नागरिक

भक्तपुर, २३ माघ । भक्तपुरको झौखेलमा मंगलबार विहान विद्युत सर्ट भई आगलागी भएको छ । बिहान अन्दाजी साढे दुई बजे चाँंगुनारायण नगरपालिका २ झौखेलमा राजेश मचामसीले संचालन गरेको राजेश फर्निचर उद्योगमा आगोलागी भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासबाट सवा तीन बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको परिसरका प्रबक्ता कृष्ण प्रसाईले बताए।

आगोलागीबाट  काठ, प्लाई, बन्न लागेको दराज, मेसिन, रंग, ग्यास सिलिण्डर लगायत अन्दाजी दस लाख बराबरको घनमाल तथा जिन्सी सामानहरुको क्षति भएका प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!