हुस्सुले आन्तरिक उडान प्रभावित
काठमाडौँ, ४ पुस। तराई क्षेत्रमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका कतिपय आन्तरिक उडान प्रभावित भएको छ ।
हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमा समेत पटक–पटक अवरोध हु...



























