सामुदायिक वनद्वारा डोको उद्योग सञ्चालन
म्याग्दी, ११ फागुन। रघुगंगा गाउँपालिका–३ मा कलेजाबाङ वाखेत सामुदायिक वनले निगालो उद्योग सञ्चालन गरेको छ ।
वनमा खेर गएको निगालो सदुपयोग गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र वनको आम्दानी बढाउनका लागि निगालोको चोयाबाट डोको बुनाई शुरु गरिएको हो ।
सामुदायिक वनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि निगालोको चोयाबाट डोको बुनाइ थालिएको कलेजाबाङ वाखेत सामुदायिक वनका अध्यक्ष जितबहादुर खत्रीले बत...




























