रासस

काठमाडौँ, २२ माघ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल इरानमा भएको इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिकल पार्टीजको सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता हुनु भएको छ ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वप्रधानमन्त्री नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा सहभागी राष्ट्रका अधिकांश प्रतिनिधिले एशिया क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) लाई साझा विषय बनाउनुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।

नेपालको शान्ति प्रक्रिया र विकासका लागि पनि ओबोरको अवधारणालाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

इरानको राजधानी तेहरानमा यही माघ १९ र २० गते भएको सम्मेलनमा एशियाका ३०० भन्दा बढी राजनीतिक दल सहभागी थिए । सम्मेलनमा सहभागी हुन नेता नेपाल यही माघ १७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!