारिक पोशाकमा देखिन्थे । रातो कार्पेटकै झल्को दिने किसिमले...
सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने

सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने

रौतहट, २२ माघ ।  धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली०को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो । गत अ...
ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’: उत्तर कोरिया

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत’: उत्तर कोरिया

प्योङयाङ, उत्तर कोरिया, २२ माघ । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो । गत हप्ता अमेरिकी ‘स्टेट अफ द यूनियन’ मा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले आफ्नो वस्तीको सुरक...
सिद्धार्थ बैंकद्वारा आश्रमलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकद्वारा आश्रमलाई आर्थिक सहयोग

बेनी, म्याग्दी, २२ माघ ।  सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ । आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई र...
प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दै

प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दै

पोखरा, २२ माघ । पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज बस्दैछ । बैठकलाई लक्षित गरी चिटिक्क सिंगारिएको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गर्नुहुने सो बैठकमा संसदीय परम्पराअनुसार शुरुमा प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढिनेछ । त्यस्तै आजको ...
प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

प्रेमिकाको हत्या गर्ने युवक पक्राउ

फलेवास, पर्वत, २२ माघ ।  आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए । तर मृत...
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब खर्च

कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब खर्च

काठमाडौं, २२ माघ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाइल्यान्ड...
कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज

अछाम, २२ माघ ।  पूर्व पश्चिम जोड्ने पुष्पलाल (मध्य पहाडी) लोक मार्गअन्तर्गत अछाम र दैलेखको सीमा कर्णाली नदीमा पक्की पुल बनेसँगै यात्रा गर्न सहज हुने भएको छ । मध्य पहाडी लोकमार्गमा निर्माण हुने ८० पक्की पुलमध्ये अछाम र दैलेखको सीमा कर्णाली नदीको बेलखेतमा निर्माण भएको पुल सबैभन्दा लामो दुई सय मिटरको छ । लोकमार्गका ४८ पक्की पुल निर्माण भइसकेका र ३२ पुल निमार्णाधीन अवस्थामा रहेको आयोजना प्रमुख सु...
पुनः राष्ट्रपति हुने भण्डारीको इच्छा

पुनः राष्ट्रपति हुने भण्डारीको इच्छा

काठमाडाैँ, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लन्च मिटिङ’ गरेकी छन् । शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवास बोलाई झन्डै पाँच घण्टा लामो भेट गरेकी हुन् । दुई अध्यक्षसँग राष्ट्रपतिको भेटबारे राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा.भेषराज अधिकारीले पुष्टि गरे पनि कुराकानीको एजेन्डाका वि...
भावी प्रधानमन्त्रीका जिल्लामा साढे तीन खर्बका योजना भित्रिए

भावी प्रधानमन्त्रीका जिल्लामा साढे तीन खर्बका योजना भित्रिए

दमक, २२ माघ । भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा दमकमा साढे तीन खर्ब बजेटका योजना भित्रिएका छन् । सरकारले केही योजना निर्माणको तयारी थालेको छ भने केही वैदेशिक सहायतामा निर्माण हुँदैछन् । कतिपय योजना डिपिआर तयार भएर निर्माणको तयारीमा छन् । दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्ध मूर्ति र औद्योगिक पार्कको डिपिआर तयार भएर काम अघि बढेको छ । अघिल्लो निर्वाचनमा जनअ...
सडक सञ्चालन भएपछि स्थानीयवासी हर्षित

सडक सञ्चालन भएपछि स्थानीयवासी हर्षित

धनकुटा, २२ माघ । धनकुटाको लेगुवाघाट हुँदै संखुवासभाको मुढे शनिश्चरे बजार जोड्ने १२ किलोमिटर ग्रामीण कृषि सडक सञ्चालनमा आए सँगै स्थानीयवासी हर्षित भएका छन् । ग्रामीण पुनःनिर्माण तथा पुनःस्थापना परियोजनाले दुई वर्षअघि निर्माण थालेको पाँच मिटर चौडा १२ किलोमिटर लम्बाइ रहेको सडकमा यात्रुवाहक र ढुवानीका साधन सञ्चालनका लागि अनुमति दिएपछि स्थानीयवासीमा खुशी छाएको छ । परियोजनाले जिल्ला प्राविधिक कार्या...
पैँतीस प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

पैँतीस प्रतिशत भुकम्प पीडितले अझै घर निर्माण गरेनन्

चौतारा, २२ माघ । भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन् । पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन् । जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता...
पूर्वराजा आज धार्मिक भ्रमणमा भारत जाँदै

