पोखरा, २२ माघ । देशमा संघीयताको कार्यान्वयनसँगै भएको प्रदेश सभाको पहिलो बैठकमा बोल्ने सांसदले संघीयताको विरोधदेखि पृथ्वीनारायणको स्तुतिसम्मको भाका हाले ।

Advertisement

संसदमा बोल्न पाएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ भनेपछि सभाहलमा रहेका सांसदले मुखामुख गरे । दर्शकदीर्घामा खासखुस र कल्याङमल्याङ चल्यो ।

संघीयताकै कारण प्रदेश सांसद बनेका थापाले संघीयता अत्यन्तै खर्चिलो र यसबाट जनता असुरक्षित भएको बताएपछि अरु सांसद आश्चर्यमा परेजस्ता देखिन्थे ।

सांसद थापाले फरार सांसद दीपक मनाङेप्रति लक्षित गर्दै यस्ता व्यक्तिलाई संरक्षण गर्ने पार्टी पनि सच्चिनुपर्ने भन्दै एमालेप्रति प्रदेशसभाबाटै व्यंग्य गर्न समेत भ्याए ।

नेकपा एमालेका सांसद एवं मुख्यमन्त्रीका दुईजना दाबेदारले पृथ्वीनारायणको स्तुति गर्दा एमालेकै केही सांसदले मुख बिगारे ।

पहिलो वक्ताका रुपमा मञ्चमा उक्लेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्तव्य नै पृथ्नीनारायण शाहले गरेको एकताको प्रसंगबाट सुरुवात गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!