काठमाडौं, १३ फागुन । विद्यालयमा शिक्षकले हरेक दिन विद्यार्थीको हाजिर गर्छन् र पठनपाठन सुरु गर्छन् । तर अर्घाखाँचीका विद्यालयहरुमा भने शिक्षकले विद्यार्थीको नभएर विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् ।

काराबोर दैनिकका अनुसार जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउन विद्यार्थीले शिक्षकको हाजिर गर्ने तिथी बसालेको छ । जिल्ला शिक्षा कार्यालयले नयाँ चलन बसालेसँगै पठनपाठनमा सुधार आएको छ ।

Advertisement

दिनभर कुन शिक्षक कति समयमा कक्षाकोठमा पढाउन आउँछन्, कति समय पढाउँछन् भनेर विद्यार्थीहरुले हाजिर गरेर राख्ने गर्छन्। विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि शिक्षकहरु समयमै कक्षाकोठामा गएर पढाउन थालेको जनज्योति मावि सन्धिखर्कमा अध्ययनरत विद्यार्थी मुना पन्थीको भनाइलाई कोट गर्दै कारोबार दैनिकले यो समाचार लेखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!