पूर्वराजा आज धार्मिक भ्रमणमा भारत जाँदै

काठमाडौं, २२ माघ । पुर्वराजा ज्ञानेन्द्र शाह भोली सोमबारदेखि भारत भ्रमणमा जानुहुने भएको छ । आज दिउसो साढे ४ बजे कलकत्ता जान लाग्नुभएको हो । उहाको साथमा निजी सचिव सागर तिमल्सिना, शाही अर्दली, निजी सुरक्षाकर्मी लगायतका करिब आधा दर्जन टोली रहनेछन् । उडिसा राज्यको धार्मिक भ्रमणमा निस्कन लाग्नुभएका पुर्व राजाा ज्ञानेन्द्र करिब एक साता भारतमै बस्ने कार्यक्रम रहेको छ । नेपाल फर्के लगत्तै उहा सिमरा जान...
२०७४ माघ २२ गते सोमबारको राशिफल

२०७४ माघ २२ गते सोमबारको राशिफल

वि.सं. २०७४ साल माघ २२ गते। सोमबार। इश्वी सन् २०१८ फेब्रुवरी ५ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– पञ्चमी, १२:२५ बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। ...
कूटनीतिक अध्ययन संस्थाद्वारा स्वराज भ्रमणको स्वागत

कूटनीतिक अध्ययन संस्थाद्वारा स्वराज भ्रमणको स्वागत

काठमाडौँ, २१ माघ ।  कूटनीतिक अध्ययन संस्थाले हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गर्नुभएको नेपाल भ्रमणको स्वागत गरेको छ । संस्थाले आज जारी गरेको एक विज्ञप्तिमा भनेको छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समाप्त भई वामपन्थीको नेतृत्वमा सरकार गठन गर्ने पूर्वसन्ध्यामा आफ्नो विशेषदूतको रुपमा स्वराजको नेतृत्वमा पठाएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेप...
चिनियाँ प्रतिनिधिमण्डल र नेपाली उद्यमीबीच भेटवार्ता

चिनियाँ प्रतिनिधिमण्डल र नेपाली उद्यमीबीच भेटवार्ता

काठमाडौँ, २१ माघ । नेपाल उद्योग वाणिज्य महासंघ र चीनबाट व्यावसायिक वार्ताका लागि नेपाल आएका प्रतिनिधिमण्डल बीच आज भेटवार्ता भएको छ । महासंघ सचिवालयमा आज भएको भेटवार्तामा दुवै देशका निजी क्षेत्रबीचमा आपसी सम्बन्धलाई विकास गर्ने र नेपालमा लगानी गर्न चाहने चिनियाँ व्यवसायीलाई सहजीकरण गर्ने विषयमा छलफल भएको उद्योग वाणिज्य महासंघले जनाएको छ । ग्वाङ्गजाओका लागि नेपाली महावाणिज्यदूत रवि भट्टराईको समन...
भूपू सैनिक सम्मेलनः एकसय तीन वर्षका भूपू सैनिकसमेत सहभागी

भूपू सैनिक सम्मेलनः एकसय तीन वर्षका भूपू सैनिकसमेत सहभागी

चितवन, २१ माघ । नेपाली सेनाले भूपू सैनिक सम्मेलन एवं स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपाली सेना सैनिक कल्याणकारी बोर्डको आयोजनामा श्री मध्य पृतना हेटक्वाटर चितवनमा आयोजित सम्मेलनको प्रधान सेनापति रवीन्द्र क्षेत्रीले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाले देशको सार्वभौमक्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा गर्दै आएको र सदैव रक्षा गर्ने प्रतिबद्धता व्यक्त...
पोखरामा प्रदेशसभाको पूर्वाभ्यास बैठक ११ मिनेट चल्यो

पोखरामा प्रदेशसभाको पूर्वाभ्यास बैठक ११ मिनेट चल्यो

पोखरा, २१ माघ । मुलुकको सुन्दर पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभा बैठकको आज ११ मिनेट पूर्वाभ्यास सम्पन्न गरियो । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४ः२९ बजेदेखि ४ः४० बजेसम्म चल्यो । भोलि सोमबार विहान ११ बजे प्रदेशसभाको पहिलो अधिवेशन बस्दैछ । यो प्रदेशमा ११ जिल्लाबाट ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका ६० जना सां...
निर्वाचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र तोकियो

निर्वाचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र तोकियो

काठमाडौँ, २१ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले स्थानीय तह र प्रदेशसभा सदस्यमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएको प्रमाणपत्रको अतिरिक...
वर्तमान सरकारको निर्णय उल्टिन सक्छन्ः नेता महरा

वर्तमान सरकारको निर्णय उल्टिन सक्छन्ः नेता महरा

दाङ, २१ माघ ।  नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ । टरिगाउँ विमानस्थलमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले गरेका कतिपय निर्णयलाई अब बन्ने सरकारले उल्टाउँछ, जथाभावी निर्णय गर्ने यो सरकारको काम होइन ।” वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी मुकामले देशैभरि विव...
काँग्रेसका जिल्ला सभापति संखुवासभामा

