जाकार्ता, १२ फागुन। इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् ।

Advertisement

यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको जाकार्ताबाट प्राप्त समाचारमा जनाइएको छ ।

यहाँको बे्रबस जिल्लाको पासिर पान्जाङ गाउँमा गएको यस पहिरोको उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरणहरु प्रयोग गर्न नसकेका कारण उद्धारकार्यमा कठिनाई भएको बताइएको छ ।

पहिरो गएको क्षेत्रको भौगोलिक विकटताका कारण यसरी उद्धारका लागि उपकरण प्रयोगमा कठिनाइ उत्पन्न भएको अधिकारीहरुले जनाएका छन् ।

यस उद्धारकार्यमा प्रहरी, सेना र स्थानीयवासीको समेत सहभागीता रहेको प्रकोप नियन्त्रण कार्यालयले जनाएको छ ।

यस पहिरोमा परेका १४ किसानहरुलाई जिवीतै उद्धार गरिएको तर सामान्य रुपमा घाइते भएका सो नियकायले जनाएको छ । घाइतेहरुको नजिकैकाके अस्पतालमा उपचार भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!