खोटाङका चार साना उद्यमी सम्मानित

खोटाङका चार साना उद्यमी सम्मानित

खोटाङ, ४ माघ। लामो समयदेखि निरन्तर घरेलु तथा साना उद्योगको माध्यमबाट स्वावलम्बी तथा आत्मनिर्भर बनिरहेका खोटाङका चार उद्यमी सम्मानित भएका छन् । स्वाभिमानी, स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्दै घरेलु तथा साना उद्योगको प्रवद्र्घनमा महत्वपूर्ण योगदान पु¥याउने चारजना उद्यमीलाई घरेलु तथा साना उद्योग विकास समिति जिल्ला शाखाले बुधबार सम्मान गरेको हो । विसं २०४२ देखि निरन्तर दिक्तेलमा साना किसान ...
राष्ट्रिय सभा निर्वाचन: गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने

राष्ट्रिय सभा निर्वाचन: गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने

काठमाडौँ, ४ माघ । वाम गठबन्धनले राष्ट्रिय सभा चुनावमा ४३ सिट जित्ने आकलन गर्दै त्यति नै सिटमा मात्र उम्मेदवारी दिने भएको छ । राष्ट्रिय सभाका ५९ मध्ये ५६ सांसद निर्वाचनबाट चुनिन्छन् । तर गठबन्धनले ४३ सिटमा मात्र उम्मेदवारी दिन लागेको हो । त्यसमा एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने सहमति भएको छ ।   राष्ट्रिय सभाका उम्मेदवारलगायतका विषयमा गृहकार्य गर्न गठित गठबन्धनको कार्य...
चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

काठमाडौं, ४ माघ। चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ। पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्...
२०७४ माघ ४ गते बिहीबारको राशिफल

२०७४ माघ ४ गते बिहीबारको राशिफल

वि.सं. २०७४ साल माघ ४ गते। बिहीबार। इश्वी सन् २०१८ जनवरी १८ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– प्रतिपदा, ९:१९ बजेउप्रान्त द्वितीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। सम...
सरकारको निर्णय बिरुद्ध धनकुटामा मसाल जुलुश

सरकारको निर्णय बिरुद्ध धनकुटामा मसाल जुलुश

धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा मसाल जुलुश प्रदर्शन गरिएको छ । सरकारी निर्णय प्रति बिरोध जनाउँदै जुलुश प्रदर्शन गरिएको हो । भीमनारायण चौकबाट सुरु भएको मसाल जुलुश बीचबजार, परिचयमोड, हुलाकटोल हुँदै मदनचौकमा पुगेको थियो । सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद, धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर जस्ता नारा ...
म्यानमारका रोहिंग्या शरणार्थी बङ्गलादेशबाट फर्काइँदै

म्यानमारका रोहिंग्या शरणार्थी बङ्गलादेशबाट फर्काइँदै

नेपित, ३ माघ। म्यानमारका रोहिंग्या शरणार्थीलाई बङ्गलादेशबाट फिर्ता गर्न लागिएको समाचार जनाइएको छ । म्यानमार र बङ्गलादेशद्वारा ती शरणार्थीलाई फिर्ता गर्ने विषयमा यही जनवरी २३ देखि स्वदेश फर्काइँने सहमत भएको बताइएको हो । मङ्गलबार म्यानमारमा भएको दुवै देशका विदेशमन्त्रीको बैठकमा सो सहमति भएको थियो । नेपितमा भएको सहमति बमोजिम यी दुवै देश आगामी जनवरी २३ देखि शरणार्थीलाई स्वदेश फर्काउने बारेमा ...
राखिनमा बौद्धमार्गीहरुको ¥यालीमा गोली प्रहार, सातको मृत्यु