काँग्रेसका जिल्ला सभापति संखुवासभामा

संखुवासभा, २१ माघ । नेपाली काँग्रेस संखुवासभाद्वारा आयोजित सात सभापतिको देश दौडाहा अभियान अन्तर्गत संखुवासभा भ्रमण कार्यक्रम सदरमुकाम खाँदबारीमा सम्पन्न भएको छ । रोल्पा सभापति एवं सिँचाइ राज्यमन्त्री अमरसिंह पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुनले मुलुकको बदलिँदो परिस्थितिमा जनता र पार्टीका कार्यकर्ताको जनभावना बुझेर अघि बढ्नुपर्ने बताउनुभयो । राज्यमन्त्री पुनले हालै सम्पन्न भएको स...
वाम गठबन्धनले मुलुकमा नयाँ किसिमको समाजवाद ल्याउने: उपाध्यक्ष गौतम

वाम गठबन्धनले मुलुकमा नयाँ किसिमको समाजवाद ल्याउने: उपाध्यक्ष गौतम

काठमाडौँ, २१ माघ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले नेपालमा वाम गठबन्धनले नयाँ किसिमको समाजवाद ल्याउने बताउनु भएको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संसारले नेपालबाट सिक्ने खालको समाजवाद ल्याउने बताउनुभयो । उहाँले कार्लमाक्र्स र लेनिनले भनेजस्तो समाजवाद ल्याइने बताउँदै उहाँले भन्नुभयो, “तर माक्र्स र लेनिनले भनेको बाटोका आधारम...
प्रदेशसभाको पूर्वाभ्यास बैठक सञ्चालन

प्रदेशसभाको पूर्वाभ्यास बैठक सञ्चालन

विराटनगर, २१ माघ । सोमबार हुने प्रदेश नं १ को पहिलो बैठकका लागि आज जिल्ला समन्वय समितिको सभाकक्षमा पूर्वाभ्यास बैठक सञ्चालन गरियो । सो अवसरमा प्रदेश ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले सभा सञ्चालन गर्नुभयो । उहाँले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङबाट प्राप्त पत्र सुनाउँदै प्रदेशसभा सदस्यलाई स्वागत गर्दै बैठक सञ्चालन गर्नुभयो । सो अवसरमा ज्ञात अज्ञात शहीदको सम्झनामा एक मिनेट मौनधारण गरिएको थ...
शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

पालुङ, मकवानपुर, २१ माघ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताउनुभएको छ । थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनश...
माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको साधारण शेयर आउँदै

काठमाडौँ, २१ माघ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो । माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्...
ओख्रेमा लिफ्ट प्रणालीबाट सञ्चालन हुने खानेपानी आयोजना अन्तिम चरणमा

ओख्रेमा लिफ्ट प्रणालीबाट सञ्चालन हुने खानेपानी आयोजना अन्तिम चरणमा

धनकुटा, २१ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार स्थित अाेख्रेमा सञ्चालन हुने ओख्रे खानेपानी तथा सरसफाई आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी वैशाख १८ गते सम्ममा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजनाको ८० प्रतिशत कार्य सम्पन्न भएको प्राविधिक बीरबहादुर भण्डारीले जानकारी दिए । गत वर्ष असार दोश्रो सातादेखि थालिएको आयोजनाको ईन्टेक,सम्प वेल,रिर्जवर टयाङ्की निमार्ण लगा...
सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो: प्रम

सनातन धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व हो: प्रम

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सनातनदेखि धर्मसंस्कृतिको संरक्षण राष्ट्रको दायित्व भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित गाम्चामा रहेको ग्रामसुधार आधारभूत विद्यालय तथा शिवपाञ्चायन मन्दिरको सहयोगार्थ आजदेखि शुरु भएको श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले शैक्षिक एवं धार्मिक संस्थाको पूर्वाधार निर्माण गर्न सबैको सहयोग हुनुपर्ने बताउनुभयो । “स...
तीन एचआइभी एड्स संक्रमित फेला

तीन एचआइभी एड्स संक्रमित फेला

लिबाङ, रोल्पा, २१ माघ । यही माघमा मात्र यहाँ तीन जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । रोल्पा प्लसका अध्यक्ष राधा विकले माडी गाउँपालिकाका एक दम्पती संक्रमित भएको र तिनको नवजात शिशु पनि संक्रमित हुन सक्ने बताउनुभयो । साथै सुवर्णावती गाउँपालिकामा पनि एक महिला संक्रमित भएको खुलेको छ । प्रवासी श्रीमान्का कारण श्रीमान्–श्रीमती दुवै संक्रमित बन्न पुगेको अध्यक्ष विकको भनाइ छ । यी थप तीनसहित हाल ज...
error: Content is protected !!