राखिनमा बौद्धमार्गीहरुको ¥यालीमा गोली प्रहार, सातको मृत्यु

याङ्गुन, ३ माघ। म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको ¥यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा परी सात व्यक्तिको मृत्यु भएको छ । यसमा परी अरू कैयौँ घाइते भएका समाचारमा जनाइएको छ । बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ । एकजना प्रहरी अधिकारीले भनेका छन्– उक्त ¥यालीमा जम्मा...
प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयप्रति माओवादी केन्द्रका नेता महराको ध्यानाकर्षण

प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णयप्रति माओवादी केन्द्रका नेता महराको ध्यानाकर्षण

काठमाडौँ, ३ माघ। सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विव...
धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै सरकार बिरुद्ध प्रदर्शन

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै सरकार बिरुद्ध प्रदर्शन

धनकुटा, ३ माघ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज साँझ धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् । सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद जस्ता नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो । सरकारले धनकुटा आन्दोलनको विरुद्धमा निर्णय गरेकाले अव आन्दोलन श...
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको निर्णयमा वाम गठबन्धनको ‘मौन समर्थन’

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको निर्णयमा वाम गठबन्धनको ‘मौन समर्थन’

  काठमाडौं, ३ माघ। वाम गठबन्धनले सरकारले प्रदेश प्रमुख  र अस्थायी मुकाम तोक्ने निर्णयको  ‘मौन समर्थन’ गरेको छ । गठबन्धनले सरकारको  निर्णयपछि राष्ट्रियसभा निर्वाचनको प्रक्रिया अघि बढ्ने समेत प्रतिक्रिया  दिएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारको निर्णयले  राष्ट्रियसभा निर्वाचनमा  देखिएको अन्योलता हटेको  भन्दै अब सहज ढंगले निर्वाचन प्रक्रिया सहज ढंगले अघि बढ्ने प्रतिक...
राष्ट्रियसभाका ४३ सिटमा एमाले माओवादी भागवण्डा

राष्ट्रियसभाका ४३ सिटमा एमाले माओवादी भागवण्डा

काठमाडौ, ३ माघ। एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने गरी संख्या निर्धारण गरेका छन् । सात प्रदेशबाट ५६ सदस्यका लागि हुने निर्वाचनमा दुई दलले ४३ सिट बाँडफाँड गरेका छन् भने १३ सिट साना दलका लागि साँचेको छन् । एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाम गठबन्धनको ६ सदस्यीय कार्यदलले यस्तो सहमति गरेको हो । कार्यदलको आज बसेको बैठकपछि ने...
प्रदेश प्रमुख गोविन्द सुब्बा : मेयरमा पराजित, पूर्वकम्युनिष्ट

प्रदेश प्रमुख गोविन्द सुब्बा : मेयरमा पराजित, पूर्वकम्युनिष्ट

धरान, ३ माघ। प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा नियुक्ति पाएका डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नेपाली कांग्रेसका कार्यकर्ता हुन् । तर बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियुका कार्यकर्ता थिए । बहुदल आइसकेपछि मात्रै सुब्बा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । डा. सुब्बा हाल नेपाल तथा एशियाली अध्ययन केन्द्र (सिनास) का प्राध्यापक हुन् । धनकुटाको बञ्चरेमा जन्मेर धरानलाई कर्मथल...
सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा

सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा

काठमाडौं, ३ माघ। सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भन ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ म...
सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश १ को मुकाम बिराटनगर

सरकारले ताेक्याे सातवटै प्रदेशको अस्थायी मुकाम, प्रदेश १ को मुकाम बिराटनगर

काठमाडौं, ३ माघ। सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा  मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिए। जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

भक्तपुर, ३ माघ। मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो । केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको...
राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी

काठमाडौँ, ३ माघ। प्रदेश नम्बर ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबार देखि डोटीमा पुनः बन्द आह्वान गरिएको छ । यस अघि पनि प्रदेश राजधानी माग गर्दै एक हप्ता लामो आम हड्ताल भइसकेको छ । सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायल बाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका सबैले आ–आफ्नो नागरिकता सोही कार्यालयमार्फत सरकारलाई फिर्ता गर्ने निर्णय...
धनकुटेलीद्धारा सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

धनकुटेलीद्धारा सुरक्षा घेरा तोड्दै क्षेत्रीय प्रशासनमा तालाबन्दी

धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् । बजारबाट जुलुशसहित क्षेत्रीय प्रशासन पुगेका जिल्लाबासीले प्रहरीको सुरक्षा घेरा तोड्दै कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीलाई कार्यालय बाहिर निकालेर तालाबन्दी गरिएको हो । तालाबन्दीका लागि प्रदेशसभाका सांसद निरन राई, ईन्द्रमणी पराजुली लगायतको...
देशको ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच

देशको ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच

काठमाडौँ, ३ माघ। देशभर वित्तीय पहुँच ४० प्रतिशत जनसंख्यामा पुगेको पाइएको छ । मिडिया इन्टर्नलद्वारा आज यहाँ आयोजित ‘मुलुकमा वित्तीय संस्थाको अवस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकका सूचना अधिकृत शम्भुनाथ ढुंगानाले अधिकांश वित्तीय संस्था शहर केन्द्रित भई गाउँमा जान नसकेकाले वित्तीय साक्षरता भने देशरभर १८ प्रतिशतमा सीमित रहेको जानकारी दिनुभयो । बीमा समितिका निर्देशक राजुरमण पौडेलले म...
सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

सल्यानमा ३३ करोडको सुन्तला उत्पादन

सल्यान, ३ माघ। यस वर्ष जिल्लामा रु ३३ करोड चार लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माका अनुसार यस वर्ष एक हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन...
विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी

बेँसीशहर, लमजुङ, ३ माघ। जिल्लाका ५६ विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लाका १० विद्यालयमा पाँच जनाभन्दा कम विद्यार्थी पाइएको छ भने चालु शैक्षिक सत्रमा एउटा विद्यालयमा एक जना मात्र विद्यार्थी रहेको पनि पाइएको छ । तीन विद्यालयमा दुई–दुई जना, दुई विद्यालयमा तीन–तीनजना, दुई विद्यालयमा चार–चार जना र दुई विद्यालयमा पाँच–पाँच जना विद्यार...
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु

सल्यान, ३ माघ। सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना कर्मचारीको मृत्यु भएको छ । मंगलबार राति रा ४ प २०१२ नंको मोटरसाइकल बागचौर नजिकै दुर्घटना हुँदा पशु सेवा कार्यालय बागचौरमा कार्यरत ५४ वर्षीय पूर्णबहादुर डाँगीको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार बेलुकी कार्यालय समय सकेर घर फर्कने क्रममा बागचौर पातीहाल्न सडकखण्डको शारदा नदीनजिकै मोटरसाइकल दुर्घटना हुँदा डाँगीको घटनास्थलमै मृत्यु भएको इल...
नवीकरणबाट एक करोड राजश्व

नवीकरणबाट एक करोड राजश्व

भद्रपुर, ३ माघ। घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ । उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट रु २५ लाख ३३ हजार था वाणिज्य प्रशासनतर्फ रु ९४ लाख ६६ हजार राजस्व संकलन भएको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । प्रथम चौमासिकको चार महिनाको अवधिमा ३२...
प्रदेशकाे अस्थायी मुकामबारे मन्त्रिपरिषद बैठकमा विवाद

प्रदेशकाे अस्थायी मुकामबारे मन्त्रिपरिषद बैठकमा विवाद

काठमाडौं, ३ माघ। प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए । एक मन्त्रीले भने, ‘सबैले आफ्नो अनुकुल अस्थायी मुकाम ...
अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

अमेरिकाद्वारा प्यालेस्टिनी सहयोग रोक्का

वासिङ्टन, ३ माघ। संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनीहरूलाई गरी आएको सहयोगको आधा रकम रोक्का गरेको घोषणा गरेको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको एउटा निकायलाई अमेरिकाले उपलब्ध गराउँदै आएको भनिएको सो रकम अमेरिकाले आफ्नो तर्फबाटै एकतर्फी रोकेको हो । अमेरिकाको यस्तो कदमले सङ्कटमा रहेका भनिएका लाखौँ मानिसलाई असर गर्ने संयुक्त राष्ट्रसंघका एक अधिकारीले जानकारी दिएका छन् । अमेरिकाले प्याले...
प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार

प्रचण्डको चुनावी खर्च नौ लाख ९४ हजार

  रत्ननगर, चितवन, ३ माघ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ । उहाँले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । अध्यक्ष दाहाल चितव...
आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, स्थिती तनावपूर्ण (भिडियोसहित)

आन्दोलनकारी र सुरक्षाकर्मीवीच झडप, स्थिती तनावपूर्ण (भिडियोसहित)

धनकुटा, ३ माघ । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच आज झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप हुँदा दुई जना प्रदर्शनकारी घाईते भएका छन् । झडपका क्रममा धनकुटा–६ का जेसिज श्रेष्ठको टाउको फुटेको छ भने अजित पाख्रीनको हातमा चोट लागेको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिए । प्रहरीले सुरक्...
हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद, अफगानिस्तान, ३ माघ। पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय सरकारले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा जनाइएको छ । अफगान गुप्तचर निकायले दिएको सूचनाको आधारमा खोगीआनी जिल्लामा मङ्गलबार साँझ तालिबान आतङ्ककारी लुक...
पसलमा आगलागी हुँदा ४० लाख क्षति

पसलमा आगलागी हुँदा ४० लाख क्षति

विराटनगर, ३ माघ।  विराटनगरको मेनरोडस्थित ट्राफिक चोक नजिकको एक तयारी कपडा पसलमा आज बिहान आगलागी हुँदा करिब रु ४० लाख बराबरको धनमाल क्षति भएको छ । विराटनगर–६ निवासी प्रशन्न वैद्यको ट्याग फेसन वेयरमा विद्युत् चुहावट भई भएको आगलागीबाट पसलमा रहेको तयारी ५० प्रतिशतभन्दा बढी कपडा जलेर नष्ट भएको छ । आज बिहान ५ बजेतिर आगलागी भएकोे र आगोलागीमा परी अनुमानित रु ४० लाख मूल्य बराबरको धनमाल क्षति भएको वडा प्र...
आजै दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने

आजै दिउँसो ३ बजे पुनः मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौँ, ३ माघ। प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्नका लागि बसेको मन्त्रिपरिषद् बैठकले थप छलफल गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन । बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्...
धनकुटामा मोटरसाईकल तोडफोड

धनकुटामा मोटरसाईकल तोडफोड

धनकुटा, ३ माघ । बन्द अवज्ञा गरेको भन्दै आज धनकुटामा एउटा मोटरसाईकल तोडफोड गरिएको छ । धनकुटा–६ स्थित आत्मारा ढाटमा को.२६ प ५६११ नम्बरको मोटरसाईकल तोडफोड गरिएको हो । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आज देखि पुनः अनिश्चितकालिन आमहड्ताल आवहन गरिएको हो । आमहड्तालका कारण बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित बनेको छ ।
आमहड्तालले धनकुटाको जनजीवन प्रभावित

आमहड्तालले धनकुटाको जनजीवन प्रभावित

धनकुटा, ३ माघ। धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै आजदेखि पुनः अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । प्रादेशिक राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेको धनकुटालाई राजधानी घोषणा गर्न सरकारले आनाकानी गरेको भन्दै आमहड्ताल आवहन गरिएको हो । आमहड्तालका कारण यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना, शिक्षणसस्था लगायत ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बिहानैदेखि लामो तथा छोटो दुरीका ...
error: Content is protected